Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

विद्यालयमा राजनीतिक दल तथा भातृ सङ्गठनका कार्यक्रम नगर्न कामपाको निर्देशन

खबरडबली संवाददाता

काठमाडौ। काठमाडौँ महानगरपालिकाले महानगर भित्रका केही विद्यालयमा राजनीतिक दल तथा तीनका भातृ सङ्गठनका कार्यक्रम सञ्चालन भएकामा ध्यानाकर्षण भएको जनाएको छ । प्रचलित शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक दल र भातृ सङ्गठनका कार्यक्रम गरिएको प्रमाणसहितको उजुरी कामपा शिक्षा विभागमा आएकाले अब उप्रान्त त्यस्ता कार्यक्रम नगर्न निर्देशन पनि दिइएको छ ।    

कामपा शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार उजुरीको आधारमा सम्बद्ध विद्यालयमा अनुगन गर्ने र त्यस्ता कार्यक्रम गरेको पाइए सम्बन्धित विद्यालयका प्राधानाध्यापकलाई विभागीय कारबाहीसमेत गर्ने तयारी कामपाको छ । 

यसैगरी यसै शैक्षिक सत्रदेखि सबै सामुदायिक विद्यालयमा ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सुरु गर्न लागिएको छ । सो बमोजिम अब विद्यार्थीले प्रत्येक शुक्रबार किताब नबोकी नियामित समयममै विद्यालय जान्छन् र अन्य अतिरिक्त क्रियाकलाप गरेर वा व्यवहारिक ज्ञान लिएर घर फर्कन्छन् । प्रत्येक सामुदायिक विद्यालयले उक्त कार्यक्रम अनिवार्य लागू गर्नुपर्ने छ । अहिले विद्यालयमा धमाधम भर्ना अभियान सञ्चालन भइरहेको छ भने केही विद्यालयमा पठनपाठनसमेत सुरु भइसकेको  छ ।     

उक्त कार्यक्रम सञ्चालनका लागि कामपाको प्रत्येक सामुदायिक विद्यालयलाई पत्राचार गर्नाका साथै प्राधानाध्यापकसँग छलफल पनि भइसकेको छ । सबै शुक्रबार किताबको ज्ञानभन्दा केही फरक कार्यकम गर्न लागिएको र यो विद्यार्थीको लागि जीवनोपयोगी शिक्षा हुने अधिकारी कोइरालाको भनाइ थियो ।   उक्त कार्यका  लागि कामपाले प्रत्येक माध्यमिक विद्यालयलाई रु एक लाखका दरले बजेट वितरण गरिसकेको र आगामी वर्ष बढाएर कम्तीमा रु दुई लाख बजाउने तयारी छ ।  

 उक्त कार्यक्रम यसवर्ष सामुदायिक विद्यालयमा र आगामी वर्षदेखि निजी विद्यालयमा पनि विस्तार गरिने छ । हाल कामपामा ८९ सामुदायिक विद्यालय रहेकामा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।

यसरी गरिने अतिरिक्त क्रियाकलाप (हाजिरी जवाफ, कविता लेखन र वाचन, निबन्ध लेखन र वाचनलगायत समूगत छलफल) मध्याह्नपछि  खेल्दै रमाउँदै कार्यक्रम सञ्चालन गरिने छ । उक्त कार्यक्रम कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीका लागि हो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा निर्वाचन तालिका पाँचौँपटक संशोधन, पदाधिकारीका लागि राति मतदान हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...

भेनेजुएलामा शक्तिशाली भूकम्प: १६४ जनाको मृत्यु, करिब एक हजार घाइते

काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...

कक्षा १२ नतिजा विवादबारे शिक्षामन्त्री पोखरेलले भने: भेरिफिकेसन गर्न समिति गठन गरेको छौ

काठमाडौं । कक्षा १२ को नतिजामाथि विभिन्न प्रश्न उठ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा...

रास्वपामा ‘नो भोट’को प्रावधान राख्नुपर्ने सागर ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...

उचित विकल्प नदेखाए पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुने सुकुमवासीहरुको चेतावनी

काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...

रास्वपा महाधिवेशन: यी ६ पदाधिकारीका लागि निर्वाचन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...

दस हजार भायल एन्टी–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...

कक्षा १२ नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थीहरूको प्रदर्शन

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...

रास्वपा महाधिवेशनमा मतदान घट्यो, झण्डै ३ हजारले मात्र गरे मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको मतदान सम्पन्न, नतिजा केहीबेरमा आउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। आज बिहानबाट सुरु भएको मतदान केहीबेरअघि सकिएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending