काठमाडौ । एसीसी प्रिमियर कपको उपाधिका लागि आज नेपाल र युएई भिड्दैछन्। बिहान ९ बजे नेपाल र यूएईबीच कीर्तिपुरस्थित टीयू मैदानमा खेल हुने तालिका छ। तर, वर्षाले खेल प्रभावित हुने सक्ने सभावना रहेको छ।
तेस्रो स्थानका लागि हिजो भएको खेल पनि वर्षाले प्रभावित भयो। तस्रो स्थानका लागि ओमान र कुवेतबीच खेल हुने तालिका थियो तर वर्षाले खेल प्रभावित भयो र ओमान वरीयताका आधारमा कुवेतलाई पछि पार्दै तेस्रो बन्यो। यो नतिजापछि ओमान एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भयो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि नै मौसम बदली भई मध्यान्ह १२ बजेदेखि मेघगजर्नसहित पानी पर्ने सम्भावना रहेको छ। आज खेल हुन नसकेमा मंगलबारलाई वैकल्पिक दिन राखिएको छ। फाइनलमा पानी परेर पूरै ओभर खेल्न नसक्ने अवस्था भएमा सुपर ओभर खेलाइनेछ।
सुपर ओभर पनि खेल्ने अवस्था नरहे ओडीआई वरीयतामा यूएईभन्दा अघि रहेको नेपालले एसिया कपमा स्थान बनाउनेछ। नेपाल वरीयताको १४औं स्थानमा छ भने यूएई, नेपालभन्दा ५ स्थान तल छ। उपाधि जित्ने टोलीले, एसिया कपमा सिधै भारत र पाकिस्तान रहेको समूह–ए मा स्थान बनाउनेछ।
समूह–बी मा श्रीलंका, अफनिस्तान र बंगलादेश छन्। दुवै समूहमा शीर्ष दुईमा रहने दुई टोलीले सुपर फोरमा स्थान बनाउने छन्। सुपर फोरमा पनि शीर्ष स्थानमा रहने टोलीले उपाधिका लागि भिड्नेछन्। एसीसी एसिया कपको १३औँ संस्करण आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: