काठमाडौँ । प्रहरी प्रधान कार्यालयले हत्या अभियोगमा फरार एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउका लागि सहयोग माग्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ । प्रहरीले कोइरीलाई पक्राउका लागि सहयोग माग्दै संसद्लाई लेखेको यो दोस्रो पत्र हो ।
प्रहरी प्रधान कार्यालयले गत पुस ७ मा पनि संसद् सचिवालयसँग कोइरीलाई पक्राउका लागि सहयोग माग्दै पत्र लेखेको थियो । उक्त पत्र संघीय संसद्का महासचिवलाई लेखिएको थियो । उक्त पत्रमा संसद्ले कुनै कारबाही गरेको थिएन । उक्त पत्र आएपछि पनि सांसद कोइरी संसद्का बैठकमा सहभागी भएका थिए । गत चैत १९ मा प्रतिनिधिसभा नियमावली २०७९ पारित भएपछि उक्त पत्रको औचित्य सकिएको बुझाइ सभामुख र संसद् सचिवालयको थियो । कोइरी फरार रहेपनि नियमावली अनुसार निलम्बन भएका थिएनन् । कोइरीले सभामुखलाई आफू बिरामी परेकाले बिदा स्वीकृति गरिदिन भन्दै पत्र लेखेका थिए । संसद् अधिवेशनको अन्तिम बैठक बैशाख १५ मा सभामुखले कोइरीको बिदा स्वीकृतिका लागि प्रस्ताव राखेका थिए । जसलाई संसद्ले अस्वीकार गरेको थियो । त्यसपछि प्रहरीले फेरि पत्र लेखेको हो ।
कोइरीमाथि सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या अभियोग छ । उच्च अदालत जनकपुरले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
कोइरीलाई निलम्बनको बाटो खुल्यो
प्रहरी प्रधान कार्यालयबाट सांसद कोइरी हत्या अभियुक्त रहेको, हाल फरार रहेको र उनको बारेमा अदालतमा मुद्दा चलिरहेको बारे पत्रमार्फत सभामुखलाई जानकारी गराएपछि उनलाई निलम्बन गर्ने बाटो खुलेको छ । प्रतिनिधिसभा नियमावलीको नियम २४८ मा सदस्यको पक्राउसम्बन्धी व्यवस्था गरिएको छ । सो नियममा रहेको व्यवस्था अनुसार सभामुखलाई सांसद कोइरीबारे प्रहरीले गराएको पत्रअनुसार उनलाई निलम्बन गर्ने बाटो खुलेको छ । नियमावलीको नियम २४८ को उपनियम ३ अनुसार उनी पक्राउ नपरे पनि निलम्बित हुनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...


प्रतिकृया लेख्नुहोस्: