काठमाडौं । वैशाख शुक्ल पूर्णिमाका दिन आज बेलुकी विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण लाग्ने भएको छ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)का अनुसार विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण राति ८:५९ बजे सुरू भई ११:०७ बजे मध्य हुन्छ। राति १:१६ बजे ग्रहण सकिने जनाइएको छ। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर विरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्रग्रहण भएको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
वैज्ञानिक मान्यतामा यो ग्रहणको अस्तित्व देखिए पनि शास्त्रीय मान्यतामा नदेखिने हुँदा त्यससम्बन्धी धार्मिक एवं सांस्कृतिक मान्यता लागू नहुने उनले बताए। मौसमले साथ दिए आज राति विज्ञान, प्रविधि तथा नवप्रवर्तनमा रूची राख्नले चन्द्रमाको तस्बिर तथा भिडिओ खिचेर परापूर्वकालमा ज्योतिषशास्त्रको विकास हुँदा यो ग्रहणलाई किन गणना गरिएन भनी अध्ययन गर्न सक्ने सोसाइटीले जनाएको छ। यो ग्रहण नाङ्गो आँखाले ठम्याउन निकै कठिन हुन्छ।
के हो विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण ?
सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ। चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो। यस्तो छायाँ दुई प्रकारका हुन्छन्। सघन छायाँ र विरल छायाँ। चन्द्रमा पृथ्वीको सघन छायाँमा परे खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ। विरल छायाँमा पर्दा विरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्रग्रहण हुन्छ।
यो ग्रहण नाङ्गो आँखाले खासै छुट्याउन नसक्ने हुनाले प्रचलनमा रहेको पञ्चाङ्ग तथा भित्तेपात्रोमा यसको चर्चा नगरिएको नासोले जनाएको छ। यो ग्रहणको बेला तस्बिर खिचेर केही वैज्ञानिक परीक्षण गर्न सकिने हुनाले वैज्ञानिक समुदायका लागि भने यसको ठूलो महत्व हुन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल विरल छायाँजनित ग्रहण लाग्नुभन्दाअघिको अवस्था भएको बताउँछन्। विरल छायाँजनित भनेको ग्रहण नै लागेको अवस्था नभएकाले शास्त्रीय रूपमा यसको दोष नलाग्ने जानकारी पनि उनले दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...
फाल्गुन २८ गते, २०८२ - १३:५९
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुध...
फाल्गुन २८ गते, २०८२ - १३:३४
महेन्द्रनगर। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर...
फाल्गुन २८ गते, २०८२ - १३:२४
काठमाडौँ। नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगनकुमार थापालाई राजीनामा नदि...



प्रतिकृया लेख्नुहोस्: