Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

इनिसा विक हत्याकाण्ड: थप अनुसन्धान गर्न सीआईबीको टोली सुर्खेतमा

खबरडबली संवाददाता

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ । सुर्खेत प्रहरीले बुधबार उक्त घटनाको विस्तृत अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको थियो ।

प्रहरी निरीक्षकको कमान्डमा रहेको ब्यूरोको विज्ञ टोली शुक्रबारसम्म वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी मोनजंग बुढथापाले जानकारी दिए । ‘हामीले घटनाको थप अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेका थियौं,’ उनले भने, ‘अब सीआईबीको टोलीले अनुसन्धान अघि बढाउँछ ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार घटनासम्बन्धी पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेको छ । साथै पीडित र अभियुक्त परिवारका मोबाइल लगायत विद्युतीय सामग्रीहरू फरेन्सिक परीक्षणका लागि पठाइएको छ, जसको प्रतिवेदन आउन बाँकी रहेको छ ।

उनका अनुसार केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टक्सिकोलोजिकल तथा बायोसेरोलोजिकल परीक्षणका लागि नमूना पठाइएको छ । ती प्रतिवेदनहरू प्राप्त भएपछि पोस्टमार्टम रिपोर्टसँग तुलना गरी घटनाको अन्तिम निष्कर्षमा पुगिने उनले बताए ।

प्रहरीका अनुसार जिल्लास्तरमै छुट्टै अनुसन्धान टोली बनाएर अनुसन्धान भइरहेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय, नेपालगञ्जबाट आएको पोलिग्राफ परीक्षण टोलीले पनि अनुसन्धानमा सहयोग गरिरहेको छ । पोलिग्राफ परीक्षणले व्यक्तिले झुट बोलेको वा नबोलेको पत्ता लगाउन मद्दत गर्ने प्रहरीले जनाएको छ ।

पोस्टमार्टम रिपोर्ट, पोलिग्राफ परीक्षण, कल डिटेल्स तथा किशोर–किशोरीबीच भएका विद्युतीय सम्पर्कका प्रमाणहरू समेत प्रहरीले अनुसन्धान गरिरहेको एसपी शाहीले बताए ।

प्रहरीका अनुसार हालसम्म मृतकका परिवारजनले शव बुझेका छैनन् । परिवारको उजुरीका आधारमा थप अनुसन्धानका लागि भेरी अस्पताल, बाँकेका फरेन्सिक विशेषज्ञ डा। अर्विन शाक्य नेतृत्वको टोलीले प्रदेश अस्पताल सुर्खेतमा शव परीक्षण गरी प्रतिवेदन दिएको हो ।

प्रतिवेदनअनुसार जबरजस्ती करणीका क्रममा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख गरिएको छ ।

गुर्भाकोट–६, बडाखोली स्थायी घर भएकी इनिसा विक फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको सामूहिक बलात्कारपछि हत्या भएको भन्दै आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सबैजना १८ वर्षमुनिका रहेका छन्। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सार्वजनिक यातायातमा प्रविधिको माध्यमबाट निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जो...

रास्वपा महाधिवेशन: मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी...

रास्वपा महाधिवेशन: प्रतिनिधि तीन हजार ८४९ कायम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुव...

रास्वपाका सहप्रवक्ता रमेश प्रसाईँको सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता रमेश प्रसाईँले सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...

बजेटप्रति असन्तुष्टि जनाउँदै सुदूरपश्चिम सरकारबाट बाहिरिने चेतावनी एमालेको

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटप्रति सत्ता साझेदार नेकपा ९एमाले० ले आपत्ति जनाएको छ। धनगढीमा सम्प...

बन्दसत्र ढिलाइप्रति ढिलाइप्रति हामी क्षमाप्रार्थी छौँ: गणेश पराजुली

ठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले महाधिवेशनको बन्दसत्र ढिला हुँदा प्रतिनिधिहरूमा देखिएको आक्रोश स्वाभाविक भएको बताएक...

सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि विष्णु पौडेल विभागमा

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ल्य...

ई–पासपोर्ट छपाई अनियमितता, महानिर्देशक अर्यालसहित सात जनाको विशेष अदालतमा बयान सुरु

काठमाडौं । ई–पासपोर्ट छपाई अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको विशेष अदालतमा बयान सुरु भएको छ। विशेष अदालत...

कतारस्थित ग्यास उद्योगमा विस्फोट, १३ जनाको मृत्यु

नयाँदिल्ली। कतारस्थित रास लाफान तरलीकृत प्राकृतिक ग्यास उद्योग (एलएनजी)मा भएको विस्फोटका कारण १३ जना मृत्यु भएको उल्लेख गर्दै मृत्यु हुने मध्ये १२ जना...

सरकारी धरपकडविरुद्ध माइतीघरमा दृष्टिविहीन व्यवसायीहरूको धर्ना

काठमाडौं । सडक पेटी केन्द्रित स्वरोजगारमा संलग्न दृष्टिविहीन व्यवसायीहरूले विकल्पको माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिएका छन्। मंगलबार आयोजित ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending