Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

धनुषाका गाउँमा खानेपानी समस्या

खबरडबली संवाददाता

धनुषा । गर्मी प्रचण्ड बढ्दा र समयमै वर्षा नहुँदा धनुषाको पूर्व–पश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौँ गाउँमा खानेपानीको हाहाकार भएको छ ।

बढ्दो खडेरीसँगै भूमिगत पानीको स्रोत सुक्न थालेपछि यस क्षेत्रमा खानेपानी अभाव भएको हो । नक्टाझिज, ढल्केवर, जमुनिवास, भुचक्रपुर, लक्ष्मीनिवास, पुष्पवलपुर, बेंगाडावर, धारापानी, राधापुर, गोदार, लवटोली, दिगम्बरपुरसहित दर्जन बढी गाउँमा पानीको समस्या चर्किँदै गएको छ ।

यहाँका मुहान सुकेका छन् । धारा, कुवा र इनारमा रातभर लाइन बस्न बाध्य छन् । इनार, बोरिङ, हाते पम्प र पोखरीलगायतका अधिकांश पानीका स्रोत सुकेको स्थानीय बताउँछन् । “पिउने पानीको जोहो गर्न पनि मुस्किल पर्न थाल्यो”, पुष्पवलपुरका श्याम लामाले भने, “नुहाउने र सरसफाइ त टाढाको विषय भयो ।” नुहाउनका लागि तीन घन्टा टाढासम्म पुग्न बाध्य भएको उनले बताए  । लामाका अनुसार पानी अभावकै कारण खुला शौच बढेको छ । लुगा धुन र नुहाउन भनेर कमला नदी पुग्नुपर्ने बाध्यता निम्तिएको छ ।

लक्ष्मी निवासका दीपेन्द्र सिंहले भने, “यस ठाउँमा झन्डै १० इनार छन्, तर सात इनारमा हिजोआज पानी पाउन छाडिसक्यो, तीन इनारमा मात्र पानी छ, त्यो इनार पनि छिट्टै सुक्ने छाँटकाँट देखिन्छ, ती इनारमा दिनभरि पानी भर्न महिला र पुरुषको लाम लाग्ने गर्छ ।”

मधेस प्रदेश चुरे संरक्षण र विकास अनुसन्धान विज्ञ नागदेव यादवका अनुसार अत्यधिक चुरे दोहनले यस क्षेत्रमा पानीको समस्या उत्पन्न भएको हो । यादवले भने, “अत्यधिक दोहनले चुरे क्षेत्र विनाशका कारण पानीका मुहान सुक्न थालेको हो, यसले गर्दा राजमार्ग आसपासका बस्तीमा पानीको हाहाकार नै मच्चिएको छ ।”

त्यसैगरी जनकपुरको पीडारीचोक, रमानन्दचोक, किशोरी नगर र आनन्द नगरलगायतका क्षेत्रमा वैशाखको पहिलो सातादेखि नै अधिकांश कल सुक्न थालेका छन् । एक सयदेखि दुई सय फिटसम्म कल पूरै सुकेको छ भने दुई सय ५० फिट र त्यसभन्दा बढी गाडिएका कलमा समेत दिनभरि पानी नआउने समस्या देखिएको मुजेलियाका सतिशलाल कर्णले बताए ।

विगतमा धनुषाको उत्तरी भेगमा पानीको समस्या देखिए पनि जनकपुर नगर क्षेत्र तथा जिल्लाको पूर्वी र दक्षिणी भेगमा विरलै यस्ता समस्या देखिन्थ्यो । पछिल्लो तीन–चार वर्षको अवधिमा जनकपुर नगर क्षेत्रमा पनि चापाकल सुक्न थालेपछि ठूलो सङ्ख्यामा सर्वसाधारण समस्यामा परेका छन् ।

जनकपुरधाम किशोरीनगरका स्थानीय बासिन्दा तथा पत्रकार शैलेन्द्र झाका अनुसार १५–२० वर्ष अगाडि एक सय ५० फिटको गहिराइमा जडान गरिएका चापाकलमा सहजै पानी आउने गर्दथ्यो । अहिले चार सय फिटको गहिराइमा पनि पानी आउन छाडेको छ । चापाकल सुक्नुका साथै विद्युतीय मोटरले समेत पानी तान्न छाडेको झाको भनाइ छ ।

मोटरले पनि तान्न छाडेपछि पानीको जोहो गर्न बाल्टी र बोतल बोकेर भौँतारिनुपर्ने अवस्था आएको जनकपुर उपमहानगरपालिका पुलचोकका विनोद साहले बताए । “दिनको समयमा मोटरले पानी तान्न छाडेको छ, मध्यरातमा मोटर चलाउँछौँ, तर छरछिमेकका सबैले मोटर चलाइदिँदा पानी नै आउँदैन”, साहले भने, “जनकपुरसहित यस क्षेत्रमा बढ्दै गएको समस्या समाधान गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन् ।”

वैशाख सकिन लाग्दा पनि राम्रो वर्षा नभएकाले पानीका स्रोत चाँडै सुक्न थालेको बताइएको छ । वनजङ्गल मासिँदै गएर खण्डवृष्टि, अल्पवृष्टि र बेमौसममा अतिवृष्टिका कारण पानीका मुहान सुक्दै गएको बुढापाकाको कथन छ । गर्मी मौसममा जनकपुरसहित धनुषाको उत्तरी भेगमा खानेपानीको समस्या नौलो नभएर प्रायः हरेक वर्ष देखिनुको प्रमुख कारण पानीको सतह घट्नु रहेको मधेस प्रदेशका खानेपानी तथा ऊर्जा विकास मन्त्रालयका इञ्जीनियर विश्वनाथप्रसाद यादवले बताउनुभयो । खानेपानीको समस्याबाट बच्न पानी सञ्चितितर्फ ध्यान दिनुपर्नेमा यादवको जोड छ ।

चुरेविज्ञ डा विजयसिंह दनुवारले चुरे जङ्गलको फडानी, ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खननजस्ता कार्यले पानीको समस्या निम्त्याएको बताए । उनले भने, “पानीको अत्यधिक माग रहेकाले त्यसलाई नियन्त्रण गर्न जमिनमा पानीको रिचार्ज बढाउनुपर्ने हुन्छ ।” सिंहका अनुसार यदि सागरनाथ वन परियोजना यस क्षेत्रमा नभएको भए यतिखेर पानीका सबै मुहान सुकिसकेको हुने थिए । 

उनले भने, “यस्तै किसिमको चुरे क्षेत्रमा दिगो वन परियोजनाको आवश्यक्ता छ ।” उनले पानी सञ्चित गर्न चुरे क्षेत्रमा जलाशय बनाउन सकिए खानेपानीको समस्या धेरै हदसम्म समाधान गर्न सकिने जानकारी दिए । “यदि चुरेलाई दोहन गरिरहने हो भने पानीको हाहाकारले द्वन्द्व सिर्जना हुन्छ, भावी पुस्तामा पानीका लागि झगडाको बीउ रोपेर मर्नुभन्दा आजैदेखि चुरे उत्खनन हुन नदिने, बोटबिरुवा रोप्ने, आफू बसेको क्षेत्रलाई हराभरा राख्ने र पानीका मुहान तथा स्थानको वातावरणीय संरक्षण गरौँ”, सिंहले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेको खजुरा बजारको सडक फराकिलो बनाउन माग गर्दै हस्ताक्षर सङ्कलन

नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...

अब बाँकी रहेका कम्युनिस्ट शक्तिहरूलाई पनि एकताबद्ध गर्नेछौँ - प्रचण्ड

रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...

ढाकामा नेपालका १० फोटोपत्रकार सम्मानित

काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...

स्थानीय चुनावका लागि रास्वपाको नयाँ मापदण्ड: ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ उत्तीर्ण गर्नुपर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...

रवि लामिछानेको उद्योगी व्यवसायीलाई आश्वासन - डर–त्रासमा नपर्न आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...

घाउमा इन्फेक्सन भएपछि ओलीको भेटघाट बन्द, अझै १०-१५ दिन सुरक्षित बस्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...

स्वतन्त्र र जिम्मेवार प्रेस नै लोकतन्त्रको आधारस्तम्भ - सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...

रास्वपा सचिवालय बैठक सुरू, यी हुन् छलफलका एजेण्डाहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ। पार्टी मुख्यालय घण्टीघरमा जारी बैठकमा समसामयिक राजनीतिक तथा सां...

स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई सम्पर्कमा आउन सरकारको आह्वान

काठमाडौं । सरकारले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई सम्पर्कमा आउन आह्वान गरेको छ। शहरी विकास...

सशस्त्र प्रहरीका नयाँ आईजीपी पौडेलले गृहसचिवमार्फत फुली लगाउने

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक(आईजीपी) नारायणदत्त पौडेलले सोमबार दर्ज्यानी चिन्ह (फुली) लगाउने भएका छन्। १८ वैशाखमा चार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending