Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

पूर्वराजा ज्ञानेन्द्रका भारतमा भेटघाट- राजनीतिक आशय प्रेरित कि परम्परागत ?

पारसबाहेक पूर्वराजपरिवारका सबै सदस्य भ्रमण टोलीमा

खबरडबली संवाददाता

काठमाडौं । करिब एक साताअघि भारतको लखनऊ पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच बुधवार भेटघाट भएपछि उनको भेटघाटबारे विभिन्न अडकलबाजी गरिएका छन्।

खासमा उक्त भेट के विषयमा केन्द्रित थियो? उक्त भेटबारे शाहका तर्फबाट सङ्क्षिप्त विज्ञप्ति निकालेका उनका संवाद सचिव फणिराज पाठकले भने, "भेट समसामयिक विषयमा केन्द्रित थियो।"

आफूलाई त्यसको विस्तृत विवरण थाहा नभएको उनले बताए। शाहले बेलाबखत भारत भ्रमण गर्दै आएका छन्। उनका त्यस्ता भ्रमण राजनीतिक वा धार्मिक रहने गरेका बताइन्छ।

नेपालमा हिन्दूराष्ट्र र राजतन्त्र पुनर्स्थापनाको वकालत गर्दै आएका योगीसँग शाहको यो पहिलो पटकको भेट होइन। योगी मुख्यमन्त्री हुनु अगावै पनि उनको नेपालमै शाहसँग भेट भएको थियो।

करिब ६ वर्षअघि पशुपति क्षेत्रमा रहेको वनकालीमा आयोजना भएको 'विराट विश्व हिन्दू सम्मेलन' मा शाह र योगी दुवै एउटै मञ्चमा देखिएका थिए। उनीहरूबीचको भेटलाई कतिपयले स्वाभाविक र व्यक्तिगत ठानेका छन् भने कतिपयले चाहिँ कुनै आशय राखेरै भएको भेट ठानेका छन्।

राजनीतिक आशय?

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालका बुझाइमा "निजी भ्रमणबारे विज्ञप्ति निकालिरहनु" पर्दैन।

हिजो राजा नै भएर प्रत्यक्ष शासन गरेको व्यक्तिको जतिसुकै नीजि भए पनि भेटघाट घुमफिरको सार्वजनिक महत्त्व रहने गर्छ भन्दै उनका कतिपय गतिविधि निजी भन्न नमिल्ने खनाल बताउँछन्।

भारतमा भारतीय जनता पार्टी(बीजेपी) सत्तामा आएपछि उनीहरूले नेपालको राजतन्त्रलाई आफ्नो राजनीतिक उद्देश्यका लागि प्रयोग गरिरहेको उनको धारणा छ।

"योगी आदित्यनाथका अभिव्यक्ति नेपालका मामिलामा खुला रूपमा नै आइरहेको छ। त्यसैले पूर्वराजासँगको भेटघाटलाई निजी भन्न मिल्दैन त्यसको राजनीतिक अर्थ चाहिँ छ।"

योगि आदित्यनाथ गोरथनाथ पीठका प्रमुख हुन्। अहिले पनि माघे सङ्क्रान्तिमा गोरखनाथ पीठमा गोरखनाथ प्रकट भएको दिवस मनाउँदा त्यहाँ प्रसादका रूपमा खिचडी बाँडिन्छ। त्यसका लागि नेपालको पूर्वराजाको भान्साबाट पहिलो सामग्री जाने सांस्कृतिक सम्बन्ध अहिले पनि कायमै रहेको बताइन्छ।

तर यस्तो सांस्कृतिक सम्बन्ध रहे पनि त्यहाँका राजनीतिक भेटघाटबारे आफ्नो सीमितताहरू शाहले बुझ्नुपर्ने प्राध्यापक खनाल बताउँछन्।

राजपरिवारसँग भारतका गोरखनाथसँगको सम्बन्ध भएका कारण उनीहरूको भ्रमण व्यक्तिगत रूपमा नै हेर्नुपर्ने टिप्पणी गर्नेहरू छ्न्।

शाहका सक्रियता

शाहले आफू पूर्वराजा बनेदेखि नै दशैँ, नयाँ वर्ष, प्रजातन्त्र दिवसजस्ता दिनमा विज्ञप्ति निकालेर सन्देश दिने गरेका छन्। पछिल्लो समय उनले राजनीतिक दलहरूप्रति असन्तुष्टि व्यक्त गर्ने गरेका छन्।

अधिकारकर्मी तथा नागरिक समाजका अगुवा कृष्ण पहाडीले पूर्वराजा शाहका अभिव्यक्ति व्यक्तिगत स्वतन्त्रताका हिसाबले फरक नपर्ने भए पनि उनले आफूलाई परीक्षण गर्न चुनावमा जानुपर्ने बीबीसीसँगको अघिल्लो साताको कुराकानीमा बताएका थिए।

पत्रकार युवराज घिमिरे भने पूर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमण बाहिर आएको जस्तो बारम्बार भएजस्तो आफूलाई नलाग्ने बताउँछन्।

योगी आदित्यनाथसँग पनि यसअघि नेपालमै भेट भएको र अहिले लखनऊमा भएको बाहेक आफूलाई थाहा नभएको उनले बताए। "मेरो विचारमा भेटघाटमा त्यस्तो महत्त्वपूर्ण एजेन्डा भएजस्तो लाग्दैन," उनले भने।

"मैले पहिला पनि भनेको छु। बीजेपीले नेपालमा हिन्दू राष्ट्र र राजतन्त्रको एजेन्डा लिएको जस्तो लाग्दैन। बीजेपी पनि आरएसएसजस्तै १२ बुँदेकै पार्टीहरू (कांग्रेस, एमाले, माओवादीलगायत) सँग नै नजिक भएजस्तो लाग्छ।"

पूर्वराजा ज्ञानेन्द्रले विज्ञप्तिमार्फत् वा सार्वजनिक कार्यक्रममा दिएका अभिव्यक्तिलाई लिएर ठूला दलका शीर्ष नेताहरूले बेला बेला पूर्व राजाले सक्रियता देखाएको भन्दै आलोचना गर्ने गरेका छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाल्पा टिपर दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

 पाल्पा । पाल्पामा शनिबार  बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।  मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धा...

ब्रोइलर कुखुराबाट वार्षिक ५८ अर्ब आम्दानी

काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...

नेपाली भूमि लिपुलेक पास हुँदै चीनसँग व्यापार खुलाउने भारतको तयारी

काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...

कांग्रेसमा ब्युँतियो विवाद- गगनलाई काउन्टर दिन पुरानै केन्द्रीय समिति बैठक राख्दै देउवा पक्ष

काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ ।  निर्वा...

कांग्रेस बैठक- सभापति थापाको राजीनामा अस्वीकृत गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ।  यसअ...

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...

पौवादुङमाका किसान उद्यममा जोडिदै

भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...

आज कोशी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।  साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार, विभिन्न सङ्घसंस्था त...

नेपालगन्ज भन्सार: लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।  चालु आव २०८२/ ८३ का लागि वार्षि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: