Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

पूर्वराजा ज्ञानेन्द्रका भारतमा भेटघाट- राजनीतिक आशय प्रेरित कि परम्परागत ?

पारसबाहेक पूर्वराजपरिवारका सबै सदस्य भ्रमण टोलीमा

खबरडबली संवाददाता

काठमाडौं । करिब एक साताअघि भारतको लखनऊ पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच बुधवार भेटघाट भएपछि उनको भेटघाटबारे विभिन्न अडकलबाजी गरिएका छन्।

खासमा उक्त भेट के विषयमा केन्द्रित थियो? उक्त भेटबारे शाहका तर्फबाट सङ्क्षिप्त विज्ञप्ति निकालेका उनका संवाद सचिव फणिराज पाठकले भने, "भेट समसामयिक विषयमा केन्द्रित थियो।"

आफूलाई त्यसको विस्तृत विवरण थाहा नभएको उनले बताए। शाहले बेलाबखत भारत भ्रमण गर्दै आएका छन्। उनका त्यस्ता भ्रमण राजनीतिक वा धार्मिक रहने गरेका बताइन्छ।

नेपालमा हिन्दूराष्ट्र र राजतन्त्र पुनर्स्थापनाको वकालत गर्दै आएका योगीसँग शाहको यो पहिलो पटकको भेट होइन। योगी मुख्यमन्त्री हुनु अगावै पनि उनको नेपालमै शाहसँग भेट भएको थियो।

करिब ६ वर्षअघि पशुपति क्षेत्रमा रहेको वनकालीमा आयोजना भएको 'विराट विश्व हिन्दू सम्मेलन' मा शाह र योगी दुवै एउटै मञ्चमा देखिएका थिए। उनीहरूबीचको भेटलाई कतिपयले स्वाभाविक र व्यक्तिगत ठानेका छन् भने कतिपयले चाहिँ कुनै आशय राखेरै भएको भेट ठानेका छन्।

राजनीतिक आशय?

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालका बुझाइमा "निजी भ्रमणबारे विज्ञप्ति निकालिरहनु" पर्दैन।

हिजो राजा नै भएर प्रत्यक्ष शासन गरेको व्यक्तिको जतिसुकै नीजि भए पनि भेटघाट घुमफिरको सार्वजनिक महत्त्व रहने गर्छ भन्दै उनका कतिपय गतिविधि निजी भन्न नमिल्ने खनाल बताउँछन्।

भारतमा भारतीय जनता पार्टी(बीजेपी) सत्तामा आएपछि उनीहरूले नेपालको राजतन्त्रलाई आफ्नो राजनीतिक उद्देश्यका लागि प्रयोग गरिरहेको उनको धारणा छ।

"योगी आदित्यनाथका अभिव्यक्ति नेपालका मामिलामा खुला रूपमा नै आइरहेको छ। त्यसैले पूर्वराजासँगको भेटघाटलाई निजी भन्न मिल्दैन त्यसको राजनीतिक अर्थ चाहिँ छ।"

योगि आदित्यनाथ गोरथनाथ पीठका प्रमुख हुन्। अहिले पनि माघे सङ्क्रान्तिमा गोरखनाथ पीठमा गोरखनाथ प्रकट भएको दिवस मनाउँदा त्यहाँ प्रसादका रूपमा खिचडी बाँडिन्छ। त्यसका लागि नेपालको पूर्वराजाको भान्साबाट पहिलो सामग्री जाने सांस्कृतिक सम्बन्ध अहिले पनि कायमै रहेको बताइन्छ।

तर यस्तो सांस्कृतिक सम्बन्ध रहे पनि त्यहाँका राजनीतिक भेटघाटबारे आफ्नो सीमितताहरू शाहले बुझ्नुपर्ने प्राध्यापक खनाल बताउँछन्।

राजपरिवारसँग भारतका गोरखनाथसँगको सम्बन्ध भएका कारण उनीहरूको भ्रमण व्यक्तिगत रूपमा नै हेर्नुपर्ने टिप्पणी गर्नेहरू छ्न्।

शाहका सक्रियता

शाहले आफू पूर्वराजा बनेदेखि नै दशैँ, नयाँ वर्ष, प्रजातन्त्र दिवसजस्ता दिनमा विज्ञप्ति निकालेर सन्देश दिने गरेका छन्। पछिल्लो समय उनले राजनीतिक दलहरूप्रति असन्तुष्टि व्यक्त गर्ने गरेका छन्।

अधिकारकर्मी तथा नागरिक समाजका अगुवा कृष्ण पहाडीले पूर्वराजा शाहका अभिव्यक्ति व्यक्तिगत स्वतन्त्रताका हिसाबले फरक नपर्ने भए पनि उनले आफूलाई परीक्षण गर्न चुनावमा जानुपर्ने बीबीसीसँगको अघिल्लो साताको कुराकानीमा बताएका थिए।

पत्रकार युवराज घिमिरे भने पूर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमण बाहिर आएको जस्तो बारम्बार भएजस्तो आफूलाई नलाग्ने बताउँछन्।

योगी आदित्यनाथसँग पनि यसअघि नेपालमै भेट भएको र अहिले लखनऊमा भएको बाहेक आफूलाई थाहा नभएको उनले बताए। "मेरो विचारमा भेटघाटमा त्यस्तो महत्त्वपूर्ण एजेन्डा भएजस्तो लाग्दैन," उनले भने।

"मैले पहिला पनि भनेको छु। बीजेपीले नेपालमा हिन्दू राष्ट्र र राजतन्त्रको एजेन्डा लिएको जस्तो लाग्दैन। बीजेपी पनि आरएसएसजस्तै १२ बुँदेकै पार्टीहरू (कांग्रेस, एमाले, माओवादीलगायत) सँग नै नजिक भएजस्तो लाग्छ।"

पूर्वराजा ज्ञानेन्द्रले विज्ञप्तिमार्फत् वा सार्वजनिक कार्यक्रममा दिएका अभिव्यक्तिलाई लिएर ठूला दलका शीर्ष नेताहरूले बेला बेला पूर्व राजाले सक्रियता देखाएको भन्दै आलोचना गर्ने गरेका छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केट...

धवलागिरिवासीको गुनासो- हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ। निर्माणस्थलमा चलाइएका डोजरले पा...

एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टी...

विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ४९ लाख १४ हजार ५०० ठगी गर्ने तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । कपिलवस्...

अमेरिकी डलरको मूल्य थप घट्यो, अस्ट्रेलियन डलर, युरो र दिनार पनि सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बह...

स्पा र होटेलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मान...

निर्वाचन आउन ७६ दिन बाँकीः जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले...

एमाले महाधिवेशन- सर्वपक्षीय बैठकपछि मात्रै अन्तिम नतिजा सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending