Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

नक्कली शरणार्थी प्रकरणमा आरोपितमाथि केके मुद्दा लाग्न सक्छ ?

खबरडबली संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आशङ्कामा पक्राउ गरिएका व्यक्तिहरूमाथि जारी अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ।

काठमाण्डू प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आरोपित व्यक्तिहरूमाथि अहिले ठगी र सङ्गठित अपराधसम्बन्धी विषयमा अनुसन्धान भइरहेको हो।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डेसहित एक दर्जनभन्दा बढी व्यक्तिमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

“थप एकजना आफैँ आउनुभएको हो। हामीले पक्राउ पुर्जी जारी गरी समातेर अनुसन्धान गरेको १३ जनामाथि हो,” रिजालले भने।

केके मुद्दा चल्न सक्छ?

ठगी र सङ्गठित अपराधबारे मौजुदा अनुसन्धान केन्द्रित भए पनि नक्कली शरणार्थी प्रकरणलाई हेर्दा अन्य कैयौँ मुद्दा पनि चल्न सक्ने स्वयं प्रहरी अधिकारी र कानूनका जानकारहरूले बीबीसीलाई बताएका छन्।

तर त्यो विषय जारी अनुसन्धानको नतिजामा निर्भर गर्ने उनीहरूको तर्क छ। “सरकारी कागज किर्तेका कुरा पनि आएका छन्। अनुसन्धान गर्दै जाँदा तथ्यले त्यतातिर डोर्‍याए त्यो पनि हुन सक्ने देखिन्छ,” रिजालले भने।

“त्यसैगरी प्रमाणले भ्रष्टाचार भएकोतर्फ डोर्‍यायो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखी पठाउने कुरा पनि रहन्छ।”

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर उनीहरूबाट पैसा असुल्ने काम भ्रष्टाचार भएको विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की बताउँछन्।

“राष्ट्रसेवक र सार्वजनिक पद धारण गर्नेहरूमाथि नै भ्रष्टाचारको मुद्दा लाग्ने हो,” बीबीसीसँग उनले भने।

प्रहरीका अनुसार अहिलेसम्म यो प्रकरणमा ६ जनाले आफूहरूलाई नक्कली भुटानी शरणार्थीका रूपमा अमेरिका पठाइदिने भन्दै रकम उठाइएको बताएका छन्।

देशद्रोह किन र कसरी?

विशेष अदालतका पूर्वअध्यक्ष कार्कीका अनुसार नक्कली शरणार्थी प्रकरणबाट “संसारभरि नेपालको प्रतिष्ठामा आँच पुर्‍याउने काम गरिएकोले त्यो देशद्रोह पनि हो।”

अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको बुझाइमा प्रहरीले मुद्दा दायर गरिसकेपछि आयोगले फाइल मगाउन सक्छ र अध्ययन गरी आरोपितहरूमाथि भ्रष्टाचारको मुद्दा चलाउन सक्छ।

“प्रहरीले केके मुद्दा चलाउँछ त्यो हेरेर आयोगले कदम चाल्न सक्छ,” उनले भने, “आफ्नै नागरिकलाई नक्कली भुटानी बनाएर पठाउने कुरा भएकोले देशद्रोहको पनि मुद्दा लाग्न सक्छ।”

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीका अनुसार ठगी, सङ्गठित अपराध एवं किर्तेसम्बन्धी मुद्दा प्रहरीको क्षेत्राधिकारमा र भ्रष्टाचारको मुद्दा अख्तियारको क्षेत्राधिकारमा पर्छ।

“दुई पटक प्रधानमन्त्री भइसक्नुभएका ओलीजीले नेपालमा मानव तस्करीको सङ्गठित अपराध थियो भन्नुले यो मुद्दामा गम्भीरता थपिदिएको छ,” उनले भने।

“उहाँ [पूर्वप्रधानमन्त्री केपी शर्मा ओली] को अभिव्यक्तिले जारी अनुसन्धानलाई झनै गहिरिएर गर्नुपर्ने देखिन्छ,” पूर्वन्यायाधीश केसीले थपे।

नक्कली शरणार्थी प्रकरण ठगी र सङ्गठित अपराधमा मात्र सीमित नहुनेतर्फ पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा पनि बताउँछन्।

“यसमा सम्पत्ति शुद्धीकरणको मुद्दा पनि आकर्षित हुन सक्छ र जुन हिसाबले मुलुकको बदनामी भएको छ त्यो हिसाबले यो देशद्रोह पनि हो,” उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ पनि यसमा सहमत छिन्। यसबारे उनले सङ्घीय संसद्‌ सचिवालयमा सङ्कल्प प्रस्ताव नै दर्ता गराएकी छन्।

“ठगी मुद्दाका रूपमा सतहमा आए पनि त्यसमा मात्र यो प्रकरण सीमित छैन,” सङ्कल्प प्रस्ताव दर्ता गराउनुको कारणबारे बीबीसीसँग कुरा गर्दै उनले भनिन्।

जघन्य अपराध मानिने मानव तस्करीमा राज्यका जिम्मेवार पदमा बसेकाहरू नै संलग्न हुनुले गम्भीर परिस्थितिको सिर्जना गराएको उनको तर्क छ। “जारी अनुसन्धान र अभियोजन प्रक्रिया फितलो नहोस् भन्ने कुराको सुनिश्चितता संसद्‌बाटै होओस् भनेर सङ्कल्प प्रस्ताव दर्ता गराएकी हुँ,” श्रेष्ठले थपिन्।

दशवटा प्रश्नसहित आफूले दर्ता गराएको सङ्कल्प प्रस्तावमाथि सभामुखले आवश्यक प्रक्रिया बढाउनुपर्नेमा उनको जोड छ।

अनुसन्धान कहाँ पुग्यो?

काठमाण्डू प्रहरी परिसरका प्रवक्ता रिजालका अनुसार शुरूतिर पक्राउ गरिएका व्यक्तिहरूको बयान लिने क्रम सकिसकिएको छ। “पछिल्लो समयमा पक्राउ परेका व्यक्तिहरूको बयान चाहिँ अन्तिम चरणमा पुगेको छ,” अनुसन्धानको अवस्थाबारे उनले भने।

प्रहरीका अनुसार पछिल्लो समय पक्राउ पर्नेमा एमाले नेता टोपबहादुर रायमाझी पनि रहेका छन्। कानूनतः सङ्गठित अपराधमा प्रहरीले अनुसन्धान गर्न पाउने हदम्याद ६० दिन रहेकोमा बुधवार ५४औँ दिन हो।

“साठी दिनमध्ये केही समय हामीले सरकारी वकिललाई पनि मुद्दा अभियोजनका लागि दिनुपर्ने हुन्छ। त्यो भएर हामी अन्तिम चरणमा छौँ,” प्रवक्ता रिजालले थपे।

अनुसन्धानमा चुनौती

पूर्वन्यायाधीश केसीका अनुसार अनुसन्धानको हदम्याद प्रहरीका लागि अहिले ठूलो चुनौती भइरहेको हुन सक्छ।

“किनभने प्रहरीसँग अब धेरै दिन बाँकी छैन,” उनले प्रस्ट्याए। “चाहिने मान्छेहरूलाई मुद्दा नलगाईकनै अनुसन्धान टुङ्गिने सङ्केत देखिएका छन्। उदाहरणका लागि बालकृष्ण खाणलाई नै नियन्त्रणमा लिइएको कैयौँ दिनसम्म पनि बयान लिइएन।”

केही सन्दिग्धले ठूला व्यक्तिलाई रकम बुझाएको बयान दिएका पृष्ठभूमिमा त्यस्ता व्यक्तिसँग सोधपुछ गर्नुपर्नेमा त्यो नगरिएको केसीको ठम्याइ छ।

पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक शर्मा पनि अनुसन्धान प्रक्रियामा प्रहरीमाथि राजनीतिक वृत्तबाट दबाव हुन सक्ने सम्भावनालाई नकार्दैनन्।

“तमाम मतभेदका बीच शीर्षस्थ नेताहरू अहिले पटकपटक बैठक गर्नु भनेको आफ्नालाई बचाउने प्रयास गर्नु हो। त्यसकारण प्रहरीलाई दबाव दिन उनीहरू पछि पर्दैनन्,” उनले भने, “तर प्रहरी र सिङ्गो सङ्गठनको छवि जोगाउने यो एउटा ठूलो मौका भएकोले प्रहरीले दबाव सहँदैन भन्ने मलाई विश्वास छ।”

यो एउटा ठूलो प्रकरण भएकोले र ठूला व्यक्तिहरू जोडिएकाले प्रहरीलाई चुनौती रहेको विशेष अदालतका पूर्वअध्यक्ष कार्की पनि बताउँछन्।

“दबाव परेको प्रस्ट रूपमा देखिन्छ। बहालवाला र भूतपूर्व प्रधानमन्त्रीहरूले बारम्बार बैठकहरू गरिरहेका छन्,” उनले भने।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैको दबावमा नआई निष्पक्ष ढङ्गले अनुसन्धान गर्न निर्देशन दिएको दोहोर्‍याउँदै आएका छन्।

शरणार्थी प्रकरणमा अहिलेसम्म के-के भयो?

१ जेठः आफ्नो पनि नाम मुछिएको भन्दै पूर्वसांसद आङटावा शेर्पा प्रहरीसमक्ष आफैँ उपस्थित

३१ वैशाख: सम्पर्कविहीन रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ

३१ वैशाख: पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित अन्यलाई अनुसन्धानका लागि चार दिन म्याद थप

२७ वैशाख: पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ

२७ वैशाख: पूर्वउपप्रधानमन्त्री रायमाझीको नाम जोडिएपछि एमालेद्वारा उनलाई सचिव पदबाट निलम्बन

२० वैशाख: उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

२० वैशाख: रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ

२० वैशाखः पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरी प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी

१९ वैशाख: तात्कालिक उपप्रधान तथा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

१२ चैत: नक्कली शरणार्थी प्रकरणलाई लिएर त्यसको गिरोहका सञ्चालकहरू केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ प्रहरीद्वारा पक्राउ

बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ईश्वर पोखरेल भन्छन्- मिसन ८४ पूरा गर्न सत्ता गठबन्धन गरिएको हो

पर्सा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले मिसन ८४ पूरा गर्न वर्तमान सत्ता गठबन्धन बनाएको बता...

सुहाङको विजय र्‍यालीमा सहभागी हुन ओली इलाम जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने भएका छन्।  इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय जुलुसमा सहभाग...

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक  वैशाख २० मा आह्वान गरिएको छ ।  प्रदेश सचिव दुर्लभकुमार पुनका अनुसार चौथो अधिवेशनको चौथो बैठक वैशाख २० ग...

‘स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ’

वासिङ्टन डीसी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानूनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउ...

इलाममा राप्रपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ ।  आज बिहान निर्वाचन आयोगले सार्वजनिक ग...

लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोशी प्रदेशमा हुरीबतासको चेतावनी

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । जल त...

सुहाङलाई बधाई दिँदै ओलीले भने- युवालाई अझ अगाडि बढाउँदै जानेछौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम २ मा फराकिलो अन्तरले विजयी भएका एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । उनले अध्यक्ष ...

झलनाथ चुनावी ‘कमान्डर’ बनेको इलाममा नेकपा एसको जमानत जफत, कसले कति मत ल्याए ?

काठमाडौं । इलाम २ मा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले जीतबहादुर राईलाई उम्मेदवारको जमानत जफत भएको छ। राईले ४०८ मत मात्रै ल्याए।  इलाम नेकपा ए...

यी हुन् लगानी सम्मेलनमा भएका महत्वपूर्ण सम्झौता

काठमाडौँ । दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता भएका छन् । लगानी सम्मेलन सचिवालयका संयोजक तथा लगानी बोर...

इलाममा घण्टीको जमानत जफत

इलाम । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनअन्तर्गत इलाम २ मा रास्वपाका मिलन लिम्बूको जमानत जफत भएको छ।  उम्मेदवार लिम्बूले ५ हजार ५० भोटमात्र ल्याए । प...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies