Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

पहिलो पटक नेपाल महिला टिम मलेसियासँग पराजित

खबरडबली संवाददाता

काठमाडौं । नेपालको खराब ब्याटिङ प्रदर्शनसँगै नेपाल महिला टि२० आई खेलमा पहिलो पटक मलेसियासँग पराजित भएको छ । पहिलो महिला टि२० आई खेलमा मलेसियाले नेपाललाई ५ विकेटले हराउँदै पाँच खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।
यसअघि नेपालले मलेसियासँग तीन खेल खेल्दा सबै खेलमा जित निकालेको थियो । जितको लागि ५१ रनको सामान्य विजयी लक्ष्य दिएकोे मलेसियालाई १३.२ ओभमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा ओपनर वान जुलिया वान मोहम्म्द रोस्दीले २२ बलमा २ चौकासहित १३ रनको योगदान दिइन् । आइना हामिजाह अशिमले १५ बलमा २ चौकासहित १२ रनमा नट आउट रहिन् ।

नेपालकी सीता रानामगरले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ विकेट लिइन् भने कविता कँुवरले २ ओभरमा ४ रन खचेर १ विकेट लिईन् । टस हारेर पहिलो ब्याटि पाएको नेपाल १६.५ ओभरमा ५० रनमा अल आउट भएको थियो । यो महिला टि२० अमईमा नेपालको संयुक्त रुपमा कम यागफल हो । यसअघि नेपालको महिला टि२० आईमा सबैभन्दा कम योगफल २०१९ मा १३ औं सागमा बंगलादेशसँग ५० रनमै अल आउट भएको थियो । लज्जास्पद ब्यटिङ गर्नेक्रममा नेपालका ९खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

डेब्यू खेलेकी सम्झना खड्काले सर्वाधिक १३ रन बनाउन सफल भइन् । नेपाले अन्तिम ९ रन बनाउँदा ७ विकेट गुमाएपछि ५० रनमै अल आउट भएको हो । मलेसियाकी फास्ट बलर ऐश्याले दोस्रो ओभरको पाँचौं बलमा ओपनर सीता रानामगरलाई शून्य रनमा पेभेलिएन फर्काइन् । उनि आउट साइड एज लागेर विकेटकिपर वान जुलियाबाट क्याच हँुदै पेभेलिएन फर्केकी थिइन् । अर्को ओभरको पहिलो बलमा आइना हामिजाले काजोल श्रेष्ठलाई मास एलिसाबाट ६ रनमा क्याच गराइन् । काजोलले ११ बलमा एक चौका बनाएकी थिइन् ।

एलिसाले इन्दु बर्मालाई ३ रनमा बोल्ड गरेपछि नपाल ३.३ ओभरमा १२–३ को अवस्थामा पुगेको थियो । चौथो विकेटमा ज्योेति पाण्डे र सम्झना खड्काले २९ रनको साझेदारी गर्दै खेलमा पूनरागमनको सम्भावना देखाउको थिए । एक समय ८.३ ओभरमा ४१/३ को अवस्थामा थियो । तर निक नुर अतिले ज्योतिलाई ११ रनमा क्याच आउट गराएपछि नेपालले लगातार विकेट गुमाउको थियो । ज्योतिले १७ कलमा २ चौका प्रहार गर्न सफल भईने । 

नुरकै बलमा आइना नजावा अब्दलले कप्तान रुविना श्रेत्री बेलबासेको सानदार क्याच लिएपछि रुविना १० बलमा २ रन बनाइ क्याच आउट भइन् । उनको क्याच आउट सँगै नेपाल संकटमा परेको थियो । सम्झना खड्का २५ बलमा १ चौकासहित १३ रनमा आउट भइन् । अश्मिना कर्माचार्य तीन, कजिता जोशी १, कविता कँुवर र अप्सरी बेगम डक आउट भए ।

मलेसियाकी निक नुर डीनले ४ ओभरमा १ मेडनसहित ९ रन खर्चेर सर्वाधिक तीन विकेट लिइन् । ऐश्या एलिसा  ओभरमा ९ रन खर्चेर  विकेट लिइन् । हमिजाहले ३.५ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् भने महिराह इश्लामीले ४ ओभरमा ३ रन खर्चेर र विकेट लिइन् । नेपालको दोस्रो खेल भोली खेल्नेछ । त्यसलगतै जेठ १८ मा (जुन १) मा नेपालले तेस्रो खेल खेल्नेछ ।

नेपालको टोली :

रुविना क्षेत्री बेलबासे(कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका करासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, इश्वी विष्ट, ज्योति पाण्डे र सरस्वती चौधरी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending