Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

दुर्घटना अपडेट : सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो

खबरडबली संवाददाता

सिन्धुली । सुनकोशी नदीमा आज विहान ११ बजे आसपासमा स्कार्पियो खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ । 

भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् ९सिटिइभिटी०बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा  खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार स्कोर्पियोमा चार जना सवार रहेकोमा चालक दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल हुनुभएको थियो भने बाँकी तीन जना अझै बेपत्ता छन्।

बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भइ सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका ७ का घर भइ हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल रइलाम फुयतया नगरपालिका–५ घर भइ हाल विद्युत् प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल छन्। 

सडकबाट गाडी करिब एक सय ५० मिटर तल रहेको सुनकोशी नदीमा खसेको थियो । घाइते चालक चौधरीको मुख र हातमा चोट लागेको र उहाँको हाल शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

स्कार्पियो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । बेपत्ताहरूको खोजी भइरहेको नायब उपरीक्षक दाहालले जानकारी दिनुभयो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रीलंकाविरुद्ध नेपालले टस जित्यो, फिल्डिङमा

काठमाडौं। एसीसी पुरुष अन्डर–नाइन्टिन एसिया कपमा नेपालले आज श्रीलंकासँग पहिलो खेल खेलिरहेको छ ।  यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा भईरहेको खेलमा न...

स्वर्णलक्ष्मी सहकारी ठगीबारे रविको बयान जारी, जिबी र रविले रकम झिकेका कागजात फेला

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिन सुरू गरेको छ। स्वर्णलक्ष्म...

चिसिएको सबन्ध सुधार्न ट्रम्पसँग जुकरबर्गको भेटवार्ता

न्युयोर्क। फेसबुकका प्रमुख सञ्चालक मार्क जुकरबर्गले डोनाल्ड ट्रम्पसँग भेटबार्ता गरेका छन् । मार ए लागोमा रहेको ट्रम्पको रिसोर्टमा जुकरबर्गले भेटेका...

यौन क्षमता बढाउने ‘यार्सा किङ’लगायत नक्कली औषधी छ्यापछ्याप्ती बजारमा, लुभुमा फ्याक्ट्री

काठमाडौं । यार्सागुम्बाट उत्पादित भन्दै नक्कली औषधीजन्य सामग्री बेचबिखन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप दोर...

रासायनिक मलको विकल्प अर्गानिक मल

भैरहवा । रासायनिक मलको विकल्पको रुपमा बिरुवा तथा बालीलाई चाहिने आवश्यक तत्व सहितको अर्गानिक दानेदार मलको रुपन्देहीमा उत्पादन सुरु भएको छ । किसानले ...

हराएका २७ वटा मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं । विभिन्न मितिमा हराएका २७ वटा दुई पाङग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौं उपत...

हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्नेमा मन्त्री शाहीको जोड

काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्नेमा जोड दिएको छन्। बिहीबार  हिउँ चितुवाको संरक्षण तथा यसको...

रास्वपाले कीर्तिपुरमा व्यक्ति तोकेर उम्मेदवारलाई समर्थन नगर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कीर्तिपुरमा व्यक्ति तोकेर कुनै पनि उम्मेदवारलाई समर्थन नजनाउने भएको छ । रास्वपाका एक जना नेताले भने 'यो...

चौकीडाँडामा ट्याक्टरको ठक्करबाट घाइते भएका युवकको मृत्यु

अत्तरिया। कैलालीको  गोदावरी नगरपालिका चौकीडाँडामा ट्याक्टरको ठक्करबाट घाइते एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ भैँसी हाटबजारस्थित सडकमा बुधब...

वनमन्त्री र दक्षिण कोरियाका राजदूतबिच भेटवार्ता

काठमाडौं। नेपाल सरकारका वन तथा वाताबरणमन्त्री ऐनबहादुर शाही ठकुरी र दक्षिण कोरियाका राजदूत पार्क टेइयंगबिच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy