काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ठूलो मात्रमा कर फिर्ता गरेको हो ।
आन्तरिक राजश्व विभागकाअनुसार आ.व. २०८१-०८२ मा कर फिर्ताको अवस्थालाई हेर्दा आन्तरिक राजश्व विभागमा कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुले ५२ करोड ६२ लाख १४ हजार कर फिर्ता माग दाबी गरिएको थियो ।
जसमध्ये ४५ करोड ५८ लाख ८४ हजार फिर्ता गरिएको छ । आन्तरिक राजश्व विभाग अन्तर्गतका कार्यालयहरुको कर फिर्ताको अवस्थालाई हेर्दा आ.व. २०८१-०८२ मा लगातार क्रेडिटकाे आधारमा, निकासीको आधार तथा परियोजनाहरु अन्तर्गत रहेका विभिन्न करदाताहरुलाई समेत ठूलो मात्रमा कर छुट दिइएको छ । त्यस्ता करदाता र परियोजनाहरुले २२ अर्ब ५२ करोड २० लाख ६६ हजार ४०३ रुपैयाँ कर फिर्ता माग दाबी गरेका थिए । तर सरकारले ४ अर्ब ३८ करोड ९३ लाख ५२ हजार कर फिर्ता गरेको छ ।
आन्तरिक राजश्व विभागकाअनुसार (कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरु तथा निकायहरु) र सो अन्तर्गत कार्यालयहरुबाट (लगातार केडिटको आधारमा, निकासीको आधार तथा परियोजना) समेतवाट सोही आर्थिक वर्षमा कुल १ हजार ४ सय ३३ वटा माग दाबी गरिएको थियो । कुल २३ अर्ब ४ करोड ८२ लाख ८० हजार कर फिर्ता माग दाबी गरिएकोमा ४ अर्ब ८४ करोड ५२ लाख ३६ हजार ४ सय ९८ रुपैयाँ कर फिर्ता गर्ने निर्णय विभागबाट भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
राजश्व विभागको कर फिर्ता शाखाले कुटनीतिक निकायहरु तथा कुटनीतिज्ञहरुको मू।अ। कर फिर्ता गर्ने, अर्थ मन्त्रालयले मू।अ।कर छुटको सुविधा प्रदान गरेको अन्तराष्ट्रिय संस्थाको मू.अ.कर फिर्ता सम्बन्धी कार्य गर्ने लगायत मातहत कार्यालयहरुको कर फिर्ता सम्बन्धी कार्यको अनुगमन तथा सहजिकरण सम्बन्धी कार्यहरु गर्दै आईरहेको छ । सो शाखाले कर फिर्ता सम्बन्धमा आईपर्ने नीतिगत एवं कानुनी जटिलता निरुपणका लागि निर्णयका लागि तालुक महाशाखा तथा माथिल्लो पद एवं निकायमा पेश गर्ने, कुटनैतिक सुविधाप्राप्त कुटनीतिज्ञ एवं कुटनीतिक निकायहरको मू.अ.कर फिर्ता कार्यलाई छिटो छरितो र सहज सम्पन्न गर्ने, मातहत कार्यलयहरुको कर फिर्ता सम्बन्धी कार्यप्रक्रिया सहजीकरण तथा अनुगमन गर्ने एवं कर फिर्ता सम्बन्धी कार्यहरुको अभिलेखीकरण लगायतका गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।
सरकारले कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरु तथा निकायहरुका लागि विद्युतीय माध्यममार्फत मूल्य अभिवृद्धि कर फिर्ता सम्बन्धी कार्यविधि, २०८० मिति २०८०-०७/२० मा स्वीकृत गर्दै कार्यान्वयनमा ल्याएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - १५:५८
काठमाडौँ । सामाजिक सद्भाव खल्बल्याएको अभियोगमा पर्साबाट ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उ...
श्रावण १६ गते, २०८३ - १५:५२
काठमाडौँ। देशमा शान्ति, सामाजिक सद्भाव र न्याय सुनिश्चित गर्नुपर्ने मागसहित शनिबार राजधानीमा नागरिक सभा आयोजना गरिएको छ। बृहत् नागरिक आन्दोलनको अगु...
श्रावण १६ गते, २०८३ - १५:२६
महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा स्थानीयको आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग प्रशासन र आन्दोलनकारीबीच भएको मौखिक सहमतिपछि ...
श्रावण १६ गते, २०८३ - १५:२०
काठमाडौं। तराई–मधेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्था समाधानका लागि गृहमन्त्री सुधन गुरुङले आन्दोलनरत पक्षसँग जनकपुरमा संवाद सुरु गरेका छन्।...
श्रावण १६ गते, २०८३ - १५:११
महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा जेठ ११ गते भएको आन्दोलनपछि प्रशासन र आन्दोलनकारीबिच भएको सहमति कार्यान्वयन नगरी स्थानीयविरुद्ध मु...
श्रावण १६ गते, २०८३ - १४:४८
सप्तरी। सप्तरी जिल्लामा एक हप्तादेखि एलपी ग्यासको अभाव हुँदा जिल्लाका सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । जिल्लामा पाँच दिनदेखि लगातार गाडी बन्दका...
श्रावण १६ गते, २०८३ - १४:३३
सिरहा। सिरहाको गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश शनिबार दुई घण्टाका लागि खुला गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै सर्वसाधा...
श्रावण १६ गते, २०८३ - १४:२६
काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई औपचारिक रूप दिँदै ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। शनिबार आ...
श्रावण १६ गते, २०८३ - १४:०५
काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ। यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...
श्रावण १६ गते, २०८३ - १४:०५
काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ। यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...



प्रतिकृया लेख्नुहोस्: