Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

भारत रेल दुर्घटना: ‘म बाँचेँ तर म वरपरका धेरैले ज्यान गुमाए’

खबरडबली संवाददाता

काठमाडौं । भारतको पूर्वी राज्य ओडिशामा शुक्रवार साँझ दुई यात्रुवाहक रेल र एक मालवाहक रेल ठोक्किँदा भएको दुर्घटनालाई चार दशकयताकै खराब मानिएको छ।

अधिकारीहरूले बालासोर जिल्लामा शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेसका कैयौँ डिब्बाहरू पटरीबाट बाहिर खसेका थिए जसले रोकिराखेको एउटा मालवाहक रेललाई ठक्कर दिँदा त्यसका कैयौँ डिब्बाहरू विपरीत दिशाको पटरीमा परे।

अर्को यसवन्तपुरदेखि हावडातर्फ गइरहेको हावडा सुपरफास्ट एक्सप्रेसले पल्टिएका डिब्बाहरूमा ठक्कर दिएको थियो।

बीबीसीले उक्त दुर्घटना देखेका त्यस गाउँका दुई जना,कोरोमण्डल एक्सप्रेसमा यात्रा गरेका एक जना घाइते यात्रु र एक जना मृतकका आफन्तसँग कुराकानी गरेको छ।

यस सामग्रीमा रहेका विवरणहरूले कतिपय पाठकहरूलाई विचलित पार्न सक्छ।

गिरिजा शङ्कर रथ

गिरिजा शङ्कर रथमालवाहक रेल भिन्न पटरीमा रोकिएको अवस्थामा थियो। कोरोमण्डल एक्सप्रेस पटरीबाट बाहिर खस्दै मालवाहक रेलसँग ठोक्किन पुग्यो।

त्यहाँ अस्तव्यस्त अवस्था सिर्जना भयो। अर्कोतर्फबाट आएको रेल शालिमार एक्सप्रेस थियो। त्यो पछाडिबाट [कोरोमण्डल एक्सप्रेसमा] ठोक्कियो। त्यसका दुई वटा डिब्बा पटरीबाट निस्किए।

त्यस बेला ठूलो आवाज आयो। त्यहाँ सबैतिर धुवाँ थियो।
त्यहाँको अस्तव्यस्त अवस्थामाझ मानिसहरू जताततै दगुरिरहेका थिए। म पटरीनजिकै थिएँ र दगुरेर घटनास्थलमा पुग्ने निधो गरेँ।

हामीले त्यहाँ अड्किएका केही यात्रुलाई निकाल्ने प्रयास गर्‍यौँ। हामीले केहीलाई जीवितै निकाल्न सक्यौँ तर हामीले निकालेकामा केही शवहरू समेत थिए। त्यहाँ निकै धेरै घाइते थिए, हामीले कसरी तिनलाई त्यहाँबाट निकाल्ने भनेर सोच्न सकेनौँ।

उद्धारकर्ताहरू आएपछि केही सहज भयो। त्यो काम रातभर चल्यौँ। घटनाबाट म अझै स्तब्ध छु।

सूर्यवीर

सूर्यभिरमेरी आमा र हजुरआमा दुर्घटनामा परेको रेलमा हुनुहुन्थ्यो। वहाँहरू सहरमा औषधी किन्न जाँदै हुनुहुन्थ्यो। दुर्घटनाको केही घण्टापछि मैले हजुरआमालाई भेटेँ। वहाँ जीवितै हुनुहुन्थ्यो।

तर मेरो आमा हराइरहनुभएको थियो। हामीले वहाँलाई सबैतिर खोज्यौँ तर भेट्न सकेका थिएनौँ। मैले के गर्ने सोच्न सकिनँ र आमाको फोटो मेरा साथीहरू र सहकर्मीहरूलाई फरवार्ड गरेँ।

मैले वहाँको नम्बर र पछिल्लो पटक देख्दा लगाएको लुगाको रङ्ग उनीहरूलाई बताएँ। आज बिहान मलाई एक जना साथीले फोन गरे। उनीहरूले मलाई एक शवको तस्बिर पठाएँ – त्यो मेरी आमाको थियो। वहाँले त्यही नै लुगा लगाउनु भएको थियो।

अहिले मैले वहाँको शवलाई घर लैजाने र वहाँलाई चिर शान्तिमा राख्ने मात्र सोचिरहेको छु। तर यहाँ निकै भद्रगोल छ – कुनै रेल चलेका छैनन् र सबैतिर बाटो जाम छ। एम्बुलेन्सले छिट्टै घर पुर्‍याउला भन्ने आशा गरेका छौँ।

टुटु विस्वास

टुटु विस्वासहामीले चर्को आवाज सुन्यौँ। घरबाट बाहिर निस्कँदा हामीले उक्त घटना देख्यौँ। मैले मालवाहक रेल अर्को रेलमाथि चढेको देखेँ।

जब म घटनास्थल पुगेँ त्यहाँ मैले धेरै घाइते र धेरै मृतकहरू देखेँ। एउटा बालक रोइरहेका थिए, सायद उसका उसका अभिभावकको मृत्यु भएको हुनुपर्छ। केही बेरपछि ती बालकको समेत मृत्यु भयो।

यहाँ धेरै मानिसहरूले पानी मागिरहेका थिए। मैले सक्दो धेरैलाई पानी दिएँ। हाम्रो गाउँबाट यहाँ मानिसहरू आएर आफूले सक्नेजती सहयोग गरे। त्यो कहालीलाग्दो थियो।

मुकेश पण्डित

मुकेश पण्डितएक्कासी झट्का महसुस भएर रेलले पटरी छाड्दा म त्यस रेलभित्र थिएँ। त्यहाँ ठूलो गर्जनजस्तो आवाज आयो र रेल पल्टियो। म त्यहाँ फसेँ र आधा घण्टापछि स्थानीय मानिसहरूले मलाई उद्धार गरे।

हाम्रा सबै सामानहरू भित्र छितरिएका थिए। मैले ती कुनै पाउन सकिनँ। म बाहिर निस्किएँ र भुइँमा बसेँ। मेरो गाउँबाट यात्रा गरेका चार जना यात्रुहरू बाँचे तर धेरै मानिसहरू कि घाइते छन् कि अझै हराइरहेका छन्।

म बसेको डिब्बामा रहेर यात्रा गरिरहेका धेरै मानिसहरूको मृत्यु भयो। गम्भीर घाइते भएकाहरूलाई अस्पताल ल्याइएको छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मतदानपछि प्रधानमन्त्री कार्कीले भनिन्- मैले आफ्नो कर्तव्य पूरा गरेँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन्। मतदानपश्चात् सञ्चा...

झापाबाट मतदान गर्दै विश्वप्रकाशले भने- भयरहित वातावरणमा मतदान गरौँ

झापा । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशि...

आज देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ ।  साथै मुलुकका पहाडी तथा हिमाली भागका केह...

मतदानपछि प्रचण्डले भने- देश समृद्धिको मार्गमा अग्रसर हुन्छ

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश...

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत आ...

प्रचण्डले चितवनबाट गरे मतदान, अब रुकुम पूर्व जाने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेप...

रवि लामिछानेले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् ।  उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर...

रास्वपा वरिष्ठ नेता बालेन शाहले गरे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् ।  सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबा...

मतदाता गाउँ फर्किएसँगै मनाङमा पर्यटकको आगमन पनि बढ्दै

मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।...

छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

काठमाडौँ ।  निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE