Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

ऊर्जा क्षेत्रका लागि प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक : इपान

खबरडबली संवाददाता

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै सम्पन्न भारत भ्रमणमा ऊर्जा क्षेत्रमा भएका सहमति ऐतिहासिक र दीर्घकालीन हितमा केन्द्रित रहेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल ९इपान०ले स्वागत गरेको छ । 

इपानले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी नेपालको ऊर्जा क्षेत्रको विकासका लागि दीर्घकालीन महत्वका हिसाबले पनि प्रधानमन्त्रीको भ्रमण सफल रहेको टिप्पणी गरेको छ । 

भारत भ्रमणका क्रममा भारत सरकारले आगामी १० वर्षभित्र १० हजार मेगावाट बिजुली लैजाने घोषणा स्वागत योग्य भएको इपानको भनाइ छ । “प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा उहाँका समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा समेत सो विषयलाई महत्वका साथ सम्बोधन गर्नुभएको थियो”, इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले भने, “दुवै देशको ऊर्जा सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिमा हस्ताक्षर गरेको थियो ।” 

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ऊर्जा व्यापारमा निजी क्षेत्रलाई समेत सहभागी गराउने र अनुमति दिने प्रबन्ध गरिएकोप्रति इपानले प्रशन्नता व्यक्त गरेको छ । बिजुलीको अन्तर्राष्ट्रिय बजारको प्रबन्ध भएको तथा सरकारलेसमेत अनुमति दिएको अवस्थामा ऊर्जा क्षेत्रमा महत्वपूर्ण सुधार र विकासका लागि मार्ग प्रशस्त भएको इपानको ठहर छ । 

इपानका अध्यक्ष आचार्यले बिजुलीको व्यापारका लागि मार्ग प्रशस्त भएकाले अब तत्काल सरकारले विद्युत् खरिद बिक्रीको अनुमति दिन माग गरे । “ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा ऐतिहासिक सम्झौता भएको छ । अब त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि सरकार र सरकारी निकायले पहल गर्नुपर्छ”, उनले भने । 

भारत भ्रमणका क्रममा न्यू बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइन निर्माणसम्बन्धी शिलान्यास भएको छ । चार सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता भएको छ । यसैगरी छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको पनि परियोजना विकास सम्झौता भएको छ । 

“इपानले प्रधानमन्त्री प्रचण्डले यसपटकको भ्रमणलाई आर्थिक कूटनीतिमा केन्द्रित गरी ऊर्जा व्यापारका लागि महत्वपूर्ण पहल गर्नुभएकामा ऊर्जा उद्यमीका तर्फबाट धन्यवाद दिन चाहन्छाँै”, अध्यक्ष आचार्यले भन्नुभयो, “अब यसलाई कार्यान्वयन गर्नुपर्छ । त्यसका लागि सरोकारवाला सबै निकायको साथ र सहयोग आवश्यक छ ।”

यसपटक विश्वव्यापी प्रतिस्पर्धाका माध्यमबाट छानिएका जुनसुकै देशका निर्माण व्यवसायी सहभागी भएका आयोजनाबाट उत्पादित बिजुली भारत निर्यातका लागिसमेत मार्ग प्रशस्त भएको इपानको भनाइ छ । 

भारतीय भूमि हुँदै बङ्गलादेशसम्म बिजुली बिक्रीका लागि दुई देशबीच सहमति भएको जानकारी दिँदै इपानले यसलाई सुरुआती बिन्दु मानेर अगाडि बढ्नुपर्नेमा जोड दिएको छ । 

इपानको यही जेठ ३२ गते हुने साधारणसभा हुने भएको छ । नयाँ नेतृत्व चयन गरिने सो साधारणसभाका लागि हालका उपाध्यक्ष गणेश कार्कीले अध्यक्षमा, उपाध्यक्ष मोहनकुमार डाँगीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । महासचिवमा बलराम खतिवडा र उपमहासचिवमा प्रकाश दुलालले उम्मेदवारी घोषणा गर्नुभएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इनिसा विकको बलपूर्वक यौनसम्पर्कले मृत्यु

सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...

इनिशा विकका बुवा दुबईबाट सुर्खेत आइपुगे, न्याय नपाए शव नबुझ्ने

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...

बैठकमा बोल्दै गर्दा ढलेका एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...

क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...

इनिसा विकको न्याय माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...

रास्वपा हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि हामी सहयोग गर्छाै: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...

कम्बोडियामा अलपत्र परेका १६ नेपाली उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: