काठमाडौ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधान र सङ्घीयताको कार्यान्वयनलाई उच्च प्राथमिकता दिइनुपर्ने बताएको छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आव २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँले संविधानको कार्यान्वयनका लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका, राजनीतिक दल, नागरिक समाज र सञ्चार जगत् प्रतिबद्ध हुनुपर्ने बताए ।
उहाँले निर्वाचन तालिकालाई बदलेर संसद्, प्रदेश र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिए । नेता निधिले भन्नुभयो, “यसले सङ्घीयताको सफल कार्यान्वयनमा सहयोग पुग्छ, यसका लागि जे जे संशोधन गर्नुपर्छ त्यो गरौँ ।” संविधानलाई कार्यान्वयन गर्ने हो भने जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिनेमा कसैले पनि कुनै बाधा अड्चन गर्न नहुने उनले बताए । “न संसद्, न कार्यपलिका, न न्यायालयले अवरोध गर्न पाउँछ”, उनले भने।
उहाँले मुलुकै पुरानो त्रिभुवन विश्वविद्यालयलाई ‘एक्सलेन्स’ सेन्टरका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो । नेता निधिले बाँकी आङ्गिक र सम्बन्धप्राप्त क्याम्पसलाई नयाँ विश्वविद्यालयका रुपमा विकास गरिनुपर्ने बताए। “क्षेत्रगत र विषयगतरुपमा धेरै विश्वविद्यालय भएमा रोजगारी पनि सिर्जना हुन्छ, उच्च शिक्षा अध्ययनका नाममा विदेशिने रकम पनि जोगिन्छ”, उनले भने ।
बजेटको अनुसूचीमा धेरै संस्थाका पुन:संरचनाको विषय राखिएको भए पनि त्रिविको पुन:संरचना गर्ने विषय नसमेटिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । “जुन देशले मानव जनशक्ति विकासमा ठूलो लगानी गर्छ, त्यही देशले नै समृद्धि र विकासका यात्रा अगाडि बढाउन सक्छ । उच्चस्तरको जनशक्ति नभएमा उच्च विकासको आशा कसरी गर्ने ? त्रिविलाई पुन:संरचना गरियोस्”, नेता निधिले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: