Ntc summer Offer
Khabar Dabali १४ आश्विन २०८० आईतवार | 1st October, 2023 Sun

ओडिशा रेल दुर्घटना- हेलाराम मलिकले छोरालाई मुर्दाघरमा जीवित भेटेपछि...

खबरडबली संवाददाता

काठमाडौं । भारतको ओडिशामा भएको कोरोमण्डल एक्सप्रेस रेल दुर्घटनामा एक व्यक्तिले आफ्ना छोरालाई मुर्दाघरमा जिवितै फेला पारेका छन् ।

आफ्नो छोराको मृत्यु भएको विश्वास नलागेर कोलकाताबाट २३० किलोमिटर यात्रा गरी एम्बुलेन्समा ओडिशाको बालासोर पुगेका व्यक्तिले आफ्नो छोरा जिवितै फेला पारेका हुन् ।

हेलाराम मलिकले आफ्ना २४ वर्षका छोरा विश्वजित मलिकलाई बहनगा हाईस्कुलमा रहेको अस्थायी शव स्थलमा गम्भीर घाइते भएर चरम दुखाईको अवस्थामा रहेको स्थितिमा फेला पारेका हुन् । 

त्यसपछि उनले आफ्ना छोरालाई अस्पताल लगेर पुनर्जीवित गरी थप उपचारका लागि कोलकाता लगे ।

आइतबार एसएसकेएम अस्पतालको ट्रमा केयर युनिटमा शल्यक्रिया गरेका विश्वजितको हिजो अर्को चरणको शल्यक्रिया गरिएको बताइन्छ। 

गम्भीर घाइते भएपनि अहिले उनको अवस्था स्थिर रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा बैठक बस्दै, शिक्षा विधेयक पेश गर्ने तयारी

सरकारले आयोग गठन नगरेको भन्दै संसद चल्न नदिने एमालेको चेतावनी

ठूला दलहरूकै कारण राजनीतिमा आएका हौँ : रवि लामिछाने

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला दलहरूकै कारण आफूहरू राजनीतिमा आएको बताएका छन्। दाङको घोराहीमा आयोजित कार्यक्रम...

कुशलको कीर्तिमानी शतकपछि आमा शर्मिला भन्छिन्– देशको नाम राख्यो निकै खुसी छु

साग केलाउँदै छोराको खेल हेरेँ

खोलाले बगाएको जीप भेटियो- एक मृत फेला, दुई अझै बेपत्ता

पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप फेला परेको छ । कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खो...

कोठा खोजिदिने ‘एजेन्ट’ को मनपरी शुल्क

काठमाडौँ  । उपत्यकामा कोठा खोजिदिने एजेन्टले मनपरी शुल्क लिने गरेको पाइएको छ । भाडामा कोठा खोज्न निकै समस्या बेहोर्नुपरेपछि व्यक्ति एजेन्टसमक्ष पुग्छन...

दुध किसानले तीन महिनादेखिको भुक्तानी पाएनन्, छ अर्ब बाँकी

काठमाडौं । दुध उत्पादक किसानले विभिन्न डेरी उद्योगलाई बेचेको दुधको विगत तीन महिनादेखिको भुक्तानी पाएका छैनन्।  ३५ जिल्लाका किसानले करिब छ अर्ब रुपि...

कक्षा १० को परीक्षा चैत र १२ को वैशाखमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैतको पहिलो र १२ को वैशाखको दोस्रो साता गर्ने गरी वार्षिक क्यालेन...

जसपाको कार्यवाहक अध्यक्षमा राजेन्द्र श्रेष्ठ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले पाएका छन्।  पार्टी अ...

म्याग्दीको महभिर गाउँ पहिरोको जोखिममा

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको  बस्ती पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई वटा घर भत्किनुका साथै खानेपान...

एमाले बागमती प्रदेश अधिवेशन : अध्यक्षमा दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा, अरु को-को छन् मैदानमा ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ। अन्यले उम्मेदवारी फिर्ता लिएपछि दाहाल र...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending