Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

नक्कली भूटानी शरणार्थी प्रकरण : प्रतिवादीतर्फको बहस सुरु

खबरडबली संवाददाता

काठमडौ ।नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रतिवादी पक्षका तर्फबाटको बहस सुरु भएको छ । मङ्गलबार सरकारी वकिलको बहस सकिएसँगै आजदेखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सुरु गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

उनका अनुसार बहस आज बिहान ११ बजेदेखि सुरु भएको हो । यसअघि नै निर्धारण भएको बहसको समयानुसार सरकारी वकिलले तीन दिनमा बहस सकेपछि प्रतिवादीतर्फका कानुन व्यवसायीले आजदेखि बहस सुरु गरेका हुन् । 

प्रतिवादीतर्फका कानुन व्यवसायीले बहसका लागि छ दिनको समय पाएको सूचना अधिकारी दाहालले बताए । सरकारी वकिलहरुले प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुन सक्ने तथा जाहेरकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलिल प्रस्तुत गरेको थिए ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आइतबारदेखि जारी थुनछेक बहस सकिएपछि अभियुक्तलाई थुनामा राखेर मुद्दा चलाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश दिइने जनाइएको छ । उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोगपत्र दायर गरिएको छ । 

सोमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् भने १२ जना अझै फरार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेका तथा फरार रहेकासहित ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चार मुद्दा लगाउँदै रु २७ करोड ५० लाख बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा यही जेठ १० गते मुद्दा दायर गरेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो- तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न ...

गण्डकी प्रदेशको संसद् बैठक अनिश्चितकालका लागि स्थगित

पोखरा । गण्डकीको संसद् बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।  बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै उपस्थित थिए , कांग्रेस र राप्रपाका...

सुप्रिम सहकारी ठगी प्रकरण: गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई थुनामा पठाउन र ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । शुक्रबार थुन...

संकल्प प्रस्ताव संबिधान विपरित छ, म संबिधानको धारा अनुसार हिड्छुः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्ताव संबिधान अनुसार नभएको बताएका छन् । प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्...

एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना समाप्त

काठमाडौँ । नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपाल २०२५ मा हुने टी-२० एशिया कपमा छनौट ह...

सर्बदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्बदलीय सरकार बनाउन अपिल गरेका छन् । प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले...

महाजात्राले २६ करोड ६५ लाख कमायो

काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको पाचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फ...

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौँ । नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले तेस्रो विकेट गुमाएको हो । नेप...

सांसद खानद्वारा सपथ ग्रहण

काठमाडौँ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको सपथ गराएको छन् । ...

गण्डकीमा कांग्रेसले संसद बहिष्कार गर्ने निर्णण

पोखरा । नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसला नआएसम्म गण्डकीमा  संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसको शुक्रबार बसेको संसदीय द...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies