Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

फेरि विवादमा फसे डोनल्ड ट्रम्प, गोप्य दस्तावेज घरमा राखेको अभियोग

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि ह्वाइट हाउस छोडेपछि गोप्य दस्तावेजहरूको व्यवस्थापनलाई लिएर औपचारिक रूपमा अभियोग दायर गरिएको छ।

ट्रम्पले कैयौँ आरोप सामना गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् जसमा न्यायमा बाधा पुर्‍याएको, षडयन्त्र गरेको र गलत वक्तव्य दिएको लगायतका छन्।

ट्रम्पले आफू निर्दोष रहेको उनको सामाजिक सञ्जाल ट्रुथ सोसिअलमा उल्लेख गरेका छन्। साथै आफूलाई मङ्गलवार मायामीस्थित एउटा अदालतमा डाकिएको जनाएका छन्।

अभियोजकहरूले फ्लोरिडास्थित ट्रम्पको घरमा राखिएका करिब ११ हजार दस्तावेजको परीक्षण गरेका थिए। छयहत्तर वर्षीय ट्रम्पमाथि सातवटा अभियोग लगाइएको छ जसमध्ये एउटा स्वीकृतिबेगर गोप्य दस्तावेजहरू आफूसँग राखेको पनि भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो ट्रम्पमाथिको दोस्रो अभियोजन हो। अमेरिकी पूर्वराष्ट्रपतिमाथिको पहिलो सङ्घीय अभियोजनको रूपमा यसलाई लिइएको छ।

सन् २०२४ को आम चुनावबाट राष्ट्रपति निर्वाचित हुने योजना ट्रम्पले बनाइरहेका छन्।
ट्रुथ सोसिअलमा राखिएको पोस्टमा ट्रम्पले लेखेका छन्, “मैले कहिले पनि सोचेको थिइनँ कि संयुक्त राज्य अमेरिकाको पूर्वराष्ट्रपतिमाथि यस्तो कुरा गर्न सम्भव हुनेछ।”

उनले थपेका छन्, “यो वास्तवमै संयुक्त राज्य अमेरिकाको लागि कालो दिन हो। हामी गम्भीर र द्रुत ढङ्गले तल झरिरहेको देश हौँ। तर हामी सबै मिलेर अमेरिकालाई महान् बनाउनेछौँ।”

उनले सत्तारूढ दलले आगामी चुनावमा हस्तक्षेप गर्ने उद्देश्य राखेर ‘लाजमर्दो कदम’ चालेको आरोप लगाएका छन्। अमेरिकास्थित बीबीसीको साझेदार सीबीएस न्यूजले स्रोतलाई उल्लेख गर्दै सो अभियोजन सरकारी दस्तावेजहरूसँग जोडिएको र एक भन्दा बढी आरोपहरू लगाइएको उल्लेख गरेको छ।

सीएनएन र एबीसी न्यूज जस्ता अन्य समाचार च्यानलहरूले कम्तीमा सातवटा अभियोग लगाइएको बताइरहेका छन्। अभियोजनले आरोप लगाइएका विषयलाई सन्दिग्ध व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाउने बाटो खुल्ने गर्छ।

न्याय मन्त्रालयले प्रतिक्रिया दिन अस्वीकार गरेको छ। अमेरिकी महान्यायाधिवक्ताले विशेष अभियोजनकर्ता ज्याक स्मिथलाई उक्त दस्तावेज प्रकरणहरूबारे जाँच गर्न गएको नोभेम्बरमा जिम्मेवारी दिएका थिए।

अघिल्लो वर्ष ट्रम्पको फ्लोरिडास्थित घर ‘मर आ लागो’ मा छापा हानेर ११ हजार दस्तावेज जफत गरिएका थिए र त्यसमध्ये १०० वटा गोपनीयताका दृष्टिले संवेदनशील मानिएको थियो। त्यसमध्ये कतिपयमा ‘अति गोप्य’ सङ्केत चिह्न उल्लेख गरिएको थियो।

अघिल्लो हप्ता अभियोजनकर्ताहरूले ट्रम्पको एउटा अडियो रिकर्डिङ प्राप्त गरेको विवरण आएका थिए। त्यसमा उनले ह्वाइट हाउस छाडेपछि पनि गोप्य दस्तावेज राखेको स्वीकार गरेका जनाइएको छ।

अमेरिकामा राष्ट्रपतिदेखि कुनै पनि सङ्घीय अधिकारीले गोप्य दस्तावेजलाई हटाउने वा अनधिकृत स्थानमा आफूसँग राख्नु कानुनविपरीत काम हो। कानुनविद्‌हरूले पछिल्लो अभियोगले आगामी राष्ट्रपतीय चुनावमा लड्नसक्ने ट्रम्पको सामर्थ्यमा प्रभाव नपार्ने बताएका छन्।

जर्जटाउन युनिभर्सिटी ल सेन्टरका प्राध्यापक डेभिड सुपरले भने, “उनीमाथि पटकपटक अभियोग लाग्नसक्छ, तर त्यसले चुनावमा लड्नसक्ने उनको क्षमतालाई रोक्न सक्नेछैन।”

सुपरका अनुसार दस्तावेज प्रकरणमा दोषी नै ठहर भए पनि ट्रम्पले राष्ट्रपति पदमा उम्मेदवारी दिन सक्छन्। तर रिपब्लिकन दल उनको पक्षमा उभिनेछ या छैन त्यो भने प्रस्ट भइसकेको छैन।

विगतमा युद्ध अपराधहरूको अनुसन्धानमा संलग्न स्मिथ दृढ खालका जाँचकर्ता मानिन्छन् र उनले ट्रम्प पराजित भएको सन् २०२० को चुनावको परिणाम उल्टाउने प्रयासबारे अलग्गै जाँच पनि गरिरहेका छन्। 

गत एप्रिलमा ट्रम्प अपराधमा संलग्न रहेको अभियोग लगाइने पहिलो पूर्वअमेरिकी राष्ट्रपति बनेका थिए। वयस्क चलचित्रकी एकजना अभिनेत्रीसँगको आफ्नो सम्बन्धबारे उनलाई चुप लगाउन पैसा दिएकोबारे गलत व्यावसायिक हिसाबकिताब राखेको विषयसँग सम्बन्धित आरोपमा आफू निर्दोष रहेको उनले बताएका थिए।

आगामी वर्ष उक्त मुद्दालाई लिएर न्यूयोर्कमा सुनुवाइ हुनेछ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थुनामुक्त भएपछि रवि लामिछाने केको हिसाब खोजिरहेका छन् ?

काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...

विमानस्थलबाट चार किलो गाँजासहित एक भारतीय पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...

कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु

जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार, गिट्टी कुटेर जीविका

कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...

निर्वाचन ७३ दिन बाँकी: यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...

आहा ! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...

कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...

बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending