काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियासँग लेनदेन नमिलेपछि टोपबहादुर गृह मन्त्रालयमै पसेर झगडा गरेकाे खुलेकाे छ । शुक्रबार सबैभन्दा पहिले जवाफी बहसका क्रममा सह-न्यायाधिवक्ता लक्ष्मण घिमिरेले बिचौलियाहरुसँगको झगडा गृहमन्त्रालयसम्मै पुगेको बताएका हुन् ।
उनले हज कमिटीका अध्यक्ष शमशेर मियाँले दिएको सरकारी गाडीबाटै बिचौलियाहरुले करोडौं रुपैयाँ ओसारपसार गरेको पनि खुलाए। ‘शमशेर मियाँले हेर्दा गाडी दिएको मात्रै देखिन्छ । तर उसको गाडीले त्यहाँ निर ठूलो काम गरेको छ’, उनले भने, ‘सन्देश शर्मा गृहको गाडी चढेर गएका थिए । गृहको परिचय पत्र बोकेर गएको देखियो । सरकारी गाडीमा सरकारी परिचयपत्र बोकेर गएकैले पीडितहरुले उसलाई पछ्याएर यो अपराध हुन सम्भव भयो।’
उनले बालकृष्ण खाँणको घरमा भेटिएको कागजमा सचिवले माथिको आदेशअनुसार गरेको भनिएको पनि बताए। यो प्रकरणबाट जोगिन बालकृष्णले आङटावा शेर्पामार्फत पैसा फिर्ता गराएर मिलाउन लगाएको भन्दै योभन्दा ठूलो प्रमाण अरु हुन नसक्ने तर्क गरे ।बिचौलियासँगको लेदनेनलाई लिएर टोपबहादुर रामायझी गृहमन्त्रालयमै पसेर झगडा गरेको उनले दाबी गरे।
‘टोपपबहादुर रायमाझी गृहमा गएका छन् । त्यहाँ आर्थिक लेनदेनलाई लिएर झगडा भएको छ’, उनले भने, ‘हेलिकोप्टरमा चढेर प्रतिवादीसँग गोसाईकुण्ड पुगेका छन् । जग्गाको कारोबार भए गृहमन्त्रालयमा झगडा कसरी हुन्छ?’
उनले बहसका क्रममा चार वर्षअगाडि भएको यो प्रकरणमा सीसीटीभी फुटेज खोजेर पनि नपाइने बताए । ‘प्रतिवादीबाट बहस गर्नेले सीसी क्यामेरा फुटेज भन्नु हुन्छ। उहाँले चाहिँ ४ वर्षअगाडि सीसी क्यामेराको फुटेज रहने गरी जडान गर्नु भएको छ त?’, उनले भने, ‘उहाँले त दुई महिना तीन महिनाभन्दा बढी स्टोर नरहने गरेर क्यामेरा जडान गर्नु भएको छ । अनि चार वर्षअघिको फुटेज खोजेर हुन्छ त?’
बहसका क्रममा उनले टंक गुरुङको होटल अपराधीको केन्द्रबिन्दु बनेको पनि बताए । ‘सबै गतिविधि त्यहीँ बसेर सेटिङ भएका छन् । उनले १० लाख रुपैयाँ लिएर होटललाई क्राइमका लागि प्रयोग गर्न दिएका छन्’, उनले भने, ‘सानु भण्डारीले सन्दीप रायमाझीसँग सेयर बेचेको हो भने सन्दीपले सानुलाई पैसा दिनुपर्ने हो यहाँ त सानुले सन्दीपलाई पैसा दिएका छन्।’
उनले जाहेरवालाले प्रतिवादीलाई चिन्दैनन् भनेको कुरामा पनि जवाफ दिएका छन् । ‘झापाको प्रतिवादीले, दाङको प्रतिवादीले आङटावालाई चिन्दैन । यसरी आआफ्ना ठाउँमा जस-जसले पैसा उठाएका छन् उनीहरुले मात्रै चिन्छन्’, उनले भने, ‘यसमा चेन नै प्रयोग गरिएको छ। पावर पोजिसनको दुरुपयोग गरेर भुटानी शरणार्थी पठाउने पवित्र काम गरेर नितान्त आर्थिक लाभका लागि काम गरिएको छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: