‘सरकारको प्रवृत्ति जुन देखिएको छ, त्यसमा सरकारको मन्त्रीहरुमा पात्रता देखिँदैन । संसदमा शून्य समयमा वा अन्य समयमा के कुरा उठाइन्छ, छलफलमा के कुरा उठाइन्छ, त्यसको मतलव गरिदैन भनेपछि कुनै सुझाव दिनु हुँदैन भनेर हाम्रा विद्वानहरुले भनेकै छन् ।’
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले शुक्रवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटलाई चार यारहरुले मिलेर भाग बाँडफाँट लगाएको टिप्पणी गरेका छन् । उनले बैंक लुटे जसरी चार यारहरुले बजेट लुटेको र अध्याँरो कोठामा गएर भागबण्डा गरेको बताएका छन् ।
प्रतिनिधि सभा बैठकमा मन्त्रालय बजेटमाथि भएको छलफलमा भाग लिँदै डा.राउतले बजेटको सम्बन्धमा दिएको कुनै पनि सुझावहरु कार्यान्वयन नहुने गरेको पनि बताएका छन् । ‘सरकारको प्रवृत्ति जुन देखिएको छ, त्यसमा सरकारको मन्त्रीहरुमा पात्रता देखिँदैन । संसदमा शून्य समयमा वा अन्य समयमा के कुरा उठाइन्छ, छलफलमा के कुरा उठाइन्छ, त्यसको मतलव गरिदैन भनेपछि कुनै सुझाव दिनु हुँदैन भनेर हाम्रा विद्वानहरुले भनेकै छन् ।’ उनले थपे ।
समग्र व्यवस्था र संसदमाथि नै प्रहार भयो भन्ने आफ्नो चिन्ता रहेको भन्दै उनले भने, ‘जसरी बैंक लुट्दा चार यारहरुले लुटेर लग्छन् । त्यसरी बजेटलाई चार यारहरुले लुटेर गएका जस्ता देखिन्छन् । बाटोमा लाँदै गर्दा कतै खुद्रा पैसाहरु खस्दै गएको देखिन्छ ।’
वैशाखमा बारामा मत पेटिका लुटेको भन्दै उनले जेठमा आएर बजेट लुट्ने काम गरेको टिप्पणी गरेका छन् ।
प्रतिकृया लेख्नुहोस्: