Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

नयाँ पुस्तालाई देश चिनाउने अभियान आवश्यकः मन्त्री शर्मा

खबरडबली संवाददाता

दाङ । सन्चार तथा सूचना प्रविधि रेखा शर्माले नेपालको कला सस्कृति र मौलिकता नयाँ पुस्तालाई बुझाउन अनिवार्य भएको बताएकी छन् । चलचित्र विकास बोर्डले दाङको घोराहीमा आयोजना गरेको प्रथम बाल चलचित्र महोत्सव उद्घाटन गर्दै उनले नयाँ पुस्तालाई देश चिनाउने  अभियानलाई व्यापक बनाउनुपर्ने बताएकी हुन् ।  

त्यसका लागि चलचित्र क्षेत्र महत्त्वपूर्ण आधार हुने बताउँदै उनले चलचित्र मनोरञ्जनको साधन मात्रै नभइ मानिसको दिल बदल्ने आधार भएकाले पनि यसको माध्यमबाट नयाँ पुस्तालाई देश चिनाउन सकिनेकुरामा जोड दिएकी थिईन् । नेपाल सस्कृतिको धनि देश भएकाले यहाँको कला सस्कृतिको अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिदै उनले यसमा चलचित्रको महत्त्वपूर्ण भूमिका हुने बताइन्  ।

उनले भनिन्– 'चलचित्र आम मानिसको रोजाइको क्षेत्र बन्ने गरेको छ । चलचित्रले दर्शकलाई मात्र मनोञ्जन दिंदैन, यस क्षेत्रमा लागेर व्यक्तित्व निर्माण गर्न चाहनेहरुका लागि पनि चलचित्र महत्वपूर्ण क्षेत्र हो । चलचित्र क्षेत्रबाटै कयौं कलाकारहरुले आफ्नो व्यक्तित्व निकै उँचो बनाउँदै आएका छन् । उज्वल भविष्यको मीठो परिकल्पना गर्ने उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई चलचित्र क्षेत्रमा आकर्षित गर्न पनि यो महोत्सवबाट टेवा पुग्ने छ ।'

नेपालमा यो प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव भए पनि अन्तराष्ट्रियस्तरमा नियमितरुपमा नै यस्ता महोत्सवहरु हुने गरेको उल्लेख गर्दै मन्त्री शर्माले नेपालबाट पनि बालबालिकाले बनाएका वा उनीहरुका बारेमा बनेका चलचित्र अन्तर्राष्ट्रय महोत्सवमा पुर्याउने गरी अब तयारी थाल्नुपर्ने र त्यसका लागि पनि यो महोत्सव सहयोगी बन्ने विश्वास व्यक्त गरीन् ।

बालबालिकामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गरी उनीहरुलाई रचनात्मक र सिर्जनशील कार्यमा प्रेरित गर्न बालबालिका, उनीहरुका अभिभावक लगायत आम नागरिकलाई सचेत र जागरुक बनाउन जरुरी रहेको उल्लेख गर्दै उनलले त्यसका लागि पनि बालचलचित्र उपयोगी हुनसक्ने बताएकी छन्  ।

अहिले जीवनका हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग अत्यधिक बढेको छ उल्लेख गर्दै मन्त्री शर्माले यसले बाललिकामा अवसर र चुनौती दुबै थपिदिएको बताइन् । उनले भनिन् – 'सूचना प्रविधिको माध्यमबाट बालबालिकाले नयाँ ज्ञान र सिप चाँडो प्राप्त गर्छन्, यो उनीहरुका लागि अवसर हो । तर, यसको दुरुपयोग बढ्दै जाँदा बाल विकासको बाधक पनि सूचना प्रविधि नै हुने हो कि भन्ने खतरा पनि बढ्दै गएको छ । अहिले धेरै बालबालिका मोबाइल र कम्प्युटरको लतमा फस्दै गएको गुनासो अभिभावकबाट आउने गरेको छ । बालबालिकालाई सूचना प्रविधिबाट अलग गर्न त सकिदैन तर उनीहरुलाई यसको दुरुपयोगबाट बचाउँदै उपयोगी ज्ञान र सिप सिकाउन पनि ज्ञान र सन्देशमूलक बालचलचित्र उपयोगी हुनसक्छन् ।' 

दाङ २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका मन्त्री शर्माले दाङमा घोराही–तुलसीपुर सडक, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङमा पूर्ण विद्युतीकरण, राजमर्गसहित सबै ठाउँमा सन्चार सुविधा विस्तार, प्रदेश राजधानीमा पूर्वाधार विकास र टरिगाउ विमानस्थलको स्तरोन्नतिलाई प्राथमिकता दिएको बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा भएको उद्घाटनमा स्थानीय कला सस्कृति झल्काउने सास्कृतिक प्रस्तुति देखाइएको थियो । महोत्सव तीन दिनसम्म चल्ने बोर्ड सदस्य एवं कार्यक्रम संयोजक केएल बुढाथोकीले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० खि काठमाडौंमा हुने

काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy