काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावअघि नै तीन पार्टीका बीचमा मोर्चा बनाउने कुरामा सौद्धान्तिक सहमति गरेको बताएका छन्। उनले समाजवादी मोर्चा नयाँ र हतारमा आएको प्रष्ट्याए।
उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पनि सामेल भएपछि नयाँ परिस्थिति पनि निर्माण भएको उनको भनाइ छ।
अब त अवधारणपत्र अन्तर्गत हुन्छ । अब उहाँले जे परिवर्तन भएको छ, त्यसलाई स्वीकार गर्ने, रक्षा गर्ने, त्योभन्दा अझ अगाडि जाने भन्ने उहाँहरुको कुरा छ । आफ्ना कुराहरु उहाँहरुले आफ्नो मञ्चबाट भन्नुहुन्छ । हाम्रो साझा मञ्चमा साझा कुरा नै हुन्छ कान्तिपूर टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा भने, मैले एउटा कुरा भनेको थिएँ, सायद तपाईंहरुले पनि सुन्नुभयो र नोट पनि गर्नुभयो होला । हिजो नेकपा बनाउने, वाम आन्दोलनलाई एकीकृत गर्ने प्रस्तावक चाहिँ म नै हो । केपीजीकहाँ गएर पार्टी एकता गर्ने उद्देश्यका साथ चुनावमा मिलेर जाऔं मैले नै भनेको हो पहिला । तर, ‘प्राक्टिकल’ भएन ।
उनले बाबुराम भट्टराईसँग पार्टी नै एउटै बनाउने भन्ने उद्देश्यका साथ चुनाव एउटै चिन्हबाट लडेको उल्लेख गर्दै अहिले समाजवादी केन्द्रमा जाने भन्ने सौद्धान्तिक सहमतिका आधारमा अगाडि बढेको बताए। अहिले पनि बाबुरामजीसँग पार्टी एकताको सहमति भंग नभएको जिकिर गरे।
मेरो त राम्रै छ । उहाँ जनता समाजवादी पार्टीको नेता हुनुहुन्थ्यो । बढो तीतोसँग उपेन्द्रजी र बाबुरामजीको सम्बन्धविच्छेद भयो । त्यो भर्खरै सम्बन्धविच्छेद भएका हुनाले उपेन्द्रजीलाई अलिकति बढी नै असहज भयो । फेरि एउटै मोर्चामा बस्न निकै असहज भयो । मैले चाहिँ बाबुरामजीलाई राखौं, भोलि पार्टी एकता भएपछि त एकता भई नै हाल्छ भनेको थिएँ उनले भने।
उपेन्द्र यादवको पार्टीलाई सहज नभएको हुनाले बाबुरामलाई समेट्न नसकिएको प्रष्टीकरण दिए। उनले माओवादीसँग एकता भएपछि मोर्चामा जोडिने बताए।
उनले मोर्चाको अवधारणाभित्र आए एमालेलाई पनि ढोका खुला रहेको बताए। तर, अहिले तत्काल सम्भव नदेखेको उनको भनाइ छ। उनले शेरबहादुर देउवासमेत भएको बेलामा पहिलोचोटि समाजवादी मोर्चा बनाउने तीन दलबीच सहमतिपत्रमा हस्ताक्षर गरेको बताए।
उनले भने, शेरबहादुर देउवाजी चाहनुहुन्थ्यो कि छिटो तपाईंहरूको मोर्चा बनोस् । उहाँलाई विश्वास थियो । उहाँ भनिरहनुहुन्थ्यो कि छिटो मोर्चा बनाउनुस् भनेर । मोर्चा बनाउनु उचितै हो भन्नेमा उहाँको पनि सहमति छ ।
उनले कांग्रेसलाई गठबन्धनमा दबाबमा राख्न मोर्चा नबनाएको प्रष्ट्याए। उनले एमालेसँग भावनामा आएर गरिएकाले सफल नभएको बताए।
उनले भने, 'मैले कतिपय साथीहरूलाई, कतिपय प्रश्नकर्ताहरूलाई यो मोर्चा घोषणा हुन सायद अझै दुई–तीन महिना लाग्न सक्छ है, हामी सैद्धान्तिक रुपमा त सहमत छौं भनेको पनि थिएँ । जब माधव नेपालजी, उपेन्द्रजी, विप्लवजीसमेत छिटो घोषणा गरौं भनेर मकहाँ आएपछि ल तपाईंहरू नै सबै घोषणा गरौं भनें ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: