Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

जुगेडी किसान संघर्षमा मारीएकाहरुलाई राष्ट्रिय सहिद घोषण गर्न माग

खबरडबली संवाददाता

काठमाडौं । किसान संघर्षमा मारीएकाहरुलाई राष्ट्रिय सहिद घोषण गर्न अखिल नेपालकिसानमहासंघ (क्रान्तिकारी केन्द्र) ले सरकार सँग माग गरेको छ । 

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले २०३४ साल असार ६ गते चितवनको जुगेडीमा सामन्तहरूका विरुद्ध किसानहरूले गरेको ऐतिहासिक र वीरतापूर्ण संघर्षका क्रममा हत्या गरीएका योद्धाहरुलाई राष्टिङय सहिद घोषणा गर्न माग गरेको हो । 

किसान महासंघका केन्द्रीय अध्यक्ष चित्रबहादुर श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै किसान संघर्षको क्रममा घटनास्थलमा नै सहादतप्राप्त गरेका किसान सहिद  दशरथ चेपाङ, सन्तबहादुर प्रजाका साथै हिरासतमै हत्या गरिएका नन्दबहादुर प्रजा र भक्तबहादुर प्रजालाई राष्ट्रिय सहिद घोषणा गर्न र सम्मान प्रकट गर्न नेपाल सरकार समक्ष माग गरेका हुन् । 

विज्ञप्तिमा किसान संघर्षका क्रममा र तत्कालीन राजावादी–पञ्चायती शासकहरूको आदेशमा गिरफ्तार गरी आततायी प्रशासनद्वारा हिरासत भित्र क्रुरतम् र अमानवीय यातना दिई हत्या गरीएकाहरुलाई सम्मान स्वरुप सशिद घोषण गर्न माग गरिएको छ ।

तत्कालीन समयमा २०३४ साल असार ६ गते चितवनको जुगेडीमा सामन्तहरूका विरुद्ध किसानहरूले गरेको ऐतिहासिक र वीरतापूर्ण संघर्ष गरेका थिए । सोही आन्दोलनमा दशरथ चेपाङ, सन्तबहादुर प्रजाको हत्या भएको थियो भने नन्दबहादुर प्रजा र भक्तबहादुर प्रजालाई तत्कालीन प्रशासनले गिराफ्तर गरी हिरासत मै हत्या गरेको थियो ।

अध्यक्ष श्रेष्ठले जुगेडी किसान संघर्षले देखाएको वर्गीय मुक्ति र क्रान्तिको बाटोलाई दृढतापूर्वक पच्छाइरहने प्रतिबद्धता व्यक्त गर्दै जुगेडी किसान संघर्षका महान सहिदहरूलाई स्मरण  उच्च सम्मान प्रकट गर्दै उहाँहरूले देखाएको संघर्षको बाटोलाई जस्तो सुकै कठिन परिस्थितिमा पनि जारी राख्ने र उहाँहरूले उठाएको क्रान्तिकारी किसान आन्दोलनको झण्डालाई झुक्न नदिने बताएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चट्याङ लागेर एकजनाको मृत्यु

  ढोरपाटन । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा ...

नौ लाख बराबरका भन्सार छलीका सामान बरामद

काठमाडौं ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले आज जिल्लाका विभि...

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै सम्झना चौधरी

 दाङ  । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर ...

चितवन–२ का मतदाता भन्छन्ः रविलाई भोट दिएकोमा पछुतो छ

काठमाडौं । सहकारी छानविन प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन ...

संवैधानिक परिषद्मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजीहरु असफल बनाएका छौंः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सदन अवरोधलाई जारी राख्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक...

भक्तपुर दरबार : ऐतिहासिक र सांस्कृतिक धरोहर

भक्तपुर । भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्दा मैले नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदाको गहिरो अनुभव गरें । यो क्षेत्र साँच्चै नेपालकै गौरवशाली धरोहर...

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेश सभाको चालु पाँचौँ अधिवेशन अन्त्य भएको छ ।  कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कोशी प्रदे...

नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति

काठमाडौं । नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति भएको छ ।  शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वप...

ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा

काठमाडौँ । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले ब्रेकअपपछि पनि निरन्तर फिल्ममा सहकार्य गर्दै आइरहेका छन् । हालै फिल्म ‘भाइरल गोर्खे’ मा ...

भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसाद लड्डु बारेको विवाद के हो ?

काठमाडौँ । आन्ध्र प्रदेशको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पाइने लड्डुलाई लिएर विवाद बढ्दै गएको छ । प्रसादको लड्डूमा जनावरको बोसो मिसाइएको दाबी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy