बैतडी । बैतडीको तल्लोस्वराड क्षेत्रको ‘रेफरल सेन्टर’को रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स-रे सेवा बन्द गरिएको छ । जनशक्ति अभाव रहेकोले एक्स(रे सेवा बन्द गर्नुपरेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत सञ्जीन केसीले जानकारी दिए ।
एक्स-रे सेवा बन्द गरिएकोबारे मेलौली नगरपालिकालाई जानकारी गराइसकिएको उनले बताए । यसअघि एक्स-रे मेसिन पारामेडिक्सले सञ्चालन गरेको भए पनि पारामेडिक्सलाई यो सम्बन्धी पूर्ण ज्ञान नहुँदा एक्स-रे सेवा बन्द गर्नुपरेको हो ।
उनले भने, “पहिले प्यारामेडिक्सले जसोतसो एक्स-रे सेवा दिइरहेका थियौँ । तर एक्स-रे मेसिनसम्बन्धी उहाँहरुलाई पूर्ण ज्ञान छैन । यो सम्बन्धी ज्ञान नहुँदा यसले झन् स्वास्थ्यलाई हानी पुर्याउँछ । यसैले दक्ष जनशक्ति पदपूर्ति नहुँदासम्म सोमबारदेखि सेवा बन्द गर्न बाध्य भएका हौँ ।’’
स्वास्थ्यको दृष्टिकोणले दक्ष जनशक्ति बिना एक्स-रे सेवा असुरक्षित रहेको र स्वास्थ्यलाई हानी गर्ने उनले बताए । उनले भने,“एक्स-रे मेसिनसम्बन्धी ज्ञान नभई सेवा दिँदा बिरामीलाई झन् खतरा हुनजान्छ, एक्स-रे मेसिन सञ्चालनका लागि रेडियो ग्राफर चाहिन्छ,रेडियो ग्राफरको पदपूर्ति नहुँदासम्म सेवा बन्द रहन्छ ।”
स्वास्थ्य केन्द्रमा जनशक्ति नहुँदा एक्स-रे सेवा बन्द भएकोबारे स्वास्थ्य संस्था हेर्ने जिम्मा पाएको मेलौली नगरपालिका जानकारी गराइएको भए पनि कुनै सुनुवाइ नभएको आरोप लागेको छ । जनशक्ति पदपूर्तिका लागि नगरपालिकालाई पटक–पटक आग्रह गर्दा पनि स्वास्थ्य जस्तो संवेदनशील ठाउँलाई कुनै चासो नदिएको डा केसीको भनाइ छ ।
मेलौली नगरपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण चन्दले भने नयाँ आर्थिक वर्षको बजेटमा जनशक्ति थप्ने तयारी भएको बताए । उनले भने,“एक्स(रे सेवा बन्द रहेकोबारे जानकारी प्राप्त भएको छ । तत्काल केही गर्न सकिने अवस्था देखिदैन्, नयाँ आवमा जनशक्ति थपेर स्वास्थ्य सेवालाई सहज बनाउँछौँ ।”
एक्स-रे मेसिन बन्द हुँदा चोटपटक लागेका बिरामीलाई अन्यत्र जान बाध्य भएका छन् । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बीमा कार्यक्रमको समेत सूचीकृत स्वास्थ्य संस्था भएकाले बीमा गरेका नागरिकलाई समेत समस्या हुने गरेको छ ।
स्वास्थ्य केन्द्रमा दैनिक ५र६ एक्स(रे गर्नका लागि आउने गरेका भए पनि बिरामी सदरमुकाम, पाटन, डडेल्धुरा जान बाध्य भएका छन् । ्
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १९ गते, २०८३ - १७:३८
काठमाडौँ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको उल्लेख गरेको छन् । बाह्रखर...
बैशाख १९ गते, २०८३ - १७:००
काठमाडौँ। काठमाडौँ महानगरपालिका–१० धोबी खोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ । आजदेखि यहाँ रहेका ...
बैशाख १९ गते, २०८३ - १६:४८
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवाली ले बागमती नदी किनारमा सुकुमवासी बस्ती हटाउने क्रममा देखिएको मानवीय पीडामाथि प्रश्न उठाउँदै सरकारको विकास ...
बैशाख १९ गते, २०८३ - १६:३८
तेहरान। इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ । यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्...
बैशाख १९ गते, २०८३ - १६:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तीनवटा नयाँ अध्यादेश जारी गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नेपालको संव...
बैशाख १९ गते, २०८३ - १६:२०
काठमाडौं । नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा पुगेपछि रोकिएको डोजरले पुन: काम अघि बढाएको छ। उक्त क्ष...
बैशाख १९ गते, २०८३ - १६:०६
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउन सरकारले लोकतान्त्रिक शैली अपनाउनु पर्ने...
बैशाख १९ गते, २०८३ - १५:४२
सुर्खेत । सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम तथा विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी कार्...
बैशाख १९ गते, २०८३ - १५:३०
काठमाडौँ । रोल्पाको थवाङमा भएको जिप दुर्घटनाको सत्यतथ्य छानबिन गर्न गठित समितिको समयावधि आज सकिएको छ । २०८३ वैशाख १७ गते रोल्पाको थवाङ गाउँपालिका–१ मा...
बैशाख १९ गते, २०८३ - १५:१०
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्...


प्रतिकृया लेख्नुहोस्: