सुर्खेत । सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम तथा विस्फोटक पदार्थ फेला परेको छ।
शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र नयाँ भवनका लागि उत्खनन गर्दा द्वन्द्वकालीन ८६ वटा बम फेला परेका हुन्। तीमध्ये ८२ वटा सकेट बम, ३ वटा सुतली बम र १ वटा बोतल बम रहेको प्रहरीले जनाएको छ।
सल्यानका प्रहरी प्रमुख हेमबहादुर केसी का अनुसार बुधबार दिउँसो करिब १२:३५ बजे जग खन्ने क्रममा सकेट बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको थियो। त्यसपछि डिस्पोजका लागि नेपाली सेना को सिद्धीबक्स गण सँग समन्वय गरिएको थियो। सोही दिन बेलुका ४ बजेसम्म १० वटा सकेट बम फेला परेका थिए।
शनिबार बिहान पुन: उत्खनन गर्दा थप बमहरू फेला परेका छन्। साथै, उत्खननका क्रममा ७ थान रेडियो सेट (वाकीटाकी), करिब ५०० ग्राम तयारी विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने २ केजी सामग्री र १० मिटर फायरिङ केबल समेत बरामद भएको प्रहरीले जनाएको छ।
फेला परेका बमहरू निष्क्रिय पार्न नेपाली सेना को टोली परिचालन गरिएको छ। कालीभक्ति गण बाट सेनानी श्रीप्रसाद रामजाली को कमान्डमा ६ जनाको इन्जिनियर टोली तथा सिद्धीबक्स गण सल्यानबाट सेनानी महेश अधिकारी को नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगेका छन्।
यसअघि बुधबार नै सिद्धीबक्स गणबाट उप–सेनानी कृष्ण क्षेत्री को नेतृत्वमा टोली खटिएको थियो। बमको परिमाण ठूलो भएपछि थप प्राविधिक सहयोगका लागि मध्यपश्चिम पृतना अन्तर्गत १९ बाहिनी तुलसीपुर बाट पनि विशेष टोली बोलाइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १३:२५
काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन, २०८३ पेश गरिएको छ । आइतबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले बैठकको का...
आषाढ़ १४ गते, २०८३ - १३:१३
काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले १२ कक्षाको परीक्षाफलमा देखिएको त्रुटिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन गर्न सरकारसँग मा...
आषाढ़ १४ गते, २०८३ - १३:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षमुनिका ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै नेपाली कांग्रेसले प्रतिनिधिसभा...
आषाढ़ १४ गते, २०८३ - १२:५६
काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम नियमित रूपमा सञ्चालन नभएको भन्दै संसद्मै प्रश्न उठेको छ। नेपाल कम्य...
आषाढ़ १४ गते, २०८३ - १२:२३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारी निकायको लापरबाही र कमजोर सेवा प्रवाहलाई नियन्त्रण गर्न रा...
आषाढ़ १४ गते, २०८३ - ११:४६
काठमाडौँ। उपाधि दावेदार इङ्ल्यान्ड र क्रोएसिया फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एल’ अन्तर्गत न्यू जर्सी स्टेडियममा आइतबार बिहान...
आषाढ़ १४ गते, २०८३ - ११:३२
काठमाडौँ। स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा चार हजार ७०० र चाँदी १४५ रुपियाँले बढेको हो । नेपाल सुन...
आषाढ़ १४ गते, २०८३ - ११:१५
काठमाडौँ। कप्तान लियोनल मेस्सीले समूह चरणमा ६ गोल पूरा गरेसँगै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह जे अ...
आषाढ़ १४ गते, २०८३ - ११:०२
बाजुरा। रुखबाट लडेर गम्भीर घाइते भएकी एक बालिकाको उपचारको क्रममा सनिधन भएको छ । रुखबाट लडेर गम्भीर घाइते भएको खप्तड छेडेदह गाउँपालिका–३ की प्रिन्सा रा...
आषाढ़ १३ गते, २०८३ - १८:०२
काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् । फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ ...



प्रतिकृया लेख्नुहोस्: