नवलपरासी । नवलपरासीको कावासोतीमा विषाक्त खानाका कारण गिद्धको मृत्यु भएको पाइएको छ । कावासोती नगरपालिका–३ केरुङ्गे खोला नजिक मङ्गलबार लोपोन्मुख चार डङ्गर गिद्ध मृत भेटिएका थिए ।
“गिद्ध मृत भेटिएको ठाउँ नजिकै स्यालसमेत मरेको भेटिएको थियो” संरक्षणकर्मी डिबी चौधरीले भने, “पोष्टमार्टम रिपोर्टबाट विषाक्त खानाको कारण गिद्ध मरेको पुष्टि भएको छ ।” विषादीयुक्त खाना खाएर स्याल मरेको र सोही स्यालको सिनो खाएका कारण गिद्धको मृत्यु भएको पाइएको छ ।
“गिद्ध संरक्षणमा विषादी प्रयोग चुनौतीपूर्ण बनेको छ”, चौधरीले भने, “यस क्षेत्रमा गिद्ध मरको चार महीनायता यो दोस्रो घटना हो ।”
गत फागुनमा समेत विषाक्त खानाका कारण यहाँ पाँच डङ्गर प्रजातिका गिद्ध मरेका थिए । प्रकृतिको कूचीकारको रुपमा रहेको लोपोन्मुख प्रजातिको गिद्ध संरक्षण गर्नु सबैको कर्तव्य भएको चौधरी बताउछन्। यस विषयमा गम्भीर भएर सोच्न सरोकारवाला सबैलाई उनले आग्रह गरे । गाईबस्तुलाई दुखाइ कम गराउन खुवाइने प्रतिबन्धित औषधि तथा स्याल मार्न प्रयोग गरिने विषादीका कारण गिद्ध संरक्षणमा चुनौती थपिएको छ ।
गिद्ध मृत भेटिएको केरुङ्गे खोलाबाट नजिकैको दूरीमा गिद्ध संरक्षण गर्न निर्माण गरिएको पिठौलीको जटायु रेष्टुरेन्टसमेत पर्दछ । यस क्षेत्रमा ठूलाठूला सिमलका रुख रहेकाले गुँड बनाउन र बस्न गिद्धका लागि उक्त ठाउँ उपयुक्त रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ४ गते, २०८१ - १६:५७
रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...
आश्विन ४ गते, २०८१ - १६:४७
टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...
आश्विन ४ गते, २०८१ - १६:३३
तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...
आश्विन ४ गते, २०८१ - १६:२०
एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार
आश्विन ४ गते, २०८१ - १६:१४
काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...
आश्विन ४ गते, २०८१ - १६:०८
धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...
आश्विन ४ गते, २०८१ - १६:००
काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...
आश्विन ४ गते, २०८१ - १५:४२
काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...
आश्विन ४ गते, २०८१ - १५:३२
गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...
आश्विन ४ गते, २०८१ - १५:२५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...
प्रतिकृया लेख्नुहोस्: