Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

अध्यक्ष ओलीको पोल खोल्ने धम्कीका कारण एमालेमै बसेका नेताद्वय परे फन्दामा

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाली नागरिकलाई नक्कली भुटान शरर्णार्थी बनाएर अमेरिका पठाइने दिने प्रकारणमा हिजो मात्र प्रहरीले थप एक आरोपीलाई प्रकाउ गरेको छ । यो प्रकरणमा प्रकाउ परेका १८ जना मध्ये पूर्व मन्त्री टोप बहादुर रायमाझी बालकृष्ण खाँड सहित १६ जना पुर्पक्षका लगि हाल थुनामा रहेका छन् भने दुई जनालाई धरौटिमा छाडिएको छ । 

जिल्ला अदालत काठमाडौंले आरोपीलाई  पुर्पक्षकालागि थुनामा राखेर मुद्धा अघि बढाइरहेका बेला यस प्रकरणमा पूर्व माओवादी नेता टोप बहादुर रायमाझी र राम बहादुर थापाका छोरा जोडिएको विषय तत्कालिन नेपाल कम्युनिष्ट पार्टी  विभाजन पूर्व नै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी रहेको खुलसा भएकाे छ ।

सर्वोच्च अदालतले नेकपा नामको सम्वन्धमा गरेको फैसलाबाट नेकापा एमाले र माओवादी केन्द्र अ–आफ्नै घर फर्कने अवस्थामा आउदा माओवादी नेताद्वय रायमाझी र थापासहित केही नेता माओवादीमा केन्द्रमा फर्कन नसक्नुको मुख्य कारणको रुपमा एमाले अध्यक्ष ओलीलाई उनीहरू नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको थाहा भएको  बालकोट निकट नेताहरुले बताएका छन् ।

नक्कली भुटानी शरणर्थी प्रकरणको बारेमा ओलीलाई पहिले नै थाहा थियो । नेकपा विभाजनसँगै ओलीले नेताद्वालाई आफुसँग नबसे काण्ड बहिर ल्याइदिने र नछोडने चेतावनी दिएका बालकाेट स्राेतले बताउकाे छ । 

ओलीले काण्ड बाहिर ल्याइदिने र पोल खोल्दिने भनेपछि सुरुमा बादललाई दिइएको धम्की उनको छोरो निर्मला पन्त प्रकरणमा जेडिएको हो कि भन्ने हामीलाई शंका लागेको थियो । तर त्यसमा त्यस्तो प्रमाण केहि भेटिएन । अन्ततः रायमाझी र बादलका छाेरा भुटानी प्रकरणमा जोडिएको प्रष्ट भए पछि याे कुराकाे ओलीलाई पहिले नै थाहा भएकाे र नेता द्वयलाई त्याे धम्की दिएकाे प्रष्ट भएकाे एक नेताले बताए ।

हाल एमालेमै रहेका थापाले माओवादी नेताहरुसँग कुराकानीमा आफुलाई माओवादी केन्द्रमा फर्कने मन भएपनि छोराको कतिपय कारण पार्टीमा फर्कने सक्ने अवस्था नरहेको सुनाउने गरेका नेताहरूले बताउने गरेका छन् । थापाका पिए एमाले छाडेर पुरानै घर फर्किए तर थापा ओलीलाई साथ दिन बाध्य भएका थापा निकट स्रोतले बतायो ।

थापा एमालेमा रहिरहे पनि अन्तत् परिणामा थापाले सोचे भन्दा फरक भइदियो । प्रचण्ड नेतृत्व सरकार गठन भएसँगै भुटानी शरणार्थी प्रकरणको फाइल खोलियो । थापा जुन उदेश्यका लागि एमालेमा रहेका थिए त्यो विपरित परिणाम आयो । नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाका सुरक्षा सल्लाहकार इन्द्र जित राई पक्राउ परे । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रकरणमा ५ करोडभन्दा धेरै रकम ठगीको  राई माथि आरोप रहेको छ । थापाका शुरक्षा सल्लाहकार राई हाल पुर्पक्षको क्रममा थुनामा छन् ।

यही प्रकरणमा मुछिएका उनका छोरा प्रतीक थापा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । थापाका छोरालाई प्रहरीले खोजी गरिरहे पनि हालसम्म प्रकाउ गर्न सकेको छैन। उनि फरार रहेका छन् । पूर्व माओवादी नेता रायमाझी र उनका छोरा सन्दिप रायमाझी भने थुनामा रहेका छन् । बादलका छोरा प्रतिक रायमाझीका छोरा सन्दिप दुवैजनाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै करोडौँ रकम लिएको आरोप छ ।

गत जेठ १० मा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरूविरुद्ध ठगी, किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधको अभियोग लगाइएको छ । सरकारी वकिलको कार्यालयले अभियुक्तहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी मुद्दामा गरेको छ।

उक्त प्रकरणमा आरोप लागेका भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीलाई स्वदेशफिर्तीका लागि अभियान चलाइरहेका शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना पुर्पक्षका लागि थुनामा रहेका छन् ।  फरार रहेका आरोपितहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुने

काठमााडौं । अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने भएका छन् । संयुक्त राष्ट्र सङ्घको कार...

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको ...

खाली भयो नुवाकोट जिल्ला कारागार

नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–६ खम्पाक्याम्पमा केन्द्रीय कारागार भवन निर्माण गरेर भदौ १५ देखि कैदीबन्दी स्थान्तरण गरेपश्चात खाली भएको विदुर–१ ढुं...

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढ...

गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य

काठमाडौँ । भारतले बंगलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य दिएको छ ।  जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउदै २८७ रन बनाएर आफ्...

हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली

रौतहट । हैजा प्रभावित क्षेत्र रौतहटको राजपुरमा  प्रादेशिक अस्पताल गौरको  मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा एक आवश्यक औषधि सहित पुगे...

चट्याङ लागेर एकजनाको मृत्यु

  ढोरपाटन । निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ । आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा ...

नौ लाख बराबरका भन्सार छलीका सामान बरामद

काठमाडौं ।  जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ । प्रहरीले आज जिल्लाका विभि...

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै सम्झना चौधरी

 दाङ  । लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर ...

चितवन–२ का मतदाता भन्छन्ः रविलाई भोट दिएकोमा पछुतो छ

काठमाडौं । सहकारी छानविन प्रकरणमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले गोरखा मिडियाका सञ्चालकहरुले सहकारीको रकम अपचलन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy