Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

उपराष्ट्रपतिद्धारा ६ कलाकारलाई सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान

खबरडबली स‌‌‌वाददाता

प्रतिष्ठानले अब संवैधानिक व्यवस्था अनुसार आफूलाई थप परिमार्जित, परिष्कृत र फराकिलो बनाउँदै नेपालका सबै भूगोल, भूभाग, क्षेत्र र भाषागत समूहका सांस्कृतिक पहिचानका रूपमा रहेका गीत, संगीत, नृत्य, नाट्यका विविध विधाहरू ९प्राचीन, रैथाने, लोक, परम्परागत, शास्त्र

काठमाडौ । नेपाली संगीत, नृत्य तथा नाट्यमा लामो समयदेखि योगदान पु¥याएका विभिन्न श्रष्टाहरु ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९बाट पुरस्कृत भएका छन् । 

उपराष्ट्रपति रामसहाय यादवले उपराष्ट्रपति कार्यालय लैनचौरमा आयोजित पुरस्कार समारोहमा मँगलबार सम्बन्धित कलाकारहरूलाई पुरस्कृत गरेका हुन् । सो पुरस्कार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३ औँ वार्षिकोत्सवका अवसरमा हालै घोषणा गरिएका थिए ।

प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलको सभापतित्वमा आयोजित समारोहमा ६ जना स्रष्टा कलाकारलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ समर्पण गरे । 
यसरी पुरस्कृत हुने श्रष्टामा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ लोक सङ्गीत विधाबाट वरिष्ठ लोक गायक नवीन किशोर राई, नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ सङ्गीत विधाबाट वरिष्ठ गायक रसङ्गीतकार तथा गीतकार गणेश रसिक रहेका छन् ।

यस्तै परम्परागत तथा शास्त्रीय सङ्गीत विधाको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९बाट वरिष्ठ सङ्गीतज्ञ विजयकुमार श्रेष्ठ नेपाल पुरस्कृत भएका छन् । समारोहमा त्यसै गरी रङ्गमञ्च विधाबाट नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ अग्रज रंगकर्मी भैरव क्षत्री र नृत्य विधाबाट नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीलाई प्रदान गरियो । सोही, समारोहमा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ नाट्य विधाबाट नाट्य अनुसन्धाता प्रा।डा। रामचन्द्र पोखरेललाई अर्पण गरियो । पुरस्कृत ६ जना कलाकारलाई नै जनही एक लाख एक रुपैयाँ नगद सहित ताम्रपत्र र दोसल्लाबाट पुरस्कृत गरिएको हो । सो पुरस्कार उपराष्ट्रपति यादव र कुलपति शर्माले प्रदान गरेका छन् ।

समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति रामसहाय यादवले भने, ‘प्रतिष्ठानले अब संवैधानिक व्यवस्था अनुसार आफूलाई थप परिमार्जित, परिष्कृत र फराकिलो बनाउँदै नेपालका सबै भूगोल, भूभाग, क्षेत्र र भाषागत समूहका सांस्कृतिक पहिचानका रूपमा रहेका गीत, संगीत, नृत्य, नाट्यका विविध विधाहरू (प्राचीन, रैथाने, लोक, परम्परागत, शास्त्रीय) आदिलाई थप समृद्ध र उन्नत बनाउन सक्नु पर्दछ ।’ 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वर्षौँदेखि यो क्षेत्रमा सक्रिय रहेर योगदान पुराउँदै खुशी व्यक्त गदै उपराष्ट्रपति यादबले भने, ‘ नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले नेपाली संगीत, नृत्य, नाटक, रंगमञ्च, परम्परागत तथा शास्त्रीय संगीत एवम् लोक संगीत तथा नाट्य विधामा विशिष्टता हासिल गर्ने विशिष्ट साधक, प्रतिभा र स्रष्टाहरुलाई गर्दै आएको सम्मानले राष्ट्रको गरिमालाई अक्षुण्ण बनाई राख्न सहयोग पुग्ने विश्वास मैले लिएको छु ।’ 

अध्यक्ष एवं कुलपति निशा शर्माले प्रतिष्ठानको पछिल्लो कार्यको बारे जानकारी गराउँदै श्रष्टाहरुलाई पुरस्कृत गर्दा श्रष्टामा अझ उर्जा बढ्ने विश्वास व्यक्त गरेका छन । उनले पुरस्कृत स्रष्टा तथा कलाकारलाई सम्मानित हुने सबैलाई बधाई तथा शुभकामना व्यक्त गरे । प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले स्वागत मन्तव्य दिएका थिए भने समारोहलाई सदस्य सचिव कुस्मा महराले सहजीकरण गरेका थिइन् । समारोहमा  सम्मानित हुनुहुने स्रष्टाको ताम्रपत्र पढेर सुनाइएका थिए । 

पुरस्कृत स्रष्टाहरु मध्यबाट बोल्दै गायक गणेश रसिकले आफू विगतमा प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव भएको नाताले हाल प्रज्ञा प्रतिष्ठान आफ्नै भवनबाट सञ्चालन भएकोमा खुसी व्यक्त गरे । नाट्य संगीत क्षेत्रमा आजीवन योगदान पु¥याएका कलाकारलाई प्रतिष्ठानले आजीवन सदस्य बनाउन पनि उनले अनुरोध गरेका छन् ।

यस्तै प्राज्ञ टीका पुनले नवीन किशोर राई, प्राज्ञ बखत बहादुर हमालले कुलमान नेपाली, प्राज्ञ कर्ण गौतमले गणेश रसिक, प्राज्ञ चेतन सापकोटाले भैरव क्षेत्री, प्राज्ञ डक्टर राईले विजय कुमार श्रेष्ठ तथा प्राज्ञ हिसन मगरले प्रा.डा.रामचन्द्र पोखरेललाई प्रदान गरिएको ताम्रपत्र पढेर सुनाएका थिए । 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तछाली, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको विशेष आतिथ्यमा आयोजित कार्यक्रममा तीन प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू, नेपाली सङ्गीत, नृत्य तथा नाटक विधाका वरिष्ठ स्रष्टा, साधक तथा कलाकारहरूको उपस्थिति रहेको थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending