Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

सडक सुरक्षा चुनौती बन्दै, नवलपरासीमा बढ्यो दुर्घटना

खबरडबली संवाददाता

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कले जिल्लामा हरेक वर्ष दुर्घटना, मृत्यु र घाइते हुनेको सङ्ख्या बढ्दो क्रममा रहेको देखाएको छ ।

गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभर ६३६ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी ४७ जनाको मृत्यु भएको छ भने ७२८ जना घाइते भएका छन् । घाइतेमध्ये ८४ जना गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।

दुर्घटनामा मृत्यु हुनेमा ३५ पुरुष, आठ महिला, एक बालक र तीन बालिका रहेका छन् । त्यसैगरी गम्भीर घाइते हुनेमा ६४ पुरुष, १० महिला, छ बालक र चार बालिका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन् । सो अवधिमा ४२८ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।

त्यसपछि ट्रक तथा ट्यांकर २८, बस २७, टेम्पो २० र ट्याक्टर २० वटा दुर्घटनामा परेका छन् ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ३७८ वटा सवारी दुर्घटना हुँदा ४६ जनाको मृत्यु र ६०५ जना घाइते भएका थिए । यस्तै आर्थिक वर्ष २०८०/८१ मा १९५ वटा दुर्घटनामा २० जनाको मृत्यु र २६६ जना घाइते भएका थिए ।

पछिल्ला तीन वर्षको तथ्याङ्कले पश्चिम नवलपरासीमा सवारी दुर्घटना, मृत्यु र घाइते हुनेको सङ्ख्या निरन्तर बढिरहेको देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक रामबहादुर केसीले तीव्र गति, ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी चलाउने प्रवृत्ति दुर्घटनाका प्रमुख कारण रहेको बताए।

उनले ट्राफिक प्रहरीसँग समन्वय गरी सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। नारायणगढ–बुटवल सडक निर्माणसँगै सवारीको गति बढेकाले दुर्घटनाको जोखिमसमेत बढ्दै गएको उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय स्वाधीनतामाथि संकट आएको छ, कम्युनिष्ट आन्दोलन एकताबद्ध गर्न प्रचण्डको आह्वान

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट उत्पन्न भएको दाबी गरे...

सिरहाको बालकको मृत्युपछि भगवानपुर तनावग्रस्त, स्वास्थ्य केन्द्रमा तोडफोड र हुलाकी सडक अवरुद्ध

सिरहा। सर्पदंशबाट एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ। उपचारमा ढिलाइ भएको तथा समयमै एम्बुलेन्स उपलब्ध...

मकवानपुरमा भिरबाट लडेर ४५ वर्षीय थिङको मृत्यु

मकवानपुर। मकवानपुरको कैलाश गाउँपालिका–९ कुवापानीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रस...

सांसदका स्वकीय सचिव नियुक्तिको निर्णयविरुद्ध जेनजी नागरिक अभियानको प्रदर्शन

काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति गर्ने सरकारको निर्णयको विरोध गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गर...

स्वास्थ्य अवस्था जटिल बनेपछि डा केसी सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना

धनगढी । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट ...

सडक सुरक्षा चुनौती बन्दै, नवलपरासीमा बढ्यो दुर्घटना

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा सवारी दुर्घटनाको दर बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कले जिल्लामा हरेक वर्ष दुर्घटना, मृत्यु र घाइते हुनेको...

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

फुङलिङ। नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को तुलनामा गत आर्थिक वर्ष २०८२/०८३ मा झण्डै दोब्बर राजश्व ...

रास्वपा बागलुङको जिल्ला अधिवेशन साउन १६ गते हुने

बागलुङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको प्रथम जिल्ला अधिवेशन यही साउन १६ गते हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगले यसअघि बागलुङ जिल्ला...

आफूलाई थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै सर्वोच्च पुगे दीपक भट्ट

काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...

निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा

काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending