‘घट्नासँग अरु कुनै खराब नियत र उद्देश्य नजोडिएको भए पनि सार्वजनिक रुपमा भएको यो घटनाले मेरो मनमा गहिरो चोट पुगेको छ । अहिले मानसिक रुपमा अलि विक्षिप्त भएको छु ।
काठमाडौं । गायक प्रकाश सपुतले रोमानिया कन्सर्टमा आफूमाथी भएको घटना केही दिनमै उक्त घटना र त्यसले पारेको असरबारे औपचारिक प्रतिक्रिया दिएका छन् ।
रोमानियाको उक्त घटनाले आफ्नो मनमा गहिरो चोट पुगेको भन्दै सपुतले अहिले मानसिक रुपमा आफू विक्षिप्त भएको फेसबुकमा स्टाटस मार्फत बताएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले मानिसलाई मनोरञ्जन प्रदान गर्न, प्रेम र खुसी बाँड्न कुनै विचार, वचन र बोतलको प्रहारले रोक्न नसक्ने ब्यक्त गरेका छन् ।
उनी फेसबुक स्टाटसमा लेख्छन्, ‘घट्नासँग अरु कुनै खराब नियत र उद्देश्य नजोडिएको भए पनि सार्वजनिक रुपमा भएको यो घटनाले मेरो मनमा गहिरो चोट पुगेको छ । अहिले मानसिक रुपमा अलि विक्षिप्त भएको छु । हुन, त सार्वजनिक छवि भएका संसारभरिका विभिन्न व्यक्तिको जीवनमा आइपर्ने यस्ता घटना र किस्सा पढ्दै, सुन्दै आएको हो । तर स्वयं आफू चाहि तयार भइसकेको रहेनछु, भर्खर यात्रा सुरु गरेको छु , यात्रा सजिलो छैन भन्ने त थाहा छ।। तर, यस्तो अनेपक्षित घट्नाले यात्रा अप्ठ्यारो मात्रै होइन डरलाग्दो पनि रहेछ जस्तो अनुभव भइरहेको छ ।’
कोभिडपछि आफू पटक-पटक यस्तो डर र एन्जाइटीलाई जित्दै आएको पनी उल्लेख गर्दै मानसिक स्वास्थ्यको पनि कुरा गरेका छन् । उनले उक्त पोस्टमा रोमानियामा रहेको एक इटालियन रेस्टुरेन्टमा काम गर्ने नेपाली कामदारसँगको तस्वीर पनि आफनो फेसबुक वालमा पोस्ट गरेका छन् ।
सपुतमाथि बोतल प्रहार भएपछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले कूटनीतिक नियोगको ध्यानाकर्षण गराएको थियो ।
प्रतिकृया लेख्नुहोस्: