Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

एनएमबी बैंकको ‘खेती कर्जा’ कसरी र कसले पाउने ?

खबरडबली संवाददाता

काठमाडौं । एनएमबी बैंकले किसानहरुका लागि ‘एनएमबी खेती कर्जा’ सार्वजनिक गरेको छ । शुक्रबार बैंकले सार्वजनिक गरको कर्जाका लागि किसानहरुले ‘खेती एप’ मार्फत जानुपर्छ । कर्जा उत्पादनसँग जोडिएका किसानहरुलाई कृषि सामाग्री खरिदका लागि दिइने छ ।

‘खेती मोबाइल एप’ के हो ?

खेती किसानका समस्याको समाधान तथा बजार व्यवस्थापनको डिजिटल माध्यम ‘खेती एप’ हो । जसबाट किसानहरुले बजार माग तथा बिक्री बितरणका बारेका डिजिटल रुपमा बुझ्न तथा प्रयोग गर्न सक्छ । एप सर्वसाधारणहरुले निशुल्क रुपमा चलाउन सक्छन् ।

किसानहरुका समस्याहरुको सामाधानका लगि एपलाई बनाइएको हो । हालसम्म खेती एप चलाउने ३० हजार भन्दा बढि प्रयोगकर्ता रहेका छन् । जसमा १० हजार भन्दा बढि ‘एक्टिभ’ प्रयोगकर्ता रहेको बैंकका संस्थापक तथा सिइओ तुल्सी गिरी बताउँछन् ।

आजभन्दा १४ वर्ष अघिबाट प्रत्यक्ष रुपमा कृषिमा निरन्तर काम गरीरहेका तुल्सी गिरी अहिले ‘खेती मोबाइल एप’ मा सीइओ छन् । स्थानीय कृषि तथा खाद्यान्न क्षेत्रमा एक दशकभन्दा लामो अनुभव भएका गिरीले ‘खेती मोवाइल एप’ को अवधारणा सन् २०१६ मा ल्याएका थिए । आधुनिक युगमा प्रविधिमय कृषि बनाउनलाई उनको जोड अतुल्यनीय रहेको छ ।

गिरीले सन २०१९ मा आएर ‘खेती कोबाइल एप’ लाई पूुर्णता दिएका हुन् । गिरी भन्छन, ‘डिजिटल रुपमा डाटाहरुलाई नहेर्दासम्म किसानले कसरी उत्पादन, बिक्री बितरण तथा बजारको अवस्था कस्तो रहेको छ भन्ने कुरा थाहा पाउन सकिदैन । त्यसैकारण कृषिले बजार पाइरहेको हुदैन । बजारको चरम मागलाई सम्बोधन गर्न र कृषिलाई डिजीटल रुपमा लैजान ‘खेती एप’ को अवधारण ल्याइएको हो ।’

किसानले एनएमबी कर्जाका लागि ढुक्क हुने आधार खेती एप रहेको गिरी बताउँछन् । ‘जसमा किसानले कुनैपनि कृषि सामाग्री खरिद गरिसकेपछि किसानले आफैले सामाग्री प्राप्त गरिसके भनेर ‘ब्याक एण्ड एप्लिकेशन’ नभरेसम्म कर्जा सुरु हुँदैन । जसका लागि किसानले ढुक्क भएको आफूलाई आवश्यक सामाग्री खरिद अथवा अनलाइनमार्फत माग गर्न सक्नेछन ।’

बैंकले किसानहरुलाई कर्जा मात्रै प्रदान गर्ने बैंकका डिजिटल व्यवस्थापक शिवराज उपाध्ययले बताए । उनले भने, ‘कर्जाका लागि बैंकसँग ७/८ प्यारामिटरहरु रहेका छन । जसबाट कर्जाका लागि योग्य किसानलाई छनोट गरिन्छ । किसानहरुलाई गोल्ड, सिलवर र प्लाटिनियम गरेर वर्गिकरण गरेको आधारमा कर्जा प्रर्दान गर्ने व्यवस्था गरिएको छ ।’

उपाध्याय भन्छन, ‘बैंकले खेती एपबाट प्राप्त भएको डाटालाई चेकजाच गर्ने गर्छ । जसमा अन्य बैंकबाट कति कर्जा लिएको छ ? पैसाको कारोबार कस्तो छ ? जस्ता सामान्य जानकारी हरेर वास्तविक किसानलाई पहिचान गर्ने काम गर्छ ।’

त्यसको छनोटपछि कर्जा लिन योग्य किसानलाई वर्गिकरणको आधारमा १ लाख, १ ललाख ५० हजार र २ लाखसम्म कर्जा दिने व्यवस्था रहेको छ । बैंकले आफ्रनौ एप बनाएर मात्रै कर्जा प्रवाह गर्छ भन्ने मात्रै नभएर बैंकले अब आफ्नो सेवा पनि विस्तार गर्न सक्छ भन्ने सोचका साथ ‘खेती एप’ संग सहकार्यको काम अगाडी बढेको उपाध्यायले बताए ।

कस्ता किसानहरुलाई कति कर्जा प्रवाह गरिन्छ ?

किसानले अधिकतम सीमा २४ महिनाको लागि १० हजारदेखि २ लाख रुपैयाँसम्म कर्जा पाउने छन् । कर्जाको न्यूनतम अवधिमा ३ महिनाको हुने जनाइएको छ । भने, कर्जा लिनको लागि किसानको खाता एनएमबी बैंक र खेती एप दुबैमा हुनुपर्ने प्रावधान रहेको छ ।

किसानको योग्यता र क्षमताको आधारमा कर्जा प्रवाह गरिनेछ । जसमा ‘खेती’ एपले प्रयोगकर्ताको कृर्याकलापहरुको आधारमा छनोट गर्दछ । अहिले बागमती र गण्डकी प्रदेशका किसानलाई मात्रै कर्जा उपलब्ध गराइने छ ।

त्यस्तै, पछिल्लो एक वर्षदेखि खेती एपमा आवद्ध किसान यस्तो कर्जा लिन योग्य हुनेछन् । साथै कर्जालाई ३ किसिममा वर्गिकरण गरी कर्जा पाइने छ । प्लाटिनम, गोल्डेन र सिल्भर । कर्जाको वर्गिकरणको आधारमा किसिनले कर्जा पाउनेछन् । कुनै किसानले लिएको कर्जा साँवा वा ब्याज भुक्तानी नगरेका कालोसूचीमा राखि भविष्यमा कर्जाको लागि अयोग्य मानिने छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: