काठमाडौं । युद्धको मैदानमा विजेता भएर मेडल जितिसकेका निकेश लिम्बुको दिनचर्या फेरिएको छ । उनी लडाई त लडिरहेका छन्, तर साहित्यमा । लन्डन फिल्म एकेडेमीबाट छ महिने फिल्म मेकिङ्ग कोर्स सकाएर निकेशले निर्माण गरेको सर्ट फिल्म ‘अ सोल्जर’ ले अहिले फिल्मकर्मीको मन जितिरहेका छन् । विश्वका फिल्म हेरेर उत्कृष्ट घोषित हुने फेस्टिभलमा निकेशले देखाएको सैनिकको कथा प्रिय बनिरहेको छ ।
‘म आफैँ सैनिक भएकोले पनि मैले यसलाई त्यहिँ मर्म अनुरुप तयार गरेको छु । सायद यसलाई सैनिकसँग नजिक पाएर पनि होला, मन पराउनु भएको छ’, निकेशले बताए । ‘अ सोल्जर’ मा एक सिपाहीको कथा भनिएको छ उनी आफै यसका निर्देशक पनी हुन । कर्तव्य पुरा गर्न परिवार भन्दा टाढा रहेको सिपाहीको श्रीमती गर्भवती हुन्छिन् । यद्यपि सिपाहीको कर्तव्य र जिम्मेवारी पुरा गर्न परिवार र जन्मथलोलाई मनमा संगाल्दै युद्धको मैदानमा आफूलाई बलियो बनाएको छ ।
एघार मिनेट लामो सर्ट फिल्म ‘लिफ्ट अफ ग्लोबल नेटवर्क सेसन्स २०२३’ पाइनउड स्टुडियो लन्डनमा फाइनालिस्ट हुनका साथै अडियन्स च्वाइस अवार्ड जितेको थियो भने फ्रान्समा आयोजित ‘ब्रिज अफ पिस इन्टरनेशनल फिल्म अवार्ड २०२३’ मा अडियन्स च्वाइस अवार्ड र संयुक्तराज्य अमेरिकाको लस एञ्जल्समा सम्पन्न ‘एसियन फिडब्याक फिल्म फेस्टिभल २०२३’ मा छनौट भएको थियो ।
पहिलो सर्ट फिल्मले पाएको सफलतासँगै एक सैनिकको पारिवारिक जिम्मेवारी, देश प्रतिको कर्तव्य र युद्ध भूमिका मनोविज्ञानलाई विश्वमा देखाउँन पाउँदा निकेश उत्साहित रहेका छन् ।
यिनले निर्माण गरेको फिल्म ‘हृदय भरी’ मा भने प्रदर्शनको पर्खाइमा छ । निकेशको सर्ट फिल्म ‘अ सोल्जर’ मा सगर सुब्बा र ममता देवान सुब्बा मुख्य भूमिकामा छन् ।
यसमा सम्पादन र भीएफएक्स गौतम राज खड्का, रंग संयोजन राम प्रसाद चौधरी, साउण्ड डिजाइन एण्ड मिक्सिङ्ग मनोज राजवाहक, ब्याकग्राउण्ड स्कोर सुजील कर्माचार्य, छायांकन निर्देशक राजदीप राई र निर्माण ज्ञानेन्द्र राउतले गरेका छन् । यसको निर्देशनसँगै लेखन निकेशले गरेका हुन् । यसको पोस्ट प्रोडक्सनको काम बिजी बिमा भएको हो ।
सर्ट फिल्म ‘अ सोल्जर’ लाई आउँदो नोभेम्बरमा ओटीटीमार्फत सार्वजनिक गर्ने तयारीमा निकेश छन् । ‘अहिले पनि विभिन्न अवार्डमा सहभागी हुने क्रम निरन्तर छ, त्यसैले नोभेम्बरमा यसलाई ओटीटीमार्फत सार्वजनिक गर्दैछु’, उनले मिडियालाई बताएका छन् ।
उनले सर्ट फिल्म पश्चात फिचर फिल्म निर्देशनको सोच रहेको समेत जानकारी दिएका छन् । ‘अहिले सुरुआत भएको छ, यो यात्रा अगाडी बढ्ने नै छ’, उनले थपे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: