Khabar Dabali १४ श्रावण २०८३ बिहीबार | 30th July, 2026 Thu
Investment bank

फिल्म ‘लालीबजार’ मुद्दा : सेन्सर कागजात झिकाउन उच्च अदालत पाटनको आदेश

खबरडबली संवाददाता

काठमाडौं । उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दामा चलचित्र जाँच (सेन्सर) प्रक्रियासम्बन्धी कागजात झिकाउन आदेश दिएको छ।

अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार केन्द्रीय चलचित्र जाँच समितिबाट फिल्मलाई प्रदर्शन अनुमति दिइएको सक्कल फाइल झिकाउन आदेश गरिएको हो।

न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासमा मंगलबार सुनुवाइ भएको थियो। सूचना अधिकारी कोइरालाले भने, “अहिले दिइएको अन्तरिम आदेशअनुसार २२ गतेसम्म प्रदर्शन रोकिएको छ, त्यसलाई बुधबारसम्म निरन्तरता दिइएको छ। भोलि यस विषयमा पेसी तोकिएको छ।”

यसअघि उच्च अदालतले १५ वैशाखमा फिल्मको प्रदर्शन तत्काल रोक्न अन्तरिम आदेश दिएको थियो। रोशनी नेपाली वादीले फिल्मका केही दृश्य र संवाद आपत्तिजनक भएको भन्दै रिट दायर गरेकी थिइन्।

यम थापा निर्देशित फिल्म ‘लालीबजार’ १८ वैशाखदेखि प्रदर्शनमा आउने तयारीमा थियो, तर अदालतको आदेशपछि प्रदर्शन रोकिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राहदानी विभागमा पासपोर्ट लिनेको भीड, दुई सिफ्टमा सेवा विस्तार

काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिने सेवाग्राहीको संख्या बढेपछि काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउनेहरूको भीड ब...

सुनसरी घटनाबारे प्रचण्डको माग: ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, छानबिन होस्’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगन्ज घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्। बिह...

स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

काठमाडौँ। सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनलाई निय...

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई सम्मान गरिएको छ । सन् २०२६ को मे १४ म...

स्मार्ट टेलिकम–एनसेल प्रकरण: व्यवसायी उपेन्द्र महतो सिआईबीमा उपस्थित

काठमाडौं । स्मार्ट टेलिकम र एनसेलसँग सम्बन्धित अनुसन्धानका क्रममा व्यवसायी उपेन्द्र महतो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा उपस्थित भएका ...

राप्रपाको प्रश्न: सुनसरीमा गोली चलाउने आदेश कसले दियो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले सुनसरी घटनाको समाधान सुरक्षा बलको परिचालन मात्रबाट सम्भव नहुने बताउँदै ...

सुनसरी घटनापछि राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

काठमाडौं । सुनसरी घटनापछि उत्पन्न सुरक्षा अवस्थाको समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बाल...

लघुवित्त पीडितसँग संवादका लागि सरकारको पहल, अर्थ मन्त्रालयले गठन गर्‍यो वार्ता समिति

काठमाडौं । आन्दोलनरत लघुवित्त पीडितसँग संवाद गरी समस्या समाधानको पहल गर्न अर्थ मन्त्रालयले वार्ता समिति गठन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ल...

बालेनलाई सांसद राईले भने - सरकार चलाउन नसक्ने भए हात उठाए हुन्छ

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले मुलुकको वर्तमान परिस्थितिमा सरकार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको आरोप लगाउँदै प्रधानमन्त्री र...

सरकारलाई नेकपाको प्रश्न: सुनसरी घटना पनि स्थानीय तहलाई जिम्मा दिने हो कि आफूले लिने हो ?’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सुनसरीको कप्तानगन्जमा भएको घटनालाई लिएर सरकारको भूमिका र गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिमाथि प्रश्न उठाएको छ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending