काठमाडौं । थाईल्याण्डमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘टिन स्टार इन्टरनेसनल २०२३’ मा नेपाली बालबालिका आर्नभ श्रेष्ठ, सायरा भट्ट र निभिका दुवालले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । जुलाई ३ तारिखदेखि ११ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगीताका लागि तीनै प्रतियोगीत सोमबार थाइल्याण्ड उडेका छन् ।
करिब ४५ देशको सहभागीता रहने प्रतियोगितामा उनलाई ईभेन्ट बेटर ग्यालेक्सीले पठाएको हो । नेपालको तर्फबाट सहभागिता जनाउने १३ वर्षिय आर्नभ श्रेष्ठ काठमाडौं प्रयागकुञ्ज स्कूलमा कक्षा ७ मा अध्ययनरत छन् । भविष्यमा व्यवसायी बन्ने लक्ष्य राख्ने आर्नभ ईभन्ट बेटर ग्यालेक्सीले आयोजना गरेको ‘नेसकल किड्स अफ द इयर २०२२’ का विजेता हुन् ।
सोही प्रतियोगिताकी सहभागी ११ वर्षिय सायरा भट्ट पाठशाला नेपालमा कक्षा ६ मा अध्ययरत छन् । भविष्यमा न्युरो सर्जन बन्ने लक्ष्य राख्ने सायरा पनि नेसनल किड्स अफ द इयर २०२२ का विजेता हुन् ।
त्यस्तै तेस्रो सहभागी १३ वर्षिया निभिका दुवाल लिटल वल्र्ड इङ्लिस स्कुलमा कक्षा ८ की विधार्थी हुन् । भविष्यमा एनिमेटर बन्ने सोच भएकी निभिका नेसनल किड्स अफ द इयर २०२२ की फस्ट रनर अप हुन् ।
नेपालका लागि सो प्रतियोगिताको नेसनल डाइरेक्टर धीरज तण्डुकार र आधिकारिक संस्था इभेन्ट बेटर ग्ल्यालेक्सी इन्टरटेन्मेन्ट रहेको छ । प्रतियोगीलाई इभेन्ट बेटर ग्ल्यालेक्सीका सिइयो आफैले थाइल्याण्ड लिएर उडेका हुन् ।
प्रतियोगीका लागि प्रशिक्षण तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धी अभिमुखीकरण तथा तयारी संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यल.े गरेका हुन् । नेपालको प्रतिनिधित्व गर्ने सहभागिहरुको पहिरन डिजाइन सिआईएफटीले गरेको हो ।
कार्यक्रममा नेपालको तर्फबाट सहभागीले नेपाली कलासंस्कृति र कल्चरल ड्रेसमा समेत प्रस्तुत गरेका छन् । थाईल्याण्डको बैंकक र पटाया शहरमा संचालन हुने टिन
स्टार इन्टरनेसनल २०२३ मा फाइनल प्रतिस्पर्धा जुलाइ ९ तारिखमा हुनेछ । नेपालले यस पटक शिर्ष उपाधि नेपाल भित्र्याउन ईभेन्ट बेटर ग्यालेक्सीले
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...
आश्विन २७ गते, २०८१ - ०८:५०
काठमाडौं । यस वर्षको मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरू गरेको मनसुन अब पूर्णर...
प्रतिकृया लेख्नुहोस्: