Ntc summer Offer
Khabar Dabali २८ चैत्र २०८१ बिहीबार | 10th April, 2025 Thu
Investment bank

जनकपुरमा बुहारीलाई विष खुवाएर हत्याको प्रयास

खबरडबली स‌‌‌वाददाता

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा बेचन यादव र उनका परिवारका सदस्यलाई  बुहारी हत्या प्रयास गरेको आरोप मा प्रहरीले पक्रराउ गरेको छ ।

२१ वर्षीया दुर्गा देवीक माइती पक्षले छोरीको हत्या प्रयास भएको भन्दै ससुरा बेचन, सासु लक्ष्मीनिया, पति रामेश्वर र देवर सुलिविरुद्ध उजुरी दिएका हुन् । दुर्गालाई १० असारको राति २ बजेतिर पति रामबाबु र देवर सुनिल यादवले सिकिस्त अवस्थामा अस्पताल पुर्‍याएका थिए । उनले विष सेवन गरेको परिवारका सदस्यले दाबी गरेका छन् ।

होसमा आएपछि दुर्गाले पत्रकार र मानव अधिकारकर्मीसमक्ष आफूलाई ससुराले कुटपिट गरी विष खुवाएको बताएकी छन् । ‘ससुराले टिकटक किन बनाइस् भन्ने निहुँमा पिठ्युँमा मुक्काले हिर्काएर कोठामा थुनेर कुटपिट गर्नुभयो’ दुर्गाले भनिन्, ‘अलिअलि मात्र सम्झना छ, स्प्राइटजस्तो बोतलमा रहेको तितोे तरल पदार्थ जबर्जस्ती खुवाउनुभयो । त्यसपछि के भयो थाहा भएन, होसमा आउँदा म आईसीयूमा थिएँ ।’

४ वैशाख २०७९ मा विवाह गरेका दुर्गा र उनका पति रामेश्वरका ४ महिनाका छोरा छन् । बिहे भएर आएदेखि नै ससुरा बेचन र सासु लक्ष्मीनिया देवीले यातना दिँदै आएको दुर्गाको भनाइ रहेको छ ।

जनकपुरस्थित कृष्णा नर्सिङ होममा चारदिन आईसीयूमा उपचारपछि शनिबार जनरल बेडमा सारिएकी उनको अवस्था सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताए । उपचारमा संलग्न चिकित्सकका अनुसार आँप पकाउन प्रयोग हुने ओपी नामक विषादी शरीरमा फैलिएर दुर्गाको स्वास्थ्य अवस्था जटिल बनाएको थियो ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले भने महिला सेलमा परेको उजुरीबारे अनुसन्धान भइरहेको बताए । ‘उनलाई जबरजस्ती विष खुवाएको वा अन्याय भएको रहेछ भने दोषीमाथि कानुन बमोजिम कारबाही हुन्छ, डीएसपी गौतमले  बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दोब्बरले बढ्यो भैरवस्थान मन्दिरको भेटी

बागलुङ । बागलुङको धार्मिक शिक्तपीठमध्येको एक  बलेवाको कालभैरव मन्दिरमा भेटी सङ्कलन दोब्बरले वृद्धि भएको छ । धार्मिक पर्यटक भित्र्याउँदै आएको भैरवस्...

डोमिनिकन रिपब्लिकः नाइट क्लबको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या २१८ पुग्यो

डोमिनिकन । डोमेनिकन रिपब्लिकमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किएर मृत्यु हुनेको सङ्ख्या २१८ पुगेको छ । ...

रामेछापमा बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु, १२ जना घाइते

रामेछाप । रामेछापमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  बिहीबार अपराह्न भएको दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । मन्थली नगरपालिक...

माओवादी उपाध्यक्ष सापकाेटाले भेटे पत्रकार रजकको परिवार

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटा आज राजावादी आगजनी(चैत्र १५ को)मा हत्या भएका पत्रकार सुरेश रजकको ताहाचल...

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

गुल्मी । गुल्मीमा गएराति गएको हावाहुरीबाट ३६ लाखभन्दा बढीको भौतिक क्षति भएको छ । बुधबार राति चलेको हावाहुरीबाट जिल्लाका विभिन्न स्थानका घर, विद्यालय ए...

बागलुङ बालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।  जिप्रका बागलुङका सूचना अधिकारी तथा प्र...

म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको ताकम-मच्छिम-मुना सडकअन्तर्गत उत्तिसिनेमा आज दिउँसो बोलेरो जिप मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु ...

चट्याङले जाजरकोटमा अस्थायी टहरा जल्याे

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–३ बानियाधारामा चट्याङले एक अस्थायी टहरा जलेर नष्ट भएको छ। स्थानीय ४५ वर्षीय भीमबहादुर पुनको अस्थायी टहरा बुधबार रा...

उदयपुरमा बाख्राको खोरमा आगलागी हुँदा छलाखको क्षति

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा बाख्राको खोरमा आगलागी हुँदा छ लाख बराबरको क्षति भएको छ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिक...

केपी ओली कप क्रिकेट : गण्डकी हिरोज सेमिफाइनलमा

कास्की । पोखरामा जारी दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘बी’ बाट गण्डकी हिरोज सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिकुल ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy