Ntc summer Offer
Khabar Dabali २८ चैत्र २०८१ बिहीबार | 10th April, 2025 Thu
Investment bank

विद्युतिय ट्रान्सफर्म चोरी गर्ने ४ जना पक्राउ

खबरडबली संवाददाता

रौतहट । रौतहटका विभिन्न स्थानहरुबाट विद्युतिय ट्रान्सफर्म चोरी गरेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा गरुडा नगरपालिका-६ पोठियाही बस्ने ४२ वर्षीय अशोक साह, कटहिया नगरपालिका-१ भसेढवा बस्ने ४६ वर्षीय रामलाल महतो, सोही ठाउँ बस्ने ३६ वर्षीय बिरेन्द्र राय र ३७ वर्षीय सुखल महतो रहेका छन् ।

रौतहटका विभिन्न स्थानहरूका ट्रान्सफर्मरहरुबाट तार लगायतका सामान चोरी गरेको  अनुसन्धानको क्रममा  प्रहरीले गरुडा नगरपालिका-४ स्थित कवारबाट तामाको चुडी १ सय ७५ किलो ७ सय ग्राम, तामाको क्वाईल १ सय २९ किलो ३०० ग्राम, खुल्ला तामाको तार ७१ किलोग्राम बरामद उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरूबाट मोटरसाइकल २ थान, १ थान स्कुटर र मोबाइल ४ थान समेत प्रहरीले बरामद गरेको छ । 

उनीहरूलाई जिल्ला अदालत रौतहटबाट चोरी सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेकाे छ । साथै घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

गुल्मी । गुल्मीमा गएराति गएको हावाहुरीबाट ३६ लाखभन्दा बढीको भौतिक क्षति भएको छ । बुधबार राति चलेको हावाहुरीबाट जिल्लाका विभिन्न स्थानका घर, विद्यालय ए...

बागलुङ बालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जना पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।  जिप्रका बागलुङका सूचना अधिकारी तथा प्र...

म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको ताकम-मच्छिम-मुना सडकअन्तर्गत उत्तिसिनेमा आज दिउँसो बोलेरो जिप मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु ...

चट्याङले जाजरकोटमा अस्थायी टहरा जल्याे

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–३ बानियाधारामा चट्याङले एक अस्थायी टहरा जलेर नष्ट भएको छ। स्थानीय ४५ वर्षीय भीमबहादुर पुनको अस्थायी टहरा बुधबार रा...

उदयपुरमा बाख्राको खोरमा आगलागी हुँदा छलाखको क्षति

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा बाख्राको खोरमा आगलागी हुँदा छ लाख बराबरको क्षति भएको छ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिक...

केपी ओली कप क्रिकेट : गण्डकी हिरोज सेमिफाइनलमा

कास्की । पोखरामा जारी दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘बी’ बाट गण्डकी हिरोज सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिकुल ...

रोल्पामा चट्याङ लागेर एक बालिकाको मृत्यु, दुई घाइते

राेल्पा । रोल्पामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । बुधबार राति करिब १ बजेको समयमा चट्याङमा परी सुनिलस्मृति गाउँपालिका–...

तीनै तहको सरकारले सुशासन प्रवर्धनमा ध्यान दिनुपर्छ: सञ्चारमन्त्री गुरुङ

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीयता कार्यान्वयनका क्रममा तीनै तहको सरकारले सुशासन प्रवर्धनमा ध्यान दिनुपर्ने बताए ...

सुदूरपश्चिम प्रदेशमा लगानी सम्मेलनको तयारी तीव्र

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने लगानी तथा विकास सम्मेलनको तयारीका लागि सबै समितिले कार्यतालिका बनाइ आ–आफ्नो कार्य सम्पादन गर्ने निर्णय...

मकवानपुरकाे राक्सिराङ गाउँपालिका भवन निर्माण अन्तिम चरणमा

मकवानपुर । चेपाङ जातिको उद्गम मानिएको मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको छ । आठ वर्षअघि २०७३ सालमा तत्काली...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy