बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका रनबहादुर खत्रीले चार सय बोट सुन्तला रोपेका छन् । परम्परागत रुपमा धान खेती गर्दै आएका उनले करिब पाँच रोपनी खेतमा व्यावसायिकरुपमा सुन्तला खेती र तीन रोपनीमा केरा खेती गर्दै आएका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा बहराइनमा करिब दुई दशक बसेर घर फर्किएका खत्रीले घर फर्किएपछि २०७३ सालदेखि परम्परागत खेती छाडेर व्यावसायिकरुपमा नगदे बालीमा समर्पित भएका छन् । गोपाल कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका उनले सुन्तला र केरासँगै तरकारी, किबी र ड्रागनको समेत खेती गरेका छन् । खत्रीले करिब १६ रोपनी जग्गामा व्यावसायिक खेती र बाख्रापालन गर्दै आएका छन् ।
“बाह्र मुरी धान फल्ने खेत सबैमा सुन्तला रोपेको छु, यो वर्षदेखि सुन्तला फल्न थालेको छ, खेती गर्न पनि सजिलो तथा नगद आम्दानी पनि हुने भएकाले परम्परागत खेती छाडेर फलफूलतर्फ लागेको हुँ”, उनले भने।
खत्रीले मौरीपालनसमेत गर्न थालेका छन् । व्यावसायिक बाख्रापालन पनि गर्दै आएका उनको फार्ममा करिब ३० बाख्रा छन् । वैदेशिक रोजगार त्यागेर कृषि उद्यम गरेपछि आफ्नो परिवारका तीन सदीस्य स्वरोजगार बनेको खत्रीको भनाइ छ । “फलफूलसँगै तरकारी खेती पनि गर्दै आएको छु, कृषि र पशुपालनबाट घरखर्च चलाउन सहज भएको छ, केरा र सुन्तलाबाट आम्दानी गर्ने बेला भएको छ, यसबाट वार्षिक रु १० लाखसम्म आम्दानी हुने अनुमान छ”, खत्रीले भने ।
कुहूँमा खत्रीले मात्रै होइन यहाँका अन्य किसानले पनि परम्परागत खेतीबाली छाडेर व्यावसायिक नगदेबाली लगाउन थालेका छन् । खाद्यबालीभन्दा फलफूल खेती सजिलो, रोगकीरा लागेमा प्राविधिक सहयोग लिन सहज भएको र आम्दानीका हिसाबले पनि लाभदायी भएकाले परम्परागत कृषिलाई रुपान्तरण गरेर फलफूल खेतीमा लागेको स्थानीय भद्रबहादुर जिसीले बताए । उनले धान रोप्ने खेतमा एक सय ७० सुन्तलाका बोट लगाएका छन् । सुन्तला खेती गरेको जमिनमा सिमी, भट्टलगायत खेतीसमेत हुने भएकाले फलफूल खेती लाभदायी बनेको जिसीको भनाइ छ ।
कुहूँको मजुवा, अनबाङ, रातमाटा, खानीगाउँलगायत क्षेत्रमा धान र कोदो रोप्ने खेतबारीमा सुन्तला रोप्ने लहर नै चलेको छ । यहाँ सबैभन्दा धेरै सुन्तला नगेन्द्रबहादुर जिसीले एक हजारभन्दा बढी बोट रोपण गरेका छन् । धान र कोदो खेती गर्न लागत बढी लाग्ने र आम्दानी नहुने भएकाले व्यावसायिक रुपमा सुन्तला खेती थालेको उनले जानकारी दिए । यस क्षेत्रमा लालबहादुर केसी, वीरबहादुर खत्री, देवेन्द्र केसी, विष्णु जिसी, मोहन हमाल, यामबहादुर पुन, गङ्गाबहादुर खत्री, धर्मदक्त रेग्मी, रेशम शर्मा, दीर्घबहादुर खत्री, उदबहादुर खत्री लगायतले खेतसँगै पाखोबारीमा व्यावसायिक सुन्तला खेती गरेका छन् ।
सात वर्षदेखि कुहूँमा व्यावसायिक सुन्तला खेतीको लहर चलेको छ । सुरुआतमा सुन्तला लगाएका कृषकको बगैँचाबाट धमाधम बिक्री हुन थालेपछि अन्य कृषक पनि यसतर्फ आकर्षित भएका छन् । परम्परागत खेती छाडेर व्यावसायिक फलफूल खेतीमा लागेका कृषकलाई अनुदानमा बोटबिरुवा र उपकरणमा सहयोग गरिएको वडाअध्यक्ष एकजित रोकाले बताए । सिँचाइ सुविधाले खेती गर्न कृषकलाई सहज भएको छ । नगदे बालीबाट कृषकको जीवनस्तरमा सुधार आउन थालेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १३:१२
झापा। पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय ...
फाल्गुन ३० गते, २०८२ - १३:०६
काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच लेबननस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई हमला भएको छ। शुक्रबार दक्षिण–पूर्वी लेबननको अलज...
फाल्गुन ३० गते, २०८२ - १२:५२
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ चैत १ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको छ। उक्त ...
फाल्गुन ३० गते, २०८२ - १२:३६
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वा...
फाल्गुन ३० गते, २०८२ - १२:१०
हिले। सुख्खा पहिरोका कारण भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध भएको छ। भेडेटार थुम्की खण्डमा पर्ने लभडाँडामा शुक्रबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झ...
फाल्गुन ३० गते, २०८२ - १२:०१
गुल्मी। गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता लिने बढी भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अ...
फाल्गुन ३० गते, २०८२ - ११:४०
घोराही। धार्मिक तथा ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ देविपाटन महायात्रा–२०८२ चैत १ गतेदेखि १५ गतेसम्म हुने भएको छ। चैत एकादशीको अवसरमा दाङ, घ...
फाल्गुन ३० गते, २०८२ - ११:३२
लमजुङ। जिल्ला प्रशासन कार्यालय लमजुङले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको अनावश्यक भण्डारण नगर्न सर्वसाधारण तथा व्यवसायीलाई आग्रह गरेको छ । जिल्ल...
फाल्गुन ३० गते, २०८२ - ११:२१
काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा जुट्नुपर्ने बताउँदै कार्यकर्ता र नेताहरूलाई एकताबद्ध भएर संगठन सुदृढ बन...
फाल्गुन ३० गते, २०८२ - १०:३८
काठमाडौँ। हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन शनिबार नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दै छ । दिउँसो १ ...


प्रतिकृया लेख्नुहोस्: