Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

खबरडबली संवाददाता

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा जुट्नुपर्ने बताउँदै कार्यकर्ता र नेताहरूलाई एकताबद्ध भएर संगठन सुदृढ बनाउन आह्वान गरेको छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले हालको राजनीतिक परिस्थितिलाई आत्मसमीक्षा र पुनर्निर्माणको अवसरका रूपमा लिनुपर्ने बताएको हो । उनले एउटा चुनावी हारले नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टीलाई कमजोर बनाउन नसक्ने स्पष्ट पारे ।

“एउटा चट्टानमाथिको रूखजस्तै नेपाली कांग्रेस यो आँधीमा पनि कम्तीमा उभिएको छ। एउटा हारले नेपाली कांग्रेस कहिल्यै हार्ने छैन,” चालिसेले लेखेको छन् । उनका अनुसार अहिलेको चुनौतीपूर्ण अवस्थाले पार्टीलाई थप परिपक्व र संगठित बन्ने अवसर दिएको छ ।

चालिसेले पार्टीलाई अझ मजबुत बनाउन कार्यकर्ताको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै रूखलाई मलिलो जमिनमा सारेर हुर्काउने कामजस्तै संगठनलाई बलियो बनाउने जिम्मेवारी सबैको भएको बताए । उनले पार्टीभित्र आत्मसमीक्षा, संगठन विस्तार र कार्यकर्ता सुदृढीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

उनले आगामी दिनमा फेरि निर्वाचन आउने र त्यसका लागि अहिलेबाटै तयारी सुरु गर्नुपर्ने धारणा राखेको छन् । “फेरि चुनाव आउनेछ, हामी झन् बलियो भएर जित्नेछौं,” उनले भनेका छन्। चालिसेले अहिलेको अवस्थामा विरोधीहरूले अवसर खोजेर आक्रमण गर्ने स्वाभाविक भएको उल्लेख गर्दै कांग्रेसले त्यसतर्फ ध्यान नदिई संगठन सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताए। “बाटो हेरेर आक्रमण गर्ने काम त विरोधीहरूको हो,” उनले भने ।

उनले कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको ऐतिहासिक शक्ति भएको उल्लेख गर्दै आगामी दिनमा पनि देशको नेतृत्व गर्ने विश्वास व्यक्त गरे। “कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ,” उनले सामाजिक सञ्जालमा लेखेको छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगरपालिका र गाउँपालिका गाभ्ने प्रक्रिया अघि बढ्यो, सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...

दाजुभाइको मृत्यु घटना प्रकरण: ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...

एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।  काउन्सिलका रजिष्ट्रार डा.शति...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढयो

शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending