काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै संसद् अवरुद्ध गर्नु केपी ओली जीको सत्ताबाट झर्नुपरेको छटपटी भएको टिप्पणी गरेका छन् ।शनिवार काठमाडौँमा केही सञ्चारमाध्यमहरूसँग कुरा गर्दै महासचिव भुसालले यस्तो टिप्पणी गरेका हुन् ।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे आफ्नो दलमा छलफल पनि नभएको र प्रधानमन्त्रीले औपचारिक र विचार गरेर बोल्नुपर्ने आफ्नो धारणा रहेको बताए । उनले भने– ‘हामीले प्रधानमन्त्रीको अभिव्यक्ति बारेमा धेरै छलफल गरेर निष्कर्षमा पुग्ने काम त गरेका छैनौँ । तर यो सबै हेर्दा मलाई के लाग्छ भने प्रधानमन्त्रीको भाषा अलि अनौपचारिक छ । म प्रधानमन्त्रीको भाषा एकदमै औपचारिक, एकदमै राजनीतिक एकदमै सोची बिचारेर हरेक शब्द त्यसरी बोल्नुपर्छ भन्ने अपेक्षा राख्छु । उहाँले यस्तो अनौपचारिक बचनबाट पछाडि राख्नुपर्छ ।’
उनले नेकपा एकीकृत समाजवादी पार्टीमा यसबारे कुनै छलफल नभएको र पार्टीको कुनै धारणा नरहेको बताए । उनले भने– ‘जहाँसम्म संसद् अवरोधको कुरा छ त्यो एकदमै बच्पना कुरा हो । किनभने उहाँहरूले जुन खालको आरोप लगाउन खोज्नुभएको छ, प्रधानमन्त्रीले बोलेको कुराले त्यो आरोप पुष्टि हुँदैन । यो बढी आग्रहयुक्त छ । खासगरी ओलीजी सत्ताबाट झर्नुपरेको छटपटीलाई यसमा सकेसम्म शक्तिका साथ प्रयोग गर्न खोजिरहनुभएको छ जुन अनुचित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १३:१२
झापा। पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय युवराज पाठकलाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय ...
फाल्गुन ३० गते, २०८२ - १३:०६
काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच लेबननस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई हमला भएको छ। शुक्रबार दक्षिण–पूर्वी लेबननको अलज...
फाल्गुन ३० गते, २०८२ - १२:५२
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ चैत १ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भएको छ। उक्त ...
फाल्गुन ३० गते, २०८२ - १२:३६
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वा...
फाल्गुन ३० गते, २०८२ - १२:१०
हिले। सुख्खा पहिरोका कारण भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध भएको छ। भेडेटार थुम्की खण्डमा पर्ने लभडाँडामा शुक्रबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झ...
फाल्गुन ३० गते, २०८२ - १२:०१
गुल्मी। गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता लिने बढी भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अ...
फाल्गुन ३० गते, २०८२ - ११:४०
घोराही। धार्मिक तथा ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ देविपाटन महायात्रा–२०८२ चैत १ गतेदेखि १५ गतेसम्म हुने भएको छ। चैत एकादशीको अवसरमा दाङ, घ...
फाल्गुन ३० गते, २०८२ - ११:३२
लमजुङ। जिल्ला प्रशासन कार्यालय लमजुङले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको अनावश्यक भण्डारण नगर्न सर्वसाधारण तथा व्यवसायीलाई आग्रह गरेको छ । जिल्ल...
फाल्गुन ३० गते, २०८२ - ११:२१
काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा जुट्नुपर्ने बताउँदै कार्यकर्ता र नेताहरूलाई एकताबद्ध भएर संगठन सुदृढ बन...
फाल्गुन ३० गते, २०८२ - १०:३८
काठमाडौँ। हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन शनिबार नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दै छ । दिउँसो १ ...


प्रतिकृया लेख्नुहोस्: