Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

ग्रामिण सडकका शाखाले लोकमार्गमा क्षति

खबरडबली संवाददाता

काठमाडौ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङमा पर्ने अधिकांश खण्ड कालोपत्र भइसकेको छ। पूर्व मालढुङ्गादेखि पश्चिम पातीहाल्नेसम्म करिब एक सय ४२ किलोमिटरमध्ये हालसम्म १४ किलोमिटर बाहेक सबै सडक कालोपत्र भएको छ। 

कालोपत्र भएको सडक विभिन्न स्थानमा क्षतविक्षत् बनेको छ। बिना इञ्जीनीयर निर्माण भएका ग्रामीण सडकले लोकमार्गमा ठूलो क्षति पुर्‍याएको छ। सकडमा क्षति पुर्‍याउनुका साथै सामान्य वर्षा हुने बित्तिकै अवरुद्धसमेत हुने गरेका छन । सामान्य वर्षाले नै सडक अवरुद्ध हुँदा यात्रु मर्कामा पर्ने गरेका छन्। 

बागलुङ सदरमुकामदेखि काठेखोला, बडिगाड, ढोरपाटन हुँदै निसीखोलासम्म पर्ने मध्यपहाडी लोकमार्गका ठाउँ–ठाउँबाट शाखा सडक निर्माण भएका छन्। शाखा सडक निर्माण गर्दा डोजरले नै केही भागमा कालोपत्र उप्काएको छ भने केही भागमा भत्काएर अप्ठ्यारो बनाएको छ। 

पालिकाले नै कालोपत्र सडकलाई भत्काएर अप्यारो बनाउने गरेको यात्रुको आरोप छ । बडिगाडका निर्मल सुवेदीले कालोपत्र भएको लोकमार्ग दुई/तीन वर्ष नहुँदै क्षतविक्षत हुनु स्थानीय पालिकाको कमजोरी रहेको बताए। 

‘यति राम्रो कालोपत्र लोकमार्गबाट पालिकाले शाखा सडक निर्माण गर्छन्, निर्माण गर्ने बेला थोरै सजकता अपनाएको भए सडकको अवस्था यस्तो हुने थिएन’, उनले भने, ‘सरोकारवाला निकायकै लापरबाहीले लोकमार्गको हालत यस्तो भएको छ, ठूला गाडी त जसोतसो गुड्छन्, साना मोटरसाइकल र ट्याक्सीलाई निकै समस्या हुने गरेको छ, दुर्घटनाको जोखिम पनि बढाएको छ।’

लोकमार्गको सबैभन्दा बढी गलकोट र बडिगाड खण्डको धेरै स्थानमा सडक बिग्रिएको छ। कालोपत्र सडकको बीच भागमै ठूलाठूला खाडल बनेका छन्। खाडलमा गाडीका टायर फस्दा पार्टपुर्जा बिग्रिने, पट्टा भाँचिने गरेको गाडी चालक शेरबहादुर विकले बताए। बर्खाको समय सडकमाथिबाट आउने लेदोसहितको बाढीले बढी समस्या गराउने गरेको उनको भनाइ छ।

विकले भने, ‘गाउँ–गाउँमा मोटरबाटो पुगेका छन्, नाली निर्माण गरेका छैनन्, पानी पर्‍यो भने गाउँको सडकको माथि सबै बगाएर कालोपत्र भएको सडकमा ल्याउँछ, जहाँ–जहाँ स–साना खोल्सा छन् त्यहाँ बढी क्षति पुगेको छ, बर्खामा त गाडी कालोपत्र बाटोमा पनि गाडी चलाउनै मुस्किल हुन्छ, सडकको ठाउँ ठाउँमा ठूला–ठूला ताल बनेका छन्, गाडी भासिन्छ, बिग्रिन्छ, धेरै खर्च निस्किन्छ।’

अक्षतेदेखि बिहुँसम्मको खण्ड कालोपत्र गर्न बाँकी रहे पनि बिहुँ हुँदै गलकोट–बडिगाड–बुर्तिबाङसम्मको खण्ड २०७२ सालमा कालोपत्र सम्पन्न गरिएको थियो। कालोपत्र गरिएका ती खण्डका अधिकांश भाग भलले उप्काइदिएको छ। त्यसबाट करोडौँको क्षति पुगेको छ। हटिया–बुर्तिबाङ र बुर्तिबाङ/पातिहाल्नेसम्मको सबै खण्ड कालोपत्र भइसकेको छ। 

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा पर्ने एक सय ४२ किलोमिटरमध्ये करिब एक सय ३० किलोमिटर सडक कालोपत्र भइसकेको छ। अधिकांश सडक खण्डमा नाली पुरिएकाले भल सडकको बीच भागबाट बग्ने गर्दछ। जीर्ण बनेको घोडाबाँधे–हटिया सडक खण्ड मर्मतका लागि ४० करोड रूपैयाँ विनियोजन भई त्यसबाट धमाधम काम भइरहेको छ। बागलुङका छ स्थानीय तहमा प्रत्यक्ष जोडिएको मध्यपहाडी लोकमार्ग जिल्लाको विकासको मेरुदण्ड मानिए पनि दुरावस्था हुँदा यात्रु सास्ती भोग्न बाध्य भएका छन्। 

कालोपत्र हुन बाँकी रहेका सडकको कालोपत्र गर्न, क्षतविक्षत बनेको सडकको तत्काल मर्मत सम्भार गरि जोखिम न्यूनीकरण गर्न स्थानीयको माग छ। लोकमार्गको बिहुँ खण्ड लामो समय निर्माण कम्पनीले कालोपत्र गर्न नसक्दा कारबाही गरिएको छ। लोकमार्ग आयोजना कार्यालयले ठेक्का सम्झौता पनि छाडेको। ट्र्याक खुलेको २६ वर्ष बितिसक्दा पनि यो खण्ड कालोपत्र नहुँदा स्थानीय हिलो र धुलोका कारण बसाइँसराइ गर्न बाध्य भएको स्थानीय नगेन्द्र कँडेलको भनाइ छ।

सडक कालोपत्रका लागि बारम्बार निर्माण कम्पनी र सरोकारवाला निकायलाई आग्रह गर्दा गर्दै केही समय अगाडि ठेक्का नै तोडिएपछि कालोपत्र गर्ने कार्य अनिश्चित बनेको उनको भनाइ छ। कँडेलले सडक छेउछाउँका धेरै बस्ती विस्थापित हुनुपरेको गुनासो पोखे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...

रास्वपाको बन्द सत्र स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...

पासपोर्ट ठेक्का प्रकरणमा सिद्धार्थ थापा र मनिन्द्र मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...

रास्वपाको बन्दसत्र आज नहुने सम्भावना, भोली बिहान गर्नेबारे छलफल

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...

राहदानी छपाइ प्रकरण: आरजु राणासहित १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...

रास्वपा महाधिवेशनमा खानाको मेन्यू, काउलीदेखि खसीको मासुसम्म

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्र...

यसवर्षको मनसुन कोशीदेखि विस्तार हुँदै

काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...

नेप्से परिसूचक १.४६ अंकले घट्यो, ४ अर्ब ४४ करोडभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से १.४६ अंकले घट्दै २७००.६५ विन्द...

गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ ।  अत्यधिक गर्...

बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा

लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending