Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

राहदानी छपाइ प्रकरण: आरजु राणासहित १८ जनाविरुद्ध मुद्दा दायर

खबरडबली संवाददाता

काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा सहित १८ जनालाई प्रतिवादी बनाएको हो।

आयोगका अनुसार करिब ८ अर्ब रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको निष्कर्षसहित अभियोगपत्र दायर गरिएको छ। केही प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको छ भने केही न्यायिक हिरासतमा रहेका छन्।

राहदानी विभागले २०८१ मङ्सिरमा ६४ लाख थान विद्युतीय राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनका लागि ग्लोबल टेन्डर आह्वान गरेको थियो। त्यसपछि २०८१ फागुन ९ गते तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाले मूल्याङ्कन समिति गठन गरेकी थिइन्।

त्यसपछि बनेका मूल्याङ्कन समिति र प्राविधिक उपसमितिले ठेक्का प्रक्रिया अघि बढाएको र निर्णयहरू निश्चित कम्पनीको पक्षमा प्रभावित भएको आरोप अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

जर्मन कम्पनीहरू भेरिडोस र मूलबाउर समूह ले मुख्य ठेक्का पाएका थिए। विवरणअनुसार भेरिडोसले करिब ६ अर्ब ५५ करोड रुपैयाँको ठेक्का र
मूलबाउर समूहले करिब १ अर्ब ५५ करोड रुपैयाँको ठेक्का पाएका थिए ।

साथै प्रारम्भिक प्रक्रियामा सहभागी भएको आइडिमिया पछि प्रतिस्पर्धाबाट बाहिरिएको बताइएको छ।

अख्तियारको अनुसन्धानमा खरिद नियमावली उल्लङ्घन भएको, मूल्याङ्कन प्रक्रिया पारदर्शी नभएको र निर्णय प्रक्रियामा प्रभाव परेको दाबी गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत प्रारम्भिक चरणमै अनियमितताबारे अनुसन्धान गर्न दबाब दिएको उल्लेख छ।

ठेक्का सम्झौता भए पनि हालसम्म राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनको काम सुरु नभएको आयोगको दाबी छ।

यस मुद्दामा राहदानी विभागका तत्कालीन महानिर्देशक, सूचना प्रविधि निर्देशक, लेखा अधिकृत तथा विभिन्न विदेशी कम्पनीका नेपाली प्रतिनिधिसहित १८ जनालाई प्रतिवादी बनाइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफूलाई थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै सर्वोच्च पुगे दीपक भट्ट

काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...

निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा

काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...

बजेट कार्यान्वयनका कानुनी जटिलता तत्काल फुकाउन अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...

१०४ ग्राम खैरो हेरोइनसहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीब...

गुल्मीमा एक अर्बभन्दा बढी बजेट खर्च भएन

गुल्मी। गुल्मीमा गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्बभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । गत वर्ष यस जिल्लामा संघ, प्रदेश तहको स्थानीय तहको ११ अर्ब...

शैक्षिक परामर्श व्यवसायमा २५ लाख धरौटीको व्यवस्था फिर्ता हुँदैन: शिक्षामन्त्री पोखरेल

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि तोकिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्था सरकारले फिर्ता नलिने...

हामी सत्ता र सरकारमै केन्द्रित हुँदा रणनीति कमजोर भयो: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन सत्ता र सरकार सञ्चालनको सीमित दायरामा केन्द्रित हुँद...

आइतबारको बिदा कायम रहने, शिक्षकले कम्तीमा तीन वर्ष एउटै विद्यालयमा पढाउनुपर्ने

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदाले निरन्तरता पाउने...

दोगलापनको दोकान

दृश्य नम्बर १ उनी मेरा पुराना चिनारु हुन्, नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय। केही वर्षअघि उनले दसैंमा टीका लगाएको मेरो एउटा तस्बिरमा...

काठमाडौंमा अपराधमा संलग्न १ हजार ८७१ जनाको प्रहरी प्रोफाइल तयार

काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १ हजार ८७१ जनाको प्रहरीले प्रोफाइल तयार पारेको छ। जिल्ला प्रहरी परिस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending