काठमाडौं । बर्दियामा लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मधुवन नगरपालिका-९ गाउँ नम्बर १२ मा सोमबार शंकास्पद रुपमा हिँडिरहेका ती युवाको प्रहरीले खानतलासी गर्दा ४० मिलीग्राम लागूऔषध फेला परेको हो ।
पक्राउ पर्नेमा मधुवन-९ १२ नम्बर गाउँका २२ वर्षीय समीर गुरुङ र सोही पालिका-८ गाउँ नम्बर ६ का २९ वर्षीय जीवन खत्री रहेका छन् । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डिएसपी हिक्मतबहादुर बोहोराले लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिकृया लेख्नुहोस्: