Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

सांसद सापकोटाले गरे राष्ट्रसंघीय राजनीतिक फोरममा सम्बोधन

खबरडबली संवाददाता

न्यूयोर्क । माओवादी केन्द्रका सांसद माधव सापकोटाले अमेरिकामा न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक फोरम (एचएलपीएफ) लाई सम्बोधन गरेका छन् । फोरममा संलग्न अल्पविकसित देश (एलडीसी) सदस्य राष्ट्रको प्रतिनिधित्व गर्दै सापकोटाले फोरमलाई सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा उनले राष्ट्रसंघले अघि सारेको दिगो विकास लक्ष्य कार्यान्वयनका लागि सक्दो प्रयास गरिरहेको बताए । तर, त्यसका लागि आन्तरिक श्रोत मात्र पर्याप्त नभएकाले श्रोत उपलब्ध गराउन विकसित मुलुकहरूलाई अपिल गरे । दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक कानून निर्माणका साथै सामाजिक र आर्थिक विकासका खाका तयार पारिए पनि ती कार्यक्रम कार्यान्वयनका लागि आन्तरिक स्रोत साधन र क्षमताको सीमा रहेको उनले उल्लेख गरे ।

सापकोटाले नेपालको संविधानमा खाद्यान्न, आवास, स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता विषय नागरिकको मौलिक हकका रूपमा लिपिबद्ध गरेको जानकारी उनले विश्व समुदायलाई गराए । मौलिक हक कार्यान्वयनका लागि संसद्ले १६ वटा कानूनसमेत निर्माण गरिसकेको जानकारी उनले दिए । सापकोटाले नेपालको सरकार संसद्प्रति जबाफदेही रहेको समेत बताए ।

सापकोटाले नेपालको विकास प्रयासमा सघाउन विकास साझेदारहरूमार्फत अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरे । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गत साता न्यूयोर्क प्रस्थान गरेको थियो ।

टोलीमा कांग्रेसका तर्फबाट राष्ट्रियसभाको राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समिति सभापति अध्यक्ष प्रकाश पन्थ, एमाले सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका सांसद सापकोटा, राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीलगायत छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाङ बस दुर्घटना : २२ घाइते डिस्चार्ज, चालक नियन्त्रणमा

दाङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुल नजिक भएको बस दुर्घटनामा घाइते भएका २२ जना उपचारपछि डिस्चार्ज भएका छन्। डडेल्धुराबाट काठ...

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending