सिरहा । सिरहाको औरही गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत एक सहकारीले भाडामा ल्याएका भैँसी किसानलाई बाँडेको खुलेको छ ।
आर्थिक वर्ष २०७९/८० को अन्त्यमा वडा नम्बर ४ स्थित खजनपुर सहकारी संस्थाले १७ वटा भाडाको भैंसी वितरण गरेर अनियमितता गरेको खुलेको हो ।
सहकारीका सञ्चालक रामझारी यादवले किसानको सेटिङ्गमै गत असार २३ र २४ गते किसानलाई भैंसी हस्तान्तरण गरेका थिए । वितरण गरेको भैँसी पुनः फिर्ता लगे पछि भैसी भाडामा ल्याइएको खुलेकाे हाे । भैँसी वितरण कार्यक्रममा पालिका प्रमुख शिवजी यादव, प्रमुख प्रशासकीय अधिकृत रमेश नारायण शर्मासहित सहभागी भएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत शर्माले आफू भैँसी वितरणमा सहभागी भएको स्वीकारे । उनले पछि भाडाको भैँसी वितरण भएको कुरापछि समिति गठन गरेर छानबिन भइरहेको पनि बताए ।
१७ फागुनमा गाउँपालिकाले सो परियोजना अन्तर्गत गाईरभैंसी साना व्यावसायिक कृषि उत्पादन केन्द्र ९पकेट० विकास कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको थियो । २५ लाख रुपैयाँ बजेट रहेको यो कार्यक्रमका लागि पालिकाले खजनपुर सहकारी संस्था छनोट गरेको थियो ।
जसमा १५ लाख भैंसी वितरणका लागि र अन्य रकम औषधि, च्याप कटर, दूध राख्ने भाँडो, घाँसको बीउ वितरणका लागि छुट्याइएको थियो ।
उन्नत जातको १ लाख ५० लाख पर्ने भैंसी वितरण गर्दा किसानले स्वयम् ५० प्रतिशत तिर्नु पर्ने थियो । तर गाउँघरकै लोकल भैँसी व्यावसायी तथा किसानसँग भाडामा ल्याएर वितरण गरी पुनः फिर्ता लगिएको घटना बाहिरिएपछि गाउँपालिकाले भुक्तानी रोकेको थियो ।
युवाहरुको दबाबमा गाउँपालिकाले असार ३० गतेको कार्यपालिका बैठकबाट यो घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको थियो ।
दुईजना कार्यपालिका सदस्य, पशु शाखा संयोजक रामस्वरुप यादव र स्थानीय युवा दीपेन्द्र यादव र प्रदीप यादवसहितको छानबिन प्रतिवेदन तयार गरी पालिका अध्यक्षलाई बुझाएको थियो ।
प्रतिवेदनमा सहकारीले भाडाको भैँसी बाँडेको उल्लेख छ । घटना नबाहिरियोस् भनेर भैँसी व्यापारी तथा किसानलाई तीनदेखि पाँचहजार रुपैयाँ दिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार असार २२ गते पालिकाले उक्त सहकारीलाई कार्यादेश दिएको थियो ।
भैँसी वितरण गरेको कागजात प्रक्रिया पुर्याएर भुक्तानीका लागि सहकारीले पालिकामा पेश समेत गरेको छ । दुई लाख ३० हजार रुपैयाँको चेक समेत पालिकाले सहकारीलाई दिन काटेको प्रतिवेदनमा खुलाएको छ ।
यस्तै २५ लाख रुपैयाँ मध्ये १० लाखबाट खरिद गरेर किसानलाई वितरण गर्नुपर्ने औषधि, च्यापकटर, दूध राख्ने भाँडो, घाँसको बीउ वितरणका गर्नु पर्नेमा केही औषधि र घाँसको बिउ बाहेकक केही वितरण नगरेको प्रतिवेदनमा उल्लेख छ ।
समितिले प्रतिवेदनमा सहकारी दोषी देखिएकाले कानुन बमोजिमा कारबाही गर्न माग गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: