काठमाडौँ । चन्द्रदेव जोशी र घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त)ले सातै प्रदेशका लागि प्रदेश सम्मेलन आयोजक कमिटीका संयोजक तथा सहजकर्ता तोकेको छ। साथै पार्टीले दस्तावेज लेखन कमिटी पनि गठन गरेको छ।
पार्टीले जारी गरेको आधिकारिक निर्णय (अपानि) अनुसार कोशी प्रदेश सम्मेलन आयोजक कमिटीको संयोजकमा महेश रेग्मी र सहसंयोजकमा डम्बर बुढाथोकी तोकिएका छन्। मधेश प्रदेशमा तेजकृष्ण काफ्ले संयोजक र हरि काफ्ले सहजकर्ताको जिम्मेवारी दिइएको छ।
बागमती प्रदेश संयोजकमा जीवनराम श्रेष्ठ र सहसंयोजकमा उपेन्द्र छटुन्जेल नियुक्त भएका छन्। गण्डकी प्रदेश संयोजकको जिम्मेवारी ओम उपाध्यायलाई दिइएको छ।
लुम्बिनी प्रदेश संयोजकमा हरिप्रसाद पराजुली र सहसंयोजकमा कृष्णबहादुर गुरुङ तोकिएका छन्। कर्णाली प्रदेश संयोजकको जिम्मेवारी शेरबहादुर केसीलाई दिइएको छ। सुदूरपश्चिम प्रदेश संयोजकमा उर्वादत्त पन्त र सहसंयोजकमा बीडी जोशी तोकिएका छन्।
अपानि अनुसार प्रदेश सम्मेलन आयोजक कमिटीमा हाल कायम सम्बन्धित प्रदेशमा घरठेगाना भएका केन्द्रीय सदस्य, दुवै पूर्व पार्टीका प्रदेश सदस्य तथा आवश्यक अन्य नेताहरूलाई समेटेर आयोजक कमिटी गठन गरिनेछ।
यस्तै, पार्टीको दस्तावेज लेखन कमिटीको संयोजकमा कार्यबाहक अध्यक्ष घनश्याम भुसाल तोकिएका छन्। सात सदस्यीय उक्त कमिटीमा केदार शर्मा, डा. विजयकुमार पौडेल, मधुबहादुर बस्नेत, धर्मराज निरौला, हरि काफ्ले र डम्बर बुढाथोकी सदस्य रहेका छन्।
हाललाई नयाँ तथा एकीकृत जिल्ला आयोजक कमिटी गठन गर्दा विद्यमान जिल्ला कमिटीबाटै संयोजक तथा सहसंयोजक तोक्नु उपयुक्त हुने उल्लेख अपानिमा गरिएको छ। साथै राष्ट्रिय सम्मेलन आयोजक कमिटीका सदस्यलाई संयोजक वा सहसंयोजक तोक्नु व्यवहारिक हुने निष्कर्ष पार्टीले निकालेको छ।



यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: