Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

उज्यालो अभियान अन्तर्गत एक बर्षमा १९ सय जनाको आँखाको निःशुल्क शल्यक्रिया

खबरडबली संवाददाता

तुलसीपुर  ।  उज्यालो अभियान कार्यक्रम अन्तर्गत करिव १९ सय  जनाले  नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारहरु संग आर्थिक बर्ष २०७९÷८० मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत १ हजार ८ सय ९९  जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरि उज्यालो पर्दान गरिएको हो ।

नागरिकहरुले मोतियाविन्दुका कारण दृष्टिबिहिन जीवन यापन गर्नु नपरोस र नेपाल सरकारको आँखा स्वास्थ्य रणनितिलाई समेत सहयोग पुर्याउने उद्देश्यले स्थानियतहरुसंग निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता गरि गत आर्थिक बर्षमा उज्यालो अभियान सञ्चालन गरिएको प्रमुख प्रशासक सम्शेर थापाले बताए । उक्त कार्यक्रम अन्र्तगत एक बर्षमा १ हजार ८ सय ९९ जनालाई उज्यालो प्रदान गरिएको समेत बताए । पैसा र पहुँचको अभावका कारण कोहि कसैले पनि अनहाकमै आँखाको ज्योति गुमाउन नपरोस भन्ने मुख्य उद्धेश्यका साथ उज्यालो कार्यक्रम संचालन गरिएको उनको भनाई छ ।

उज्यालो अभियान अन्तर्गत राप्ती आँखा अस्पतालले दाङको तुलसीपुर उपमहानगरपालिकामा २ सय ५९ जना, घोराही उपमहानगरपालिकामा १ सय ८७ जना, शान्तिनगर गाउँपालिकामा ८९ जना , बबई गाउँपालिकामा ४९ जना र दंगिशरणमा १०० जनाको मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गरि उज्यालो पर्दान गरिएको बाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले जानकारी दिए ।

त्यस्तै सवै भन्दा बढी देउखुरीमा रहेको लमही आँखा अस्पतालले लमही नगरपालिका भित्रका ४ सय ७ जना, गढवा गाउँपालिकामा ३ सय १० जना रापजपुर गाउँपालिका वडा नं ३ ले ५ जना र लमही नगरपालिका वडा नं. ६ ले ९ जनाको गरि ७ सय ३२ जना यस आर्थिक बर्षमा मोतियाविन्दुको शल्यक्रिया गरि उज्यालो पर्दान गरेको नेत्र सहायक विमल घिमीरेले जानकारी दिए । त्यस्तै लमही आँखा अस्पतालले प्युठानको सरुमाई रानी गाउँपालिकामा समेत साझेदारी मार्फत उज्यालो अभियान पुर्याई ४९ जना मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गरी उज्यालो पर्दान गरेको छ ।

त्यस्तै छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जले कृष्ण नगर नगरपालिकाका वडा नंं. ३ देखि १२ वडा सम्ममा २ सय ५५ जना विरामीहरुको शल्यक्रिया गरि उज्यालो पर्दान गरेको बाह्य कार्यक्रम सहसंयोजक हरी भण्डारीले जानकारी दिए । त्यस्तै कपिलस्तु जिल्लाको बुद्धभुमि नगरपालिकामा १ सय जना र शिवराज नगरपालिकामा ८० जना मोतियान्दिुका विरामीहरुको आँखा शल्यक्रिया गरिएको प्रशासकिय अधिकृत जसराज विश्वकर्माको भनाई छ । यस अभियानले दृष्टि विहिन्ताको न्यूनिकरण हुनुका साथै उज्यालो अभियानले आर्थिक अभाव तथा अन्य कारणले घरमानै दृष्टि विहिन भएर बसेकाहरुलाई सहज भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिए । ‘हामीले हुने संग लिने र नहुने लाई आँखा उपचार सेवा दिनेहो त्यसमा पनि स्थानीय सरकारको पनि आँखा स्वास्थ्य सेवामा साझेदारी गरेर अगाडी बढाैं भन्ने हाम्रो उद्धेश्य हो उनले भने ।’

त्यस्तै सरूमारानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले  पालिकामा रहेको अन्धोपन न्यूनिकरण गर्न आफुहरु लागेको बताए ।  ‘उज्यालो अभियान जनताका लागि अति आवश्यक कार्यक्रमहो पालिकाको अन्धोपन न्यूनिकरणका लागि साझेदारी कार्यक्रम गरि यो बर्ष कम्तीमा पनि आधालाई उज्यालो हामीहरुले पर्दान  गर्ने म प्रतिवद्धता जाहेर गर्छु — अध्यक्ष विश्वकर्माले भने । उनले यस आर्थिक बर्षमा करिव ४९ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरेको भन्दै अव ३२० जनाको शल्यक्रिया गर्नुपर्ने तथ्याङ्गले देखाएको र यस बर्ष आधा आँखा रोगीलाई शल्यक्रिया गरि उज्यालो प्रर्दान गर्ने बताए ।

त्यस्तै दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले पनि आँखा अस्पताल र आफुहरुको साझेदारीमा पहिलो पटक सञ्चालन गरेको अभियान प्रभावकारी भएको बताए । उनले  उज्यालो आँखा कार्यक्रमलाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिइनेछ । सम्झौताभन्दा बढी मोतियाबिन्दुका बिरामीको सल्यक्रिया वापतको रकम आगामी आर्थिक वर्षमा भुक्तानी दिने गरी व्यवस्था मिलाइने नीति कार्यक्रममा समेत उल्लेख  गरेको बताए  । त्यस्तै घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, तथा अन्य गाउँपालिका नगरपालिका र वडाहरुले पनि यस अभियानलाई चालु आर्थिक बर्षमा पनि निरन्तरता दिने बताए ।

नेपाल नेत्रज्योति संघको ‘‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’’ कार्यक्रमलाई सफल बनाउन सवै स्थानीय पालिकामा छलफल समेत भएको प्रमुख प्रशासक सम्शेर थापाले बताए । उनले जनप्रतिनिधिले पालिकाका जनतालाई उज्यालो अभियान सञ्चालन गरि अन्धोपन लागि साझेदारी गर्ने प्रतिवद्धता जनाएको समेत बताए ।

नेपाल नेत्र ज्योति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखामार्फत  गुणस्तरीय आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending