Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जारी गरे पनि ती निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन् । केन्द्रीय समितिको मंसिर १५ गते बसेको बैठकले मंसिर मसान्तसम्म उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएको थियो ।

बैठकको निर्णयअनुसार सोही दिन कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले परिपत्र जारी गर्दै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक महिलासहित बढीमा तीन जनाको नाम मात्र सिफारिस गर्न निर्देशन दिएका थिए । परिपत्रमा उम्मेदवार सिफारिस गर्दा पार्टी विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिमको योग्यता पूरा भएको हुनुपर्ने स्पष्ट उल्लेख गरिएको थियो ।

पहिलो परिपत्रको आशय स्पष्ट नभएको भन्दै केन्द्रीय कार्यालयले मंसिर १८ गते अर्को परिपत्र जारी गर्दै थप व्यवस्था गरेको थियो । उक्त परिपत्रमा राष्ट्रियसभा तथा प्रदेशसभामा बहाल रहेका सांसदहरूको नाम प्रतिनिधिसभा उम्मेदवारका रूपमा सिफारिस नगर्न स्पष्ट निर्देशन दिइएको थियो ।

तर, केन्द्रीय कार्यालयका ती दुई परिपत्रलाई मातहतका समिति र क्षेत्रीय इकाइहरूले उल्लंघन गरेका छन् । निर्देशनअनुसार प्रत्यक्षतर्फ तीन जनाको मात्र नाम सिफारिस गर्नुपर्ने भए पनि कतिपय क्षेत्रमा १५ देखि २० जनासम्मको नाम सिफारिस गरिएको पाइएको छ । बुधबार काठमाडौँ–७ क्षेत्रबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ १९ जनाको नाम सिफारिस गरिएको जानकारी नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री सरोजकुमार थापाले दिएका छन् ।

त्यस्तै, प्रदेशसभा सदस्यलाई सिफारिस नगर्न स्पष्ट निर्देशन हुँदाहुँदै पनि नुवाकोट–२ बाट बागमती प्रदेशसभा सदस्य बहादुरसिंह लामा, रुपन्देही–१ बाट अब्दुल रज्जाक, सर्लाही–४ बाट विरेन्द्रकुमार सिंह तथा पर्साबाट जनार्दनसिंह क्षेत्रीलगायतको नाम सिफारिस गरिएको छ ।

पहिलाका दुई परिपत्रको अवज्ञा भएपछि कांग्रेस केन्द्रीय कार्यालयले मंसिर २५ गते तेस्रो पटक परिपत्र जारी गर्दै गम्भीर ध्यानाकर्षण गराएको थियो । उक्त परिपत्रमा मंसिर १५ र १८ गते जारी गरिएका निर्देशनअनुसार तोकिएको मापदण्ड र तोकिएको संख्याभित्र रहेर नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) बमोजिम उम्मेदवार सिफारिस गर्न पुनः निर्देशन दिइएको थियो ।

तर, तेस्रो परिपत्रपछि पनि मातहतका निकायले निर्देशन पालना नगरेपछि अहिले पठाइएका सिफारिस कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न उब्जिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका एक कर्मचारीका अनुसार मापदण्डविपरीतका सिफारिस बुझेर राखिए पनि ती सिफारिस औपचारिक रूपमा दर्ता हुने अवस्था छैन । “तीन पटकसम्म परिपत्र जारी भइसकेको छ । त्यसविपरीत आएका सिफारिस दर्ता हुँदैनन् । बुझेर राखिन्छ, त्यसपछि अधिकारवाला निकायले आवश्यक निर्णय गर्छ,” ती कर्मचारीले बताएका छन् ।

यसैबीच, पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय समितिको निर्णयअनुसार जारी गरिएका परिपत्र मातहतका सबै निकायले अनिवार्य रूपमा पालना गर्नुपर्ने बताएका छन् । मापदण्डविपरीत आएका सिफारिसमाथि के गर्ने भन्ने विषयमा भने संसदीय बोर्डले अन्तिम निर्णय गर्ने उनको भनाइ छ ।

“केन्द्रले केन्द्रीय समितिको निर्णयअनुसार परिपत्र जारी गरेको हो । त्यसको पालना हुनैपर्छ । पालना नगरी गरिएका सिफारिसहरूबारे के गर्ने भन्ने विषय केन्द्रीय कार्यालयमा आएपछि संसदीय बोर्डले निर्णय गर्छ,” प्रवक्ता डा. महतले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending