Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जारी गरे पनि ती निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन् । केन्द्रीय समितिको मंसिर १५ गते बसेको बैठकले मंसिर मसान्तसम्म उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएको थियो ।

बैठकको निर्णयअनुसार सोही दिन कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले परिपत्र जारी गर्दै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक महिलासहित बढीमा तीन जनाको नाम मात्र सिफारिस गर्न निर्देशन दिएका थिए । परिपत्रमा उम्मेदवार सिफारिस गर्दा पार्टी विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिमको योग्यता पूरा भएको हुनुपर्ने स्पष्ट उल्लेख गरिएको थियो ।

पहिलो परिपत्रको आशय स्पष्ट नभएको भन्दै केन्द्रीय कार्यालयले मंसिर १८ गते अर्को परिपत्र जारी गर्दै थप व्यवस्था गरेको थियो । उक्त परिपत्रमा राष्ट्रियसभा तथा प्रदेशसभामा बहाल रहेका सांसदहरूको नाम प्रतिनिधिसभा उम्मेदवारका रूपमा सिफारिस नगर्न स्पष्ट निर्देशन दिइएको थियो ।

तर, केन्द्रीय कार्यालयका ती दुई परिपत्रलाई मातहतका समिति र क्षेत्रीय इकाइहरूले उल्लंघन गरेका छन् । निर्देशनअनुसार प्रत्यक्षतर्फ तीन जनाको मात्र नाम सिफारिस गर्नुपर्ने भए पनि कतिपय क्षेत्रमा १५ देखि २० जनासम्मको नाम सिफारिस गरिएको पाइएको छ । बुधबार काठमाडौँ–७ क्षेत्रबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ १९ जनाको नाम सिफारिस गरिएको जानकारी नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री सरोजकुमार थापाले दिएका छन् ।

त्यस्तै, प्रदेशसभा सदस्यलाई सिफारिस नगर्न स्पष्ट निर्देशन हुँदाहुँदै पनि नुवाकोट–२ बाट बागमती प्रदेशसभा सदस्य बहादुरसिंह लामा, रुपन्देही–१ बाट अब्दुल रज्जाक, सर्लाही–४ बाट विरेन्द्रकुमार सिंह तथा पर्साबाट जनार्दनसिंह क्षेत्रीलगायतको नाम सिफारिस गरिएको छ ।

पहिलाका दुई परिपत्रको अवज्ञा भएपछि कांग्रेस केन्द्रीय कार्यालयले मंसिर २५ गते तेस्रो पटक परिपत्र जारी गर्दै गम्भीर ध्यानाकर्षण गराएको थियो । उक्त परिपत्रमा मंसिर १५ र १८ गते जारी गरिएका निर्देशनअनुसार तोकिएको मापदण्ड र तोकिएको संख्याभित्र रहेर नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) बमोजिम उम्मेदवार सिफारिस गर्न पुनः निर्देशन दिइएको थियो ।

तर, तेस्रो परिपत्रपछि पनि मातहतका निकायले निर्देशन पालना नगरेपछि अहिले पठाइएका सिफारिस कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न उब्जिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका एक कर्मचारीका अनुसार मापदण्डविपरीतका सिफारिस बुझेर राखिए पनि ती सिफारिस औपचारिक रूपमा दर्ता हुने अवस्था छैन । “तीन पटकसम्म परिपत्र जारी भइसकेको छ । त्यसविपरीत आएका सिफारिस दर्ता हुँदैनन् । बुझेर राखिन्छ, त्यसपछि अधिकारवाला निकायले आवश्यक निर्णय गर्छ,” ती कर्मचारीले बताएका छन् ।

यसैबीच, पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय समितिको निर्णयअनुसार जारी गरिएका परिपत्र मातहतका सबै निकायले अनिवार्य रूपमा पालना गर्नुपर्ने बताएका छन् । मापदण्डविपरीत आएका सिफारिसमाथि के गर्ने भन्ने विषयमा भने संसदीय बोर्डले अन्तिम निर्णय गर्ने उनको भनाइ छ ।

“केन्द्रले केन्द्रीय समितिको निर्णयअनुसार परिपत्र जारी गरेको हो । त्यसको पालना हुनैपर्छ । पालना नगरी गरिएका सिफारिसहरूबारे के गर्ने भन्ने विषय केन्द्रीय कार्यालयमा आएपछि संसदीय बोर्डले निर्णय गर्छ,” प्रवक्ता डा. महतले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: