काठमाडौं । दाेलखाकाे मेलुङ गाउँपालिका वडा नं ३ का वडाअध्क्ष बसन्त लामाले एक क्वीन्टल सुनका मालिक भनिएका भुजेलकाे परिवारमा खानैकाे लागि मजदुरी गर्नु पर्ने बताएका छन् । खान कै लागि मजदुरी गर्न पर्ने दीलीप भुजेल पनि परिवारकाे भविष्य खाेज्दै काठमाडाैं छिरेकाे उनकाे भनाइ छ ।
परिवारका एक क्वीन्टल चामल किन्नका लागि हरेक समय मजदुरी गर्नुपर्ने भुजेल एक क्वीन्टल सुनकाे मालिक भएकाे समाचार सुन्दा आफुहरु चकित भएकाे खबरडबलीसँग लामाले बताए । सुन मालिक भनिएका युवक बाइक पनि किन्न नसक्ने हैसियतका भएकाे र आर्थिक अवस्था दयनीय रहेको वडाअध्यक्ष लामाकाे भनाइ छ । लामाले सुन तस्करले आफ्ना गाउँलेलाई फँसाएको र उनीहरु भरियामात्र भएको हुनसक्ने आशंका ब्यक्त गरे ।
उनको परिवार मेलुङ-१ मा बस्ने र आफ्नाे वडाबासी नभए पनि उनीहरुकाे घर नजिकै भएकाेले भुजेलहरुलाई आफुले राम्राेसँग चिन्ने पनि बताए । लामाले उनीहरुलाई राम्रोसँग चिन्ने र काम नगरी खान नपुग्ने आर्थिक अवस्थाका उनीहरुले कसरी सुन तस्करी गर्छन् भन्ने प्रश्न उब्जिएकाे बताए । मोटरसाइकल पनि खरिद गर्न नसक्ने अवस्थाका मान्छेले यत्रो सुन ल्यायो भन्दा कसरी पत्याउनु लामाले भने ।
राजस्व अनुसन्धान विभागले दिलिपसहित मेलुङ-३ का ५३ वर्षीय रामकुमार भुजेललाई पनि पक्राउ गरेको छ । लामाका अनुसार दिलिप, रामकुमारका साला हुन् । रामकुमार काठमाडौंमा ट्याक्सी चलाउँदै आएका थिए । रामकुमारमार्फत सम्पर्कमा आएका एक व्यक्तिले दीलीपको नाममा कम्पनी दर्ता गरेको भन्ने सुन्नमा आएको र ३ महिना अघि मात्र कम्पनी दर्ता भएको भन्ने बुझीएकाे छ । आज बिहानै भुलेलकाे परिवार आफ्नाे सम्पर्कमा आएका पनि आफुले गर्न सक्ने केही नरहेकाे उनले बताए ।
दीलीपकै नाममा दर्ता रहेको रेडी ट्रेड्स प्रालिले सुन जडित ब्रेक सु ल्याएको पाइएको छ । राजस्व अनुसन्धान विभागले सुनका वास्तविक मालिक को हो भन्नेबारे केहीपनि सार्वजनिक गरेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: