Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने तयारी छः मन्त्री शर्मा

खबरडबली संवाददाता

जनकपुर  । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने गरी तयारी भइरहेको बताएकी छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेश प्रदेशले जनकपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजमार्ग क्षेत्रमा आवागमन गर्ने यात्रुहरुका लागि सूचना सञ्चारको आवश्यकता धेरै नै हुने भएकाले सबै राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउनुपर्ने बताएकी हुन् । 

राजमार्ग क्षेत्रमा दुर्घटना, गम्भीर विरामीको आवागमन, जंगली जनावरको आक्रमणलगायतका आकस्मिक घटना हुने भएकाले पनि राजमार्ग क्षेत्रलाई पूर्ण दूरसञ्चारयुक्त बनाउनुपर्ने आवश्यक रहेको मन्त्री शर्माले स्पष्ट पारीन् ।

राजमार्ग क्षेत्रमा दैनिक लाखौं यात्रुको आवागमन हुने भएकाले उनीहरुले फोन र इन्टरनेट प्रयोग गर्दा दूरसञ्चारको कारोबार पनि बढी हुने भएकाले ब्यापारिक दृष्टिकोणबाट पनि दूरसञ्चार सेवा बढाउनुपर्ने आवश्यकता देखिएको बताइन् । 

मन्त्री शर्माले चालु आर्थिक वर्षमा हरेक प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त बनाउने तयारी गरेको पनि जानकारी दिइन् । सीमा क्षेत्रमा नेपाली नेटवर्कको समस्या देखिएको गुनासो आएकाले आवश्यक अनुगमन गरी सेवा विस्तारका लागि विशेष योजना बनाउन पनि उनले टेलिकम प्रादेशिक निर्देशनालयका अधिकारीहरुलाई आग्रह गरिन् ।

नेपाल टेलिकमको गुणस्तर राम्रो भए पनि सेवाग्राहीको गुनासो व्यवस्थापनमा कमजोरी रहेको औल्याउँदै उनले अब कति दिनमा होइन, कति घण्टा सेवा दिन सकिन्छ भनेर योजना बनाउनुपर्ने बताइन् । नयाँ सेवाका लागि वा चालु सेवा अवरुद्ध भएको केही घण्टाभित्रै सेवा सुचारु गर्ने गरी कार्यक्रम बनाउन टेलिकमलाई आग्रह गर्दै मन्त्री शर्माले त्यसका लागि तीन सिफ्ट गरेर भए पनि चौबीसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने बताइन् । त्यस्तै पूर्व सूचनाविना सेवा नरोक्न पनि उनकाे आग्रह  थियाे ।

चालु आर्थिक वर्षभित्र सबै वडा तहमा गुणस्तरीय इन्टरनेट सेवा पु¥याउने लक्ष्य लिएको जानकारी दिंदै उहाँले यसका लागि नेपाल दूर सञ्चार प्राधिकरणअन्तर्गतको ग्रामीण दूरसञ्चार कोषको उपयोग गरी सेवा विस्तार गर्नेतर्फ पनि ध्यान दिन टेलिकमलाई आग्रह गरिन् । 

कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा ब्यापक सुधार गर्न सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढाउँदै लैजानुपर्नेमा जोड दिंदै उनले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कमार्फत सबै क्षेत्रमा सूचना प्रविधिको पहुच विस्तार गर्ने नीति लिएको जानकारी दिइन् । यसका लागि संघ, प्रदेश र स्थानीय तहको सहकार्य आवश्यक रहेकोमा जोड दिंदै मन्त्री शर्माले साइबर सुरक्षा र साइबर सचेतनालाई प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

एकातिर सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने आवश्यकता रहेको र अर्कोतिर त्यसको दुरुपयोग हुन नदिन पनि उत्तिकै आवश्यक रहेकोमा जोड दिंदै उनले विश्वमा विकास भइरहेका नवीनता प्रविधिको प्रयोगमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउन तीनै तहका सरकारहरुले ध्यान दिनुपर्ने आवश्यकता रहेको बताइन् ।

सूचना प्रविधि सेवा नपुगेका ठाउँमा जसरी पनि पुर्याउने र पुगेका ठाउँमा सबै जनताले सूचना प्रविधिको प्रयोग गर्नसक्ने बनाउनु सरकारको प्राथमिक लक्ष्य रहेको स्पष्ट गर्दै मन्त्री शर्माले त्यसका लागि देशका सबै ठाउँमा टेलिफोन र इन्टरनेट सेवा पुर्याउने कार्यक्रम प्राथमिकताका साथ अघि बढाइरहेको बताइन् । 

नेपालमा अझै धेरै जनताको सूचना प्रविधिमा पहुँच स्थापित हुन सकिरहेको स्पष्ट गर्दै मन्त्री शर्माले अहिलेसम्म टेलिफोन इन्टरनेट प्रयोग गर्न नसक्ने र नजान्ने व्यक्तिहरुको पहिचान गरेर निःशुल्क सेवा उपलब्ध गराई उनीहरुको जीवनस्तरमा परिवर्तन ल्याउन गरी कार्यक्रम बनाउन पनि उनले नेपाल टेलिकमलाई आग्रह गरिन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending