Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

भरतपुरमा शनिबारे मेला सुरु, प्रमुख रेनु दाहालद्वारा उद्घाटन

खबरडबली संवाददाता

भरतपुर । उद्योग सङ्घले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नेगरी आजदेखि शनिबारे मेला सञ्चालन गरेको छ । मेलाको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । स्थानीय कृषिजन्य, रैथाने, मौलिक र बजारीकरण गर्न आवश्यक उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला गरिएको हो  ।

चितवन प्रदर्शनी केन्द्र परिसरमा मेलाको आयोजना गरिएको छ । अबदेखि हरेक शनिबार बिहान ६ देखि ११ बजेसम्म सोही ठाउँमा शनिबारे मेला आयोजना गरिने सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले बताए ।

उनले भने, “स्थानीय तथा रैथाने कृषिजन्य उत्पादन, खाद्यान्न तथा परिकारहरुलाई समेत उत्पादन र बजारीकरणका माध्यमबाट उद्यमशीलतामा जोड्न र स्वरोजगार बनाउन मेलाको आयोजना गरिएको हो ।”  मेलामा स्थानीय तहको समन्वयमा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनका प्रदर्शनी कक्ष रहेको उनले बताए । पहिलो दिन ४० कक्ष रहेका छन् ।  

प्रदर्शनीमा स्वदेशी, स्थानीय, रैथाने, मौलिक र पराम्परागत उत्पादन तथा खाद्यान्नका परिकार, घरेलु हस्तकलाका सामान, स्वदेशमा नै उत्पादित ताजा फलफूल तथा तरकारी, चिउरी, तामा कुसुम न्यरो, लरकैया, मह, गिट्ठा, भ्याकुर, घरेलु अचार, मह तथा भान्साका लागि चाहिने आवश्यक परिकारसहितका अन्य सामग्री राखिने छन् । आज पहिलो दिन सबै सामान भने आइनसकेको सङ्घले जनाएको छ । 

मेलास्थल आसपासमा निजी तथा सरकारी संस्थामा कार्यरत कर्मचारी, स्थानीय टोल तथा छिमेकी पालिकाका जनता मेलाको लक्षित समुदाय रहेको कँडेलले बताए ।

मेलामा राखिने विशेष परिकार तथा उत्पादन जिल्ला बाहिर पठाउनका लागिसमेत बिक्री गरिने लक्ष्य लिइएको उनले बताए । उत्पादक र उपभोक्तालाई एउटै छानामुनि प्रत्यक्ष भेटघाट गराउने गरी आयोजना गर्न लागिएको यस मेलामा प्रत्येक दिन पाँच हजार हाराहारीले अनुगमन गर्ने लक्ष्य लिएको सङ्घले जनाएको छ । 

मेलालाई ‘फार्मदेखि किचनसम्म’ अवधारणाअनुसार उत्पादक र उपभोक्ताको मागबमोजिम आवश्यकताअनुसार परिस्कृत गर्दै लगिने कँडेलले बताए । मेलाको उद्घाटनपछि महानगर प्रमुख दाहालले यस्ता मेलाले कृषि र उद्योगको प्रवद्र्धनमा सहयोग पुग्ने बताइन् ।

स्टलको निरीक्षण गर्दै उनले कृषिजन्य र साना उद्योग प्रवद्र्धनका लागि महानगर सकारात्मक रहेको जनाउँदै गुणस्तरीय उत्पादनमा जोड दिन आग्रह गरिन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँग एकताको कुनै सम्भावना छैन: माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...

रास्वपा महाधिवेशन स्थलमा तीन वटा हेल्थ डेस्क स्थापना

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...

रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन: प्रवक्ता मनिष झा

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...

रास्वपा महाधिवेशनका लागि झण्डै २ करोड रुपैयाँ संकलन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...

रास्वपा महाधिवेशनमा प्यानल बनाउन निषेध, जारी भयो आचारसंहिता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...

रास्वपा महाधिवेशनमा प्यानल बनाउन निषेध, जारी भयो आचारसंहिता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...

सभापति रवि लामिछानेको अपिल: स्वस्थ प्रतिस्पर्धाबाट नयाँ उचाइमा पुग्नेछौँ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...

बालकुमारीमा प्रहरीले चलायो गोली

काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...

रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक सुरु, महाधिवेशन तयारीबारे छलफल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending