काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव सि)ले पुष्पलालले सामन्तवाद र पुँजीवादविरुद्ध कम्युनिस्ट पार्टी स्थापना गर्नु नै ऐतिहासिक क्रान्ति भएकाे बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ ओैँ स्मृति दिवसका सन्दर्भमा नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाज (नार्स)को सहकार्यमा "वर्तमान सन्दर्भमा पुष्पलाल"विषयक अन्तरक्रियामा उनले यस्ताे बताएका हुन् ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई दलाल पुँजीवादबाट बचाउँदै समाजवाद स्थापना गर्न सङ्घर्षरत रहनुपर्ने बताउँदै उनले यसबाट मात्रै नेपालका श्रमजीवी वर्गले मुक्ति पाउने बताए । साे क्रममा नेपाल प्रज्ञा -प्रतिष्ठानका सदस्य सचिव डा .धनप्रसाद सुवेदीले पुष्पलालको विचार र दृष्टिकोण अहिले पनि सान्दर्भिक भएको बताए ।
यसैगरी नेकपा (समाजवादी)का नेता करूणा पराजुलीले पुष्पलालले भनेझैँ पुँजीवादी बाटोको पतन र समाजवादको बाटो नै सही हो ।जसमा नेपाली मौलिकतासहित श्रमजीवी जनताका लागि मुक्ति आन्दोलनको महत्त्व झन् बढेर गएको बताए ।
नेकपा (एमाले)का नेता डा.दीपकप्रकाश भट्टले दलाल पुँजीवादबारे जनतालाई सहि ढङ्गले बुझाउन सकिएन भने समाजवादमा पुग्न कठिन हुने बताउँदै आआफ्ना ढङ्गले नेपाली वर्गको विश्लेषण गर्ने र एकआपसमा आरोप प्रत्यारोप लगाउने चरित्र हाबी रहेकाे र नेपालकाकम्युनिष्टहरु यसभन्दा माथि उठ्न सक्नुपर्ने बताए ।
"वर्तमान सन्दर्भमा पुष्पलाल"को योगदानबारे गोपीरमण उपाध्याय ,नरेशप्रसाद श्रेष्ठ ,भुवन गिरी ,प्रमिता सि,सीताराम गुरुङ,अर्जुन राई,सन्दिप केसी ,सङ्ग्राम सि ,प्रजिना सिले आआफ्नो जिज्ञासा राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: